• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इटहरी बम विस्फोट : को हुन् सशस्त्र युद्धको घोषणा गर्ने हिमाल सुरक्षा परिषद्का कमान्डर?

64x64
नारायण अधिकारी मंगलबार, चैत १५, २०७८  १९:१५
1140x725

काठमाडौं– इटहरी–२ नवजागृति टोलको एक घरमा सामेबार राति साढे १० बजेतिर बम विस्फोट भयो। विस्फोटमा परी इटहरी बस्दै आएका २२ वर्षीय रवीन थापा र उनका साथी लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भए।

थापाको कोठामा बस्न आएका गुरुङले ल्याएको सुतली बम पड्किएको प्रहरीको आशंका छ। घाइते दुवै जनालाई प्रहरीले आफ्नो निगरानीमा राखेर उपचार गराइरहेको छ। ‘घटना कसरी भयो, बम कहाँ विस्फोट गराउने योजना थियो, घटनामा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले भने।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् र कंग्रुन्ट फ्रन्ट नेपाल (कफन) को पर्चासमेत बरामद गरेको छ। कफनको पर्चामा ‘पूर्वाञ्चल डिभिजन प्रमुख’ भनेर बृजकिशोर ठाकुरको नाम र मोबाइल नम्बर राखिएको छ। उक्त मोबाइल नम्बरमा नेपाल लाइभले सम्पर्क गर्दा ठाकुरले अहिलेसम्म आफ्नो पार्टीले सशस्त्र गतिविधि नगरेको र गर्ने कुनै तयारी पनि नभएको दाबी गरे।

‘कसले हाम्रो पर्चा त्यहाँ राख्यो भन्ने जानकारी हामीलाई छैन। हाम्रो पार्टीको बदनाम गराउने उद्देश्यले पर्चा दुरुपयोग भएको हुन सक्छ। प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला नि,’ ठाकुरले भने। प्रहरी स्रोतले पनि यो घटनामा हिमाल सुरक्षा परिषद्को संलग्नता रहेको नेपाल लाइभलाई जनाएको छ।

भारतबाट नेपाल छिर्‍यो बम, चर्चमा विस्फोट गराउने योजना
सोमबार राति ‘असावधानीबस’ पड्किएको बम भारतबाट नेपाल ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घाइते अवस्थामा रहेका गुरुङले प्रहरीसमक्ष उक्त बम भारतको जोगबनीबाट ल्याएको बताएको स्रोतको भनाइ छ। निश्चित रकम दिने बताएपछि आफूले बम बोकेर ल्याएको उनले प्रहरीलाई बताएका छन्।

इटहरीकै एक चर्चमा राख्न भनेर जंगबहादुर नाम बताउने व्यक्तिले बम बोकाएर पठाएको गुरुङले बताएको एक प्रहरी अधिकारीले जानकारी दिए। तर, ती व्यक्तिले भनेको चर्च नभेटेपछि बम लिएर आफू थापा बस्ने कोठामा गएको र त्यही बिस्फोट भएको गुरुङले प्रहरीसँग भनेका छन्।

थापाले भने आफूलाई बमबारे कुनै जानकारी नभएको बताएका छन्। गुरुङ आफ्नो कोठामा बस्न आएको र बम नै लिएर आएको भन्ने आफूलाई जानकारी नभएको थापाले बताएको प्रहरीको भनाइ छ।

के हो हिमाल सुरक्षा परिषद्?
एक महनिाअघि मात्रै हिमाल सुरक्षा परिषद्ले सशस्त्र युद्धको घोषणा गरेको थियो। गत फागुन १५ गते सशस्त्र युद्धको घोषणा गर्न प्रकाशित गरेको विज्ञप्तिमा हतियारको तस्बिरसमेत राखेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

संघीयता खारेज गर्नुपर्ने, पाँच विकास क्षेत्र र हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायत माग राखेर यो संगठनले युद्धको घोषणा गरेको हो। हतियारको तस्बिरसहितको विज्ञप्ति मिडियामा पठाउँदै सशस्त्र युद्धको घोषणा गर्दासमेत सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको थिएन। 

संगठित रुपमा आपराधिक गतिविधि गर्नका लागि यो समूह खडा गरिएको नेपाल प्रहरीको विशेष ब्यूरोले विश्लेषण गरेको थियो। विगतको ‘गोरखा जनमुक्ति पार्टी’को नामबाट आपराधिक गतिविधि गर्ने समूहले नै कारागारबाट छुटेपछि नाम परिवर्तन गरी ‘हिमाल सुरक्षा परिषद्’ राखेर चन्दा आतंक सुरु गरेको ब्यूरोको बुझाइ छ। चन्दा आतंककै लागि विस्फोटसम्मको योजना बनाएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्।

हिमाल सुरक्षा परिषद्को कमाण्डर झापाका खगेन्द्र खरेल रहेको प्रहरी स्रोतको भनाइ छ। स्रोतका अनुसार उनी पहिला पनि विस्फोटक पदार्थ ओसारपसारको कसूरमा जेल परेर छुटेका व्यक्ति हुन्। भारतमा बसेर नेपालमा आतंक फैलाउँदै चन्दा असुली गर्ने मुख्य उद्देश्यले हिमाल सुरक्षा परिषद् गठन भएको हो। विशेष ब्यूरोका एक उच्च अधिकारीले भने, ‘राजनीतिक उद्देश्यले नभइ चन्दा असुलीका लागि यो समूह खडा गरेजस्तो देखिन्छ। किनकि, यसमा संलग्न व्यक्तिहरू धेरैजसोको पृष्ठभूमि राजनैतिकभन्दा पनि आपराधिक छ।’

एक महिना पहिल्यै दिएको थियो विस्फोटको संकेत!
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमणिले विभिन्न मिति र स्थानबाट पक्राउ गरेका हिमाल सुरक्षा परिषद्का नौ सदस्यलाई गत फागुन ५ मा सार्वजनिक गरेको थियो। पक्राउ परेकाहरूले चन्दा असुलीका लागि बमजस्तो देखिने शंकास्पद बस्तु (होक्स) राख्दै प्रदेश १ का जिल्लामा आतंक मच्चाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

जेलबाट छुटेर ‘हिमाल सुरक्षा परिषद्’ खडा गरी आतंक मच्चाउने ९ जना पक्राउ

हिमाल सुरक्षा परिषद् नेपाल, इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोशी अञ्चल कमिटी, अध्यक्ष कोशी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटीका हस्ताक्षर मात्र भएका छापहरु बरामद भएका थिए। त्यति बेलै यो समूहले बिस्फोट गराउन सक्ने संकेत प्रहरीलाई दिइसकेको थियो। उनीहरु पक्राउ परेको १० दिनपछि फागुन १५ गते विज्ञप्ति निकाल्दै हिमाल सुरक्षा परिषद्ले सशस्त्र युद्धको घोषणा नै गरेको थियो।

यो समूहले विस्फोट गराउन त्यस बेला ट्युबेल गाड्ने मजदुरदेखि मन्दिरका पुजारीसम्मको प्रयोग गरेको थियो। त्यति बेलाको घटनाका मुख्य योजनाकार झापाको गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमन कुमार कार्की थिए।

ठेक्कापट्टा गर्दै आएका उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ वैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसेका थिए। त्यसपछि रिहा भएका उनी हिमाल सुरक्षा परिषद्मा लागेका थिए। प्रहरीका अनुसार उनले विस्फोटको धम्की दिँदै चन्दा असुली गर्ने योजना बनाएका थियो।

कार्की आफू भारतमा बस्थे र पूर्वी नेपालका जिल्लामा आतंक फैलाउँदै आर्थिक संकलन गर्थे। झापा प्रहरीले उनलाई गएको फागुन २ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्