काठमाडौं– दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकसरेन्सीसँग सम्बन्धि सबै मोवाईल एप्लिकेशनहरु बन्द गर्न निर्देशन दिएको छ।
प्राधिकरणका उप निर्देशक रेवतीराम पन्थले सोमबार एक विज्ञप्ति जारी गर्दै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका कार्य तथा त्यससँग प्रविधि गैरकानुनी भएको भएकाले त्यस्ता क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको जनाएका छन्।
अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको मन्त्रीस्तरको निर्णयानुसार अनुरोध भएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
‘त्यस्ता अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित वेव साइट र एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारमा वृद्धि भएसँगै सरकारले यसलाई नियन्त्रण गर्ने नीति अवलम्बन गरेको हो। राजस्व अनुसन्धान विभागले यस्तो कारोबारमा संलग्नहरुमाथि धमाधम मुद्दा दायर गर्न थालेको छ । विभागले सोमबार मात्रै ९ करोड रुपैयाँ बिगो दाबी गर्दै २ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
विदेशी विनियम हुनुका साथै नेपाल भित्रने रेमिट्यान्सको पैसा समेत डिजिटल कारोबारमा जान थालेपछि पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि यसमा कडाइ गर्न थालेको छ।
राष्ट्र बैंकले यस्तो कारोबार नर्गन र बैंकहरुलाई शंकास्पद रकमको कारोबार नर्गन र शंका लागेका कारोबारबारे जानकारी गराउन भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।