• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३०, २०८३  ०८:४२
1140x725

बैंकक। नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सानीबाट पुनरुत्थानका लागि नेपाललाई पूर्वानुमानयोग्य र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित क्लाइमेट भल्नरेबल फोरम–भल्नरेबल ट्वेन्टी समूह (सीभीएफ–भी२०) को कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै डा। कार्कीले जलवायुजन्य विपद्पछिको तत्कालीन वित्तीय आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन जलवायु उत्थानशीलता र पुनर्निर्माणका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा अल्पविकसित मुलुकहरूका गैर सरकारी संस्थाहरूको सञ्जाल, एलडीसी बाच, का पूर्व विश्व संयोजकसमेत रहेका डा। कार्कीले विकासशील मुलुकहरू एकैसाथ ऋणको दबाब, जलवायुजन्य विपद्, सीमित सरकारी वित्तीय स्रोत र बढ्दो विकास आवश्यकताको चपेटामा परेको उल्लेख गरे।

नेपालजस्ता मुलुकमा जलवायु वित्तको अभाव र प्रतिबद्धता गरिएको सहयोग समयमै उपलब्ध नहुँदा जनधन तथा जीविकोपार्जनमा गम्भीर क्षति पुग्ने उनको भनाइ थियो।

‘विपद् आउनुअघि जोखिम न्यूनीकरण र विपद्पछि पुनरुत्थानका लागि आवश्यक सहयोग वर्षौँ ढिलो प्राप्त भयो भने त्यसले भत्किएको पुल पुनर्निर्माण गर्न, जोखिमपूर्ण पहिरो स्थल स्थिर बनाउन वा अर्को विपद् आउनुअघि दुर्गम समुदायलाई सुरक्षित राख्न सक्दैन,’ उनले भने।

गत २६ अगस्टमा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले एक हजार चार सयभन्दा बढीको ज्यान लिएको, हजारौँ मानिस बेपत्ता भएको तथा बस्ती र महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको उल्लेख गर्दै उनले नेपालको पुनरुत्थानका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अधिकारीहरूको अनुमान रहेको बताए।

त्यसै गरी, केही दिनअघि बूढी गण्डकी नदीमा आएको बाढीले पनि मानवीय क्षति पुर्‍याउनुका साथै घर, जीविकोपार्जनका आधार र ग्रामीण पूर्वाधारमा क्षति पुर्‍याएको उनले स्मरण गराए।

डा। कार्कीका अनुसार जलवायुजन्य विपद्को असर मानवीय क्षतिमा मात्र सीमित हुँदैन। जलविद्युत् आयोजनामा क्षति पुग्दा विद्युत् उत्पादन र निर्यात क्षमता कमजोर हुने, सडक तथा व्यापारिक मार्ग अवरुद्ध हुँदा व्यापार प्रभावित हुने र पर्यटनमा गिरावट आउँदा विदेशी मुद्रा आर्जन घट्ने जोखिम हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसमाथि पुनर्निर्माणका लागि इन्धन, मेसिनरी र निर्माण सामग्री आयात गर्नुपर्ने भएकाले विपद्ले सरकारी बजेट, व्यापार र भुक्तानी सन्तुलनमा समेत गम्भीर दबाब सिर्जना गर्न सक्ने उनले बताए।

जलवायुजन्य विपद्ले व्यापक आर्थिक सङ्कटको रूप लिनुअघि नै प्रभावित मुलुकलाई आवश्यक तरल वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले अघि सारिएको ‘लाइफलाइन’ प्रस्ताव महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। नेपालको सन्दर्भमा संसद्ले जलवायु जोखिमलाई ध्यानमा राख्ने तथा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदाको सङ्क्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने वित्तीय रणनीति बनाउनुपर्नेमा उनले जोड दिए।

यस्तो रणनीतिमा स्तरोन्नतिपछि परिवर्तन हुन सक्ने सहयोगका स्वरूप, स्तरोन्नतिअघि र पछिका वित्तीय सर्त, पछिल्ला विपद्ले नेपालको बाह्य वित्तीय आवश्यकतामा पारेको प्रभाव तथा वित्तीय स्रोतमा देखिने सम्भावित अन्तर कसरी पूर्ति गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने उनले बताए।

उनले ‘भल्नरेबिलिटी टु भाएबिलिटी कम्प्याक्ट’लाई यस दिशामा अघि बढ्ने महत्त्वपूर्ण पहलका रूपमा प्रस्तुत गरे। उनले वित्तीय सहयोगका लागि तय गरिने योग्यता, लागत र ऋण भुक्तानीको अवधि सम्बन्धित मुलुकको जलवायु जोखिम, विपद्को जोखिममा रहने अवस्था र लगानीको अपेक्षित आयुलाई ध्यानमा राखेर निर्धारण गर्न पनि सुझाव दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अस्पताल, खानेपानी प्रणाली वा जलवायु उत्थानशील सडक पुस्तौँसम्म उपयोग हुने उद्देश्यले निर्माण गरिन्छन्। यस्ता पूर्वाधारका लागि लिइने वित्तीय सहयोगको सर्तले तत्कालै राष्ट्रिय बजेटमा असह्य दबाब सिर्जना गर्नु हुँदैन,’ उनले भने।

अन्तर्राष्ट्रिय वित्तीय वार्तामा नेपालको राष्ट्रिय हित सुनिश्चित गर्न संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै डा. कार्कीले विश्व बैंक, आईएमएफ र विकास वित्तीय संस्थाहरूसँग हुने महत्त्वपूर्ण छलफलअघि अर्थ, वातावरण तथा परराष्ट्र मन्त्रालयले सम्बन्धित संसदीय समितिसमक्ष समन्वित राष्ट्रिय धारणा प्रस्तुत गर्नुपर्ने बताए।

त्यस्ता बैठक तथा वार्तापछि नेपालले के माग गरेको थियो, के उपलब्धि हासिल भयो र कुन विषय अझै सम्बोधन हुन बाँकी छ भन्नेबारे सम्बन्धित मन्त्रालयहरूले संयुक्त रूपमा संसद्लाई जानकारी गराउनुपर्ने उनको प्रस्ताव थियो। यसले अन्तर्राष्ट्रिय वार्ता, राष्ट्रिय प्राथमिकता र बजेट विनियोजनबिच स्पष्ट सम्बन्ध स्थापित गर्ने उनले बताए।

जलवायु वित्तसम्बन्धी निर्णय प्रक्रियामा प्रदेश तथा स्थानीय सरकार, आदिवासी समुदाय, महिला र हिमाली क्षेत्रका बासिन्दाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए। सीमित स्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्न स्थानीय समुदायको अनुभव र प्राथमिकता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

सीभीएफ–भी२० सञ्जालमा आबद्ध सांसदहरूले वार्षिक रूपमा जलवायु वित्तको उपलब्धता, वितरण र वित्तीय सर्तबारे समीक्षा गर्ने सुनुवाइ आयोजना गर्नुपर्ने प्रस्तावसमेत उनले अघि सारे। यस्ता समीक्षाबाट प्राप्त निष्कर्ष सञ्जालका सदस्य राष्ट्रहरूबिच आदानप्रदान गर्दा स्तरोन्नतिको प्रक्रियामा रहेका वा स्तरोन्नति गरिसकेका मुलुकले जलवायु जोखिममा आधारित वित्तीय सहयोगका लागि साझा संसदीय धारणा विकास गर्न सक्ने उनले बताए।

डा। कार्कीले अनुकूलन तथा जलवायुजन्य क्षति र नोक्सानी सम्बोधनका लागि अनुदानमा आधारित वित्तीय सहयोग परोपकार नभई न्यायको विषय भएको बताए। तर जलवायु न्याय सुनिश्चित गर्न सम्बन्धित मुलुकले आफ्ना प्राथमिकता आफैँ निर्धारण गर्ने, संस्थागत क्षमता सुदृढ गर्ने र न्यायोचित सर्तमा सहयोग गर्न तयार साझेदारहरूसँग सहकार्य गर्ने क्षमता पनि विकास गर्नुपर्नेमा उनले जोड दिए।

डा कार्कीले नेपालको संसद्, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कप) लगायतका अन्तर्राष्ट्रिय मञ्चमा सीभीएफ–भी२० को कार्यसूची अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै जलवायु सङ्कटको वास्तविकतालाई ध्यानमा राखेर नेपालको विकास उपलब्धिको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्