• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलबाट छुटेर ‘हिमाल सुरक्षा परिषद्’ खडा गरी आतंक मच्चाउने ९ जना पक्राउ

बम राख्न पुजारीदेखि ट्युबेल गाड्ने मजदुरसम्मको प्रयोग
64x64
नारायण अधिकारी बिहीबार, फागुन ५, २०७८  २१:२२
1140x725

काठमाडौं– चन्दा असुलीको नाममा गैरकानुनी क्रियाकलाप गर्दै आएको एक समूह पक्राउ परेको छ। चन्दा असुलीका लागि बम जस्तो देखिने शंकास्पद वस्तु (होक्स) राख्दै आतंक सिर्जना गर्ने समूहलाई प्रदेश १ को प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमणिको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमन कुमार कार्की, झापाकै कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ का ५० वर्षीय देवी बाँस्कोटा (गुरागाईं), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभाको खाँदबारी नगरपालिका–१० का २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज नगरपालिका–३ का ३२ वर्षीय आनन्द भनिने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई छन्। 

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उनीहरुबाट मोबाइल, हिमाल सुरक्षा परिषद नेपाल, इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोशी अञ्चल कमिटी, अध्यक्ष कोशी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, ईन्चार्ज मेची अञ्चल कमिटीका हस्ताक्षर मात्र भएका छापहरु १० थान बरामद भएका छन्। 

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेकबुक १ थान, नेपाल बैंक लिमिटेडको चेकबुक १ थान, खोप कार्ड १ थान, एनसेल सिम १, एनटीसी सिम १थान, हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको पर्चालगायतका कागजात बरामद भएको छ। 

‘हिमाल सुरक्षा परिषद्’ संगठित रुपमा आपराधिक गतिविधि गर्नका लागि खडा गरिएको अनुसन्धानबाट खुलेको छ। विगतको ‘गोरखा जनमुक्ति पार्टी’को नामबाट आपराधिक गतिविधि गर्ने समूहले नै कारागारबाट छुटेपछि नाम परिवर्तन गरी ‘हिमाल सुरक्षा परिषद्’ राखेर चन्दा आतंक सिर्जना गरेको अनुसन्धानबाट पुष्टि भएको एक उच्च प्रहरी अधिकारीले बताए।

बम राख्न पुजारीदेखि ट्युबबेल गाड्ने मजदुरसम्मको प्रयोग
पक्राउ परेकामध्ये कार्की मुख्य योजनाकार रहेको पाइएको छ। ठेक्कापट्टा गर्दै आएका उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ वैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसी छुटेको व्यक्ति हुन्। 

गत असार १९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गौरादह नगरपालिका–२ स्थित उनकैै घरबाट ३० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो। उनी भने फरार भएका थिए। लागू औषध मुद्दामा कार्कीविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्कीले बम आतंक देखाएर पैसा चन्दा उठाउने योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरी आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको खुलेको छ। उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्न प्रयोग भएको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत बरामद भएको झापाका डीएसपी वसन्त पाठकले बताए। उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका–५ स्थित नेपाल–भारत सिमानाको दश गजा क्षेत्रबाट पक्राउ गरिएको हो।     

भीष्म थापा भने ट्युबेल गाड्ने काम गर्ने व्यक्ति हुन्। गत माघ ९ गते बिहान ४ बजेतिर बिर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा उनैले प्रेसर कुकर बम राखेको पाइएको डीएसपी पाठकले बताए। योजनाकारहरुले थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाई शंकास्पद वस्तु प्रेसर कुकर बिर्तामोड पश्चिम बस स्टेण्डमा राख्न अह्राएको उनको भनाइ छ।

बम राख्ने दिन बिहान ३ बजेतिर सुरुङ्गाको चाराली चोकबाट साइकलमा उक्त शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषद्को पर्चा पम्प्लेटहरु लिई बिर्तामोडको पश्चिम बसस्टेण्डमा राखेको अनुसन्धानबाट खुल्न आएको छ। उनलाई माघ २८ गते कन्काई नगरपालिका–३ बाट पक्राउ गरिएको हो। 

देवी बाँस्कोटा भने दमक नगरपालिका–३ मा चिया पसल सञ्चालन गर्दै आएकी महिला हुन्। उनी हिमाल सुरक्षा परिषदसँग आवद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहेको प्रहरीले जनाएको छ। माघ ८ गते देवीले नै केर्खा चोकमा रहेको १ पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विष्फोटन गतिविधिमा सहयोग गरेको झापाका एसपी विश्वमणि पोखरेलले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको दमक ९ चिया दोकानस्थित घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शंकास्पद देखिएको चेकहरु समेत बरामद भएको छ। देवीलाई माघ २९ गते उनकै चिया पसलबाट पक्राउ गरिएको हो।

यता, कुमार भनिने यमदत्त कन्काई नगरपालिका–४ कोटीहोममा पुजारी काम गर्ने व्यक्ति हुन्। ग्रेटर नेपालको माग राखी शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेका एक व्यक्तिसँग कुमारको नजिकको सम्बन्ध छ। उनीसँग मिली कुमारले हिन्दू राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी कोटीहोमस्थित आफ्नो कुटीमा पटक पटक बैठक बसी आफ्नो छिमेकी हाल पक्राउ परेका भीष्म थापालाई बम राख्ने कार्य गर्नका लागि मोटरसाइकल किनिदिने प्रलोभन देखाई बम राख्न लगाएका थिए। उनलाई कोटीहोमबाटै पक्राउ गरिएको हो।

सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम विगतमा लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय पाई कारागारबाट छुटेको रहेको अनुसन्धानबाट खुलेको छ। हिमाल सुरक्षा परिषद् नामक समूहको गतिविधिको लागि झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने काममा उनी संलग्न रहेको खुलेको छ। मनमोहन दाहालबाट रकम लिई भारत बिहार राज्यको अररिया जिल्लास्थित कलियागञ्जसम्म पुगेर पार्टीको गतिविधि सञ्चालन गर्न रकम उपलब्ध गराई सहयोग पुर्‍याउँदै आएको खुलेको छ। विर्तामोड र दमकमा शंकास्पद प्रेसर कुकर राख्ने कार्यमा उनको संलग्नता देखिएको छ। फागुन १ गते उनलाई कन्काई–३ बाट पक्राउ गरिएको हो। 

मनमोहन दाहालले भने हिन्दू राज्य नेपाल र राजतन्त्र पुनःर्स्थापनाको माग राखी झापाको विर्तामोड पश्चिम बस स्टेण्डमा गत माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम राख्ने योजना बनाई संग्लग्न गिरोहलाई रकम समेत उपलब्ध गराएको अनुसन्धानबाट खुलेको छ। 

उक्त कार्य गर्नका लागि दाहालले ग्रेटर नेपालको माग राखी २०७६ वैशाख २८ गते झापाको माइधारस्थित कन्काई पुलमा बम जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेको एक व्यक्तिलाई परिचालन गरेको खुलेको छ। उनलाई फागुन २ गते सुन्दरहरैचा नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

प्रदीप थापा र आनन्द भन्ने अनन्त प्रसाद गिरीले हिमाल सुरक्षा परिषद्को नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने, चन्दा माग गर्ने गिरोह भारत बिहार राज्यको अररिया जिल्लाको कलियागंज बस्ने गरेकोमा निजले सीमा नाकामा बसी सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई उनको भूमिकामा रही सहयोग पुर्‍याउँदै आएको खुलेको छ। थापा र गिरीलाई फागुन २ गते गौरीगञ्ज गाउपालिका–५ स्थित नेपाल–भारत सिमानाको दश गजा क्षेत्रबाट पक्राउ गरिएको हो।    

विजय कुमार दास हलुवाईले हिमाल सुरक्षा परिषद्को नाममा अन्य सकृय सदस्यले संकलन गरेको पैसा आइएमईबाट प्राप्त गरी भारतको बिहार राज्यको कलियागन्ज बस्दै आएका योजनाकारहरुसम्म पैसा पुर्‍याउने काम गरेको खुलेको छ। उनलाई फागुन ३ गते गौरीगञ्ज नगरपालिका–३ बाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्