काठमाडौं– टेस्लाका संस्थापक एलोन मस्कले ट्विटरको ९.२ प्रतिशत सेयर किनेका छन्। मस्कले १४ मार्चमा ट्विटरको सेयर किनेको यूएस एसईसी (सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन) फाइलिंगले जनाएको छ।
ट्विटरको शुक्रबारको क्लोजिङ प्राइस अनुसार यो सेयर करिब २.८९ बिलियन डलर रहेको छ। मस्कले सेयर किनेको खबर पछि प्रि-मार्केट ट्रेडिङमा ट्विटरको सेयर २५ प्रतिशतसम्म बढेको छ।
सेयर खरिद सँगै मस्क ट्विटरको सबैभन्दा ठूलो स्टेकहोल्डर्समा समावेश भएका छन्। उनको सेयर अहिले ट्विटरका संस्थापक ज्याक डोर्सीको भन्दा बढी भएको छ। डोर्सीको ट्विटरमा २.२५ प्रतिशत सेयर छ।
मस्क धेरै ट्विटर प्रयोग गर्छन्। ट्विटरमा उनका ८ करोड फलोअर्स छन्। तर, भर्खरै उनले नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने विषयमा गम्भीर रूपमा विचार गरिरहेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।