• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

धुम्बाराहीको १०७ कित्ता नम्बर सरकारी जग्गा नै गायब

पानी जहाज कार्यालयका पूर्वरजिष्ट्रारले हडपेको आरोप
64x64
नारायण अधिकारी मंगलबार, माघ २५, २०७८  १८:४६
1140x725

काठमाडौं– सरकारको नाममा रहेको धुम्बाराहीको १०७ नम्बर कित्ताको करिब एक रोपनी जग्गा गायब बनाइएको पाइएको छ। चारैतिरबाट मिचेर १०७ नम्बर कित्ताको करिब एक रोपनी जग्गा व्यक्तिले हत्याएको खुलेको छ।

उक्त जग्गा पानी जहाज कार्यालयका पूर्वरजिष्ट्रार तथा नेपाल सरकारका पूर्वसहसचिव ऋषिराज कोइरालादेखि स्थानीय केशव रेग्मीसम्मले हडपेको आरोप लागेको छ।

उनीहरूले १०७ नम्बर कित्ता जग्गा हडपेको भन्दै काठमाडौं महानगरपालिकाले जग्गा खाली गराउन निर्देशन समेत दिएको थियो। हडपिएको जग्गा फिर्ता नभएको भन्दै ४ नम्बर वडा कार्यालयले डोजर लगाएर पर्खाल भत्काउने बताएपछि उक्त विवाद अदालतसम्म पुगेको छ। सरकारको नाममा रहेको १०७ नम्बर कित्ता जग्गा अहिले सरकारी नभएको दाबी गर्दै कोइराला र रेग्मी परिवार अदालतसम्म पुगेका छन्।

धुम्बाराही नयाँ कोलोनीस्थित मनमोहन पार्क निर्माण गर्न लाग्दा उक्त जग्गा मिचिएको पाइएको हो। १०७ नम्बरको एक रोपनी कित्ता जग्गा मिचिएको भन्दै धुम्बराही धन्वन्तरी क्लबले ४ नम्बर वडा कार्यालयमा २०७६ चैत १२ गते निवेदन दिएको थियो। धुम्बाराही दाहाल गाउँ र बूढानीलकण्ठ नगरपालिका–४ को सिमानामा पर्ने उक्त उक्त मिचिएको पाइएपछि वडा कार्यालयले सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना हटाउन २०७७ साउन ६ गते निर्देशन दिएको थियो। 

त्यसपछि उक्त जग्गा विवादको विषय उच्च अदालत पाटनसम्म पुगेको हो। पाटनमा अहिले पनि यो मुद्दा चलिरहेको छ। नापी कार्यालयबाट सरकारी अमिन ल्याएर नापी गर्दा समेत कोइराला र रेग्मी परिवारले सरकारको नाममा रहेको १०७ नम्बर कित्ताको एक रोपनी जग्गा हडपिएको पाइएपछि महानगरले हटाउने तयारी गरेको थियो। रेग्मी परिवारले ८ र कोइराला परिवारले ८ आना गरी करिब एक रोपनी जग्गा हडपिएको छ।

मिचिएको जग्गामध्ये नापी कार्यालयबाट नाप गरी रेखांकन गरिएकोमध्ये केहीमा पोल गाडेर पार्क निर्माणको काम गरिए पनि एक रोपनी जग्गा भने अझै व्यक्तिले नै हडपेको ४ नम्बरका वडाध्यक्ष मोहनबहादुर विष्टले बताए। ‘नापी कार्यालयबाट नापजाँप भएपछि केही जग्गामा पोल गाडेर पार्क निर्माणको काम गरिए पनि अझै केही जग्गा व्यक्तिले हडपिरहेका छन्’, वडाध्यक्ष विष्ट भन्छन्, ‘विभिन्न चलखेल गरेर व्यक्तिले सरकारी जग्गा हडपेकाहरू नै अहिले पीडित भयौं भन्दै अड्डा–अदालत कुदेका छन्।’

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’सोमबार, माघ ३, २०७८

२०७६ माघ ८ गते नापी कार्यालयबाट नाप हुँदा समेत सार्वजनिक जग्गा मिचिएको पाइएको थियो। मिचिएको भागमा रेखांकन लगाएर माघ १० गतेबाट व्यक्तिले बनाएका संरचना भत्काउन थालेपछि यो विवाद उच्च अदालतसम्म पुगेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

रावल आयोगको ठहर–१०७ नम्बर कित्ता सरकारको
२०४९ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गठित रावल आयोग (रामबहादुर रावको नेतृत्वमा गठित आयोग) ले समेत उक्त १०७ नम्बर कित्ता जग्गा सरकारी रहेको औंल्याएको थियो। २०४९ पुस १६ गते गठित रावल आयोगको नामले परिचित ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ समेत १०७ नम्बर कित्ता जग्गा सरकारको रहेको उल्लेख गरेको थियो। 

नेपाल सरकारका पूर्वसहसचिव तथा पानी जहाज कार्यालयका पूर्वरजिष्ट्रार ऋषिराज कोइराला तथा उनकी पत्नी सुस्मिता कोइरालाले अदालतमा दिएको निवेदनबाट समेत उक्त जग्गा सरकारी रहेको भन्ने पुष्टि हुन्छ। १०७ नम्बर कित्तासँगै जोडिएको १०८, २२५ र २२६ कित्ताका जग्गा सुस्मिताका आमा शोभा पाखरेलले २०६० जेठ २१ गते सरोज रेग्मीबाट खरिद गरेका थिए। रेग्मीले आफ्नो पैतिृक सम्पत्तिबाट उक्त जग्गाहरू बेचेका थिए।

आमाबाट उक्त जग्गा छोरी सुस्मिता कोइरालाको नाममा आएको थियो। सुस्मिताको नाममा रहेका कित्ता नम्बर १०८, २२५, २२६ र केशव रेग्मीको नाममा रहेका कित्ता नम्बर २३१, २३४ र २९७ का जग्गाहरूले सरकारीको नाममा रहेको कित्ता नम्बर १०७ को एक रोपनी जग्गा हडपेको आरोप लागेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो त पैतिृक सम्पत्ति भएको दाबी गरेका रेग्मी परिवारले भने रावल आयोगकै कारण उक्त जग्गा आफ्नो नाममा आउन नसकेको स्वीकार गरेका छन्। रावल आयोगका कारण आफ्नो नाममा नआए पनि उक्त जग्गा आफूहरूको पैतिृक सम्पत्ति भएको रेग्मीको दाबी छ। 
सर्वोच्चले दिएन ‘स्टे अर्डर’
४ नम्बर वडाले हडपिएको जग्गाको नक्सांकन गरेर फिर्ता ल्याउन सुरु गरेपछि हडपिएका जग्गा अन्य व्यक्तिले भने फिर्ता गरेका थिए। स्थानीय भीम प्रसाद काफ्लेसहितले हडपिएको जग्गा फिर्ता गरेका थिए। 

तर, रेग्मी र कोइराला परिवार भने सरकारी जग्गा फिर्ता गर्नुको साटो अदालत धाए। कोइराला परिवारले १०७ नम्बर कित्ता समेत आफ्नो जग्गा भएको र उक्त जग्गामा लगाएको पर्खाल वडाले भत्काउन लागेको भन्दै अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

यो पनि पढ्नुहोस्

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकारआइतबार, माघ ९, २०७८

अन्तरिम आदेश माग गर्दै दायर भएको दुईवटै रिट सर्वोच्चले खारेज गरेको थियो। त्यसपछि उनीहरूले आफ्नो नाममा रहेका कित्ताहरू मात्रै उल्लेख गरेर रिट हालेका थिए। ‘आफ्नै नामको जग्गामा भए पछि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। त्यहीलाई आधार देखाउँदै उनीहरूले उक्त जग्गा अहिलेसम्म फिर्ता नगरेको बिष्ट बताउँछन्। ‘सरकारी जग्गा फिर्ता ल्याउनु हाम्रो दायित्व हो। हामी यो प्रक्रियामै छौं। फिर्ता ल्याएरै छाड्छौं’ वडाध्यक्ष बिष्ट भन्छन्।

‘गुठी हुँदै व्यक्तिले हडपे’
पूर्वसचिव रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर सरकारलाई बुझाएको प्रतिवेदनमा समेत उक्त जग्गा सरकारी भएको बताइए पनि अहिलेसम्म सरकारले उक्त जग्गा खाली गराउन सकेको छैन। रावल आयोगले त १०७ सँगै जोडिएको मधुसुदन रेग्मीको नाममा दर्ता भएको कित्ता नम्बर ६२ को जग्गा समेत सरकारी भएको उल्लेख गरेको छ। तर, साढे २ दशक बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन।

सरकारी जग्गा हडपेर बनाइएको पर्खाल भत्काउन वडा कार्यालयले लेखेको पत्र।

सरकारी जग्गा हडपेको भन्दै काठमाडौं महानगरपालिका–४, वडा कार्यालय र स्थानीय धन्वन्तरी क्लबले समेत जग्गा खाली गराउन खोजेका थिए। त्यसपछि कोइराला र रेग्मी परिवार उच्च अदालतसम्म पुगेका थिए। उच्च अदालतले तत्काल पर्खाल नभत्काउन भनेर अन्तरिम आदेश समेत दिएको थियो। उक्त विषयको मुद्दा अहिले पनि चलिरहेको छ। 

उक्त जग्गा सरकारी नै भएको दाबी गर्दै काठमाडौं महानगरपालिका र धन्वन्तरी क्लबले अदालतसमक्ष केही प्रमाण पनि पेश गरेका थिए। जहाँ उल्लेख छ, ‘जग्गाधनी काठमाडौं अशोक विनायक गुठीले आफ्नो जग्गा हाल साविक भिडाई दर्ता गर्दा सरकारी जग्गा भनी छुट्याएको काठमाडौं महानगरपालिका–४ को सिट नं. ९८७–२२ को कित्ता नम्बर १०७ को सरकारी जग्गालाई विपक्षीहरूले आफ्ना दाता मोही हकभोग स्वामित्वको जग्गा भएको दाबी गरेका हुन्। २०५१ सालमा गठित रावल आयोगको कारणले दर्र्ता बाँकी रहेको जग्गा हो भनी उल्लेख गरेबाटै कित्ता नम्बर १०७ को सरकारी जग्गाको भएको र त्यसको पूर्जा उनीहरूसँग नरहेको पुष्टि हुन्छ।’

सरकारी जग्गा हडप्न सार्वजनिक जग्गामा निजी इनार !
केशव रेग्मीले त सरकारी सार्वजनिक जग्गामा निजी इनार खनेर उपभोग गर्दै आएको समेत पाइएको छ। रावल आयोगले सरकारी जग्गा भएको बताए पछि उक्त जग्गा हडप्न सकारी जग्गामा निजी इनार रेग्मीले खनेर प्रयोग गर्दै आएको पाइएको छ। 

निजी इनार खन्न त्यसबेला काठमाडौं महानगरपालिका–४ नम्बर वडाले समेत स्वीकृति दिएकाले वडाको भूमिका समेत शंकास्पद रहेको देखिएको छ। च. नं. ११९९ को पत्रमार्फत रेग्मीलाई इनार खन्न वडाले अनुमति दिएको थियो। २०५५ सालदेखि उक्त जग्गामा इनार खनेर रेग्मी परिवारले अहिले पनि निजी उपभोग गर्दै आएको मात्रै छैन जग्गा नै आफ्नो दाबी गरेको ४ नम्बरका वडाध्यक्ष मोहनबहादुर बिष्टले बताए।


जग्गा नमिचिएको रेग्मी र कोइराला परिवारको दाबी
यता रेग्मी र कोइराला परिवारले भने जग्गा आफूहरूले नमिचेको दाबी गरेका छन्। रेग्मी परिवारले पैतृक सम्पत्ति भएको र २०४६ सालभन्दा अघिदेखि नै भोगचलन गर्दै आएको जनाएको छ। सार्वजनिक जग्गा मिचेर कुनै पर्खाल नलगाएको दाबी रेग्मीले गरेका छन्।

कोइराला परिवारले पनि आफूहरूले खरिद गरेको भन्दा सरकारी जग्गा नमिचेको दाबी गरेका छन्।

‘२०२१ सालको नापी नक्सा अनुसार लगाएको पुरानो पर्खाललाई खरिद गरेको क्षेत्रफल सीमित रही २०६० सालदेखि नै कमजोर भू–वनोट भएको कारण नियमित रुपमा मर्मत सम्भार गरेको हो। कुनै सार्वजनिक जग्गा मिचेर पर्खाल लगाएको छैन’, कोइराला परिवारको दाबी छ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्