काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ।
पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन आह्वान गरेको हो।
बिहीबार सार्वजनिक सूचनामार्फत रास्वपाले स्थानीय तहमा नेतृत्व गर्न इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ। पार्टीका अनुसार इच्छुक व्यक्तिले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।
नगरपालिकामा उम्मेदवार बन्न चाहनेले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै उम्मेदवार छनोटको प्रक्रिया अघि बढ्ने पार्टीले जनाएको छ।
यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार बन्न इच्छुकका लागि ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको थियो। नगरपालिकाका लागि समेत आवेदन खुला गरेसँगै पार्टीले स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न चाहनेलाई आवेदन प्रक्रियामा सहभागी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।