• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकार

64x64
नारायण अधिकारी आइतबार, माघ ९, २०७८  ०९:२७
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतसमेतको ‘सेटिङ’मा व्यक्तिको नाममा आएको काठमाडौं महानगरपालिका–४, महाराजगञ्ज क्षेत्रको ६ रोपनी सरकारी जग्गा १९ वर्षअघि नै सरकारले स्कूललाई भोगाधिकार दिने निर्णय गरेको तथ्य भेटिएको छ। तत्कालीन भूमिसुधार तथा व्यवस्था र शिक्षा तथा खेलकुद मन्त्रालयका कागजातबाट उक्त जग्गा २०५९ सालमै बाँसबारी माविलाई भोगचलन गर्न दिने निर्णय भएको पत्ता लागेको हो।

महाराजगञ्जमै रहेको बाँसबारी माविलाई जग्गा अपुग भएको र विद्यालयसँगै जोडिएको ६ रोपनी सरकारी जग्गा खाली रहेकोले स्कूललाई भोगाधिकार दिने तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले निर्णय गरेको थियो। उक्त मन्त्रालयले २०५९ साउन १० गते विद्यालयलाई जग्गा दिन भोगाधिकार पत्रसमेत जारी गरेको पाइएको छ। 

मन्त्रालयले भूमि सुधार तथा व्यवस्थापन विभागलाई २०५९ साउन १० गते लेखेको पत्रको तेस्रो बुँदामा भनिएको छ- ‘किता नं. ३ को उत्तरतर्फ ०–४–२–३ मा व्यक्तिले घर बनाएको भनिएको र कि नं. २४ मा व्यक्तिले खेति गरिएको भनिएको सम्बन्धमा कामपा–४ वडा कार्यालयको च.नं.१७९९ मिति ०५९–२–९ को पत्रानुसार उक्त जग्गाहरु श्री ५ को सरकारको सार्वजनिक जग्गा भएकाले यस वडा कार्यालयबाट घर निर्माण गर्ने गराउने र खेती गर्ने गराउने स्वीकृति कसैलाई पनि नदिइएको साथै विनास्वीकृति खाली जग्गा हडप्ने उद्देश्यले उक्त कार्य भएकोले साविक २३/य कि नं. ९० को क्षेत्रफल ६–०–०–० सँग भिड्ने सम्पूर्ण जग्गा श्री बाँसबारी माविको नाममा भोगाधिकार दिने सिफारिस भैसकेकाले पुनः उक्त विद्यालयको नाममा भोगाधिकार दिनुहुन उपयुक्त हुने राय पेश गरिएको छ।’

यसअघि २०५८ माघ १० गते शिक्षा तथा खेलकुद मन्त्रालयलले उक्त ६ रोपनी सरकारी जग्गा बाँसबारी माविलाई भोगचलनका लागि प्रदान गरिएको भन्दै त्यसको जानकारी मालपोत कार्यालयलाई गराएको पत्रसमेत नेपाल लाइभले प्राप्त गरेको छ। बाँसबारी माविले सरकारी जग्गा विद्यालयलाई भोगचलनका लागि दिन अनुरोध गरेकोले तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा रहेको ६ रोपनी जग्गा विद्यालयले उपभोगसम्म मात्र गर्न पाउने गरी दिने निर्णय भएको शिक्षा मन्त्रालयले मालपोत कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ। 

बाँसबारी माविलाई जग्गा भोगाधिकार गर्न दिने सम्बन्धमा तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयको सहमति पत्र।

सरकारको नाममा जग्गाधनी पूर्जासमेत रहेको र १९ वर्षअघि नै विद्यालयलाई भोगचलन गर्न दिने निर्णय भएको त्यही जग्गा अहिले भू–माफियाले अदालतसम्मको सेटिङमा व्यक्तिको नाममा ल्याउन सफल भएका छन्। अहिले पनि काठमाडौं महानगरपालिका वडा नं. ४ ले उक्त जग्गा बाँसबारी माविलाई नै भोगचलन गर्न दिन निर्णय गरेको छ। विद्यालयहरू स्थानीय तहअन्तर्गत आएपछि वडा नं. ४ ले यस्तो निर्णय गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’

विद्यालयलाई ठाउँ अपुग भएकोले जग्गा भोगचलनमा दिने निर्णय गरेको वडा नं. ४ कार्यालयले जनाएको छ। उक्त जग्गामा विद्यालयले डोजर लगाएर संरचना निर्माणको काम पनि थालेको थियो। तर, जिल्ला अदालत काठमाडौंले तत्कालै कामकारबाही रोक्न भन्दै महानगरपालिकाको नाममा २०७७ पुस ५ गते निषेधाज्ञा जारी गरेपछि उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने पहल सुरु भएको खुलेको थियो। 

बाँसबारी माविको भोगाधिकारमा रहेको जग्गाको विवरण खुलाइएको मालपोत कार्यालय काठमाडौंको पत्र।

त्यस जग्गालाई आफ्नो नाममा ल्याउन काठमाडौं–४ कै स्थानीय हरिशरण सिंह ठकुरी र उनकी भाइबुहारी काइँली भनिने जयन्ती शाहले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले मालपोत कार्यालय डिल्लीबजारदेखि काठमाडौं महानगरसम्मलाई विपक्षी बनाएका थिए। लगाउमा रहेका तीन वटा मुद्दाबाट फुटाउँदै न्यायाधिश बद्रीप्रसाद ओलीको इजलासले गत असार २८ गते सरकारको नाममा धनीपूर्जासमेत रहेको उक्त ६ रोपनी जग्गा ठकुरी परिवारको नाममै रहने फैसला गरेको थियो। 

एकै घटनामा परेका फरक मुद्दालाई लगाउमा राखेर एकैपटक हेरिन्छ। यस्ता मुद्दामा छुट्टाछुट्टै फैसला गर्न मिल्दैन। कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द रहेका बेला लगाउ रहेको मुद्दामा विपक्षीलाई जानकारी नै नदिई फुटाएर सकारी जग्गा व्यक्तिको नाममा रहने फैसला भएको थियो। यसरी लगाउका मुद्दा फुटाएर सरकारी जग्गा व्यक्तिको बनाउने फैसला भएपछि अहिले काठमाडौं महानगरपालिका र मालपोत कार्यालय डिल्लीबजार त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि उक्त सरकारी जग्गा ठकुरी परिवारले आफ्नो पुर्ख्यौली भएको दाबी गर्दै २०६७ भदौ ३ गते आफ्नो नाममा ल्याएका थिए। सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याएपछि कारबाही हुने डरले पुनः जग्गाको दर्ता खारेजका लागि उनीहरूले मालपोत कार्यालय डिल्लीबजारमा निवेदनसमेत दिएका थिए।

उनीहरुको निवेदनपश्चात मालपोत कार्यालले ठकुरी परिवारको नाममा रहेको दर्ता खारेज गरेर जग्गा सरकारकै नाममा ल्याएको थियो। ‘मेरो जग्गा होइन, सरकारको भएकाले सरकारकै नाममा दर्ता गरिपाउँ’ भनेर निवेदन दिने उही व्यक्तिहरू झण्डै एक दशकपछि फेरि सरकारी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका छन्।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्