• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकार

64x64
नारायण अधिकारी आइतबार, माघ ९, २०७८  ०९:२७
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतसमेतको ‘सेटिङ’मा व्यक्तिको नाममा आएको काठमाडौं महानगरपालिका–४, महाराजगञ्ज क्षेत्रको ६ रोपनी सरकारी जग्गा १९ वर्षअघि नै सरकारले स्कूललाई भोगाधिकार दिने निर्णय गरेको तथ्य भेटिएको छ। तत्कालीन भूमिसुधार तथा व्यवस्था र शिक्षा तथा खेलकुद मन्त्रालयका कागजातबाट उक्त जग्गा २०५९ सालमै बाँसबारी माविलाई भोगचलन गर्न दिने निर्णय भएको पत्ता लागेको हो।

महाराजगञ्जमै रहेको बाँसबारी माविलाई जग्गा अपुग भएको र विद्यालयसँगै जोडिएको ६ रोपनी सरकारी जग्गा खाली रहेकोले स्कूललाई भोगाधिकार दिने तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले निर्णय गरेको थियो। उक्त मन्त्रालयले २०५९ साउन १० गते विद्यालयलाई जग्गा दिन भोगाधिकार पत्रसमेत जारी गरेको पाइएको छ। 

मन्त्रालयले भूमि सुधार तथा व्यवस्थापन विभागलाई २०५९ साउन १० गते लेखेको पत्रको तेस्रो बुँदामा भनिएको छ- ‘किता नं. ३ को उत्तरतर्फ ०–४–२–३ मा व्यक्तिले घर बनाएको भनिएको र कि नं. २४ मा व्यक्तिले खेति गरिएको भनिएको सम्बन्धमा कामपा–४ वडा कार्यालयको च.नं.१७९९ मिति ०५९–२–९ को पत्रानुसार उक्त जग्गाहरु श्री ५ को सरकारको सार्वजनिक जग्गा भएकाले यस वडा कार्यालयबाट घर निर्माण गर्ने गराउने र खेती गर्ने गराउने स्वीकृति कसैलाई पनि नदिइएको साथै विनास्वीकृति खाली जग्गा हडप्ने उद्देश्यले उक्त कार्य भएकोले साविक २३/य कि नं. ९० को क्षेत्रफल ६–०–०–० सँग भिड्ने सम्पूर्ण जग्गा श्री बाँसबारी माविको नाममा भोगाधिकार दिने सिफारिस भैसकेकाले पुनः उक्त विद्यालयको नाममा भोगाधिकार दिनुहुन उपयुक्त हुने राय पेश गरिएको छ।’

यसअघि २०५८ माघ १० गते शिक्षा तथा खेलकुद मन्त्रालयलले उक्त ६ रोपनी सरकारी जग्गा बाँसबारी माविलाई भोगचलनका लागि प्रदान गरिएको भन्दै त्यसको जानकारी मालपोत कार्यालयलाई गराएको पत्रसमेत नेपाल लाइभले प्राप्त गरेको छ। बाँसबारी माविले सरकारी जग्गा विद्यालयलाई भोगचलनका लागि दिन अनुरोध गरेकोले तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा रहेको ६ रोपनी जग्गा विद्यालयले उपभोगसम्म मात्र गर्न पाउने गरी दिने निर्णय भएको शिक्षा मन्त्रालयले मालपोत कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ। 

बाँसबारी माविलाई जग्गा भोगाधिकार गर्न दिने सम्बन्धमा तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयको सहमति पत्र।

सरकारको नाममा जग्गाधनी पूर्जासमेत रहेको र १९ वर्षअघि नै विद्यालयलाई भोगचलन गर्न दिने निर्णय भएको त्यही जग्गा अहिले भू–माफियाले अदालतसम्मको सेटिङमा व्यक्तिको नाममा ल्याउन सफल भएका छन्। अहिले पनि काठमाडौं महानगरपालिका वडा नं. ४ ले उक्त जग्गा बाँसबारी माविलाई नै भोगचलन गर्न दिन निर्णय गरेको छ। विद्यालयहरू स्थानीय तहअन्तर्गत आएपछि वडा नं. ४ ले यस्तो निर्णय गरेको हो।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’

विद्यालयलाई ठाउँ अपुग भएकोले जग्गा भोगचलनमा दिने निर्णय गरेको वडा नं. ४ कार्यालयले जनाएको छ। उक्त जग्गामा विद्यालयले डोजर लगाएर संरचना निर्माणको काम पनि थालेको थियो। तर, जिल्ला अदालत काठमाडौंले तत्कालै कामकारबाही रोक्न भन्दै महानगरपालिकाको नाममा २०७७ पुस ५ गते निषेधाज्ञा जारी गरेपछि उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने पहल सुरु भएको खुलेको थियो। 

बाँसबारी माविको भोगाधिकारमा रहेको जग्गाको विवरण खुलाइएको मालपोत कार्यालय काठमाडौंको पत्र।

त्यस जग्गालाई आफ्नो नाममा ल्याउन काठमाडौं–४ कै स्थानीय हरिशरण सिंह ठकुरी र उनकी भाइबुहारी काइँली भनिने जयन्ती शाहले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले मालपोत कार्यालय डिल्लीबजारदेखि काठमाडौं महानगरसम्मलाई विपक्षी बनाएका थिए। लगाउमा रहेका तीन वटा मुद्दाबाट फुटाउँदै न्यायाधिश बद्रीप्रसाद ओलीको इजलासले गत असार २८ गते सरकारको नाममा धनीपूर्जासमेत रहेको उक्त ६ रोपनी जग्गा ठकुरी परिवारको नाममै रहने फैसला गरेको थियो। 

एकै घटनामा परेका फरक मुद्दालाई लगाउमा राखेर एकैपटक हेरिन्छ। यस्ता मुद्दामा छुट्टाछुट्टै फैसला गर्न मिल्दैन। कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द रहेका बेला लगाउ रहेको मुद्दामा विपक्षीलाई जानकारी नै नदिई फुटाएर सकारी जग्गा व्यक्तिको नाममा रहने फैसला भएको थियो। यसरी लगाउका मुद्दा फुटाएर सरकारी जग्गा व्यक्तिको बनाउने फैसला भएपछि अहिले काठमाडौं महानगरपालिका र मालपोत कार्यालय डिल्लीबजार त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका छन्।

यसअघि उक्त सरकारी जग्गा ठकुरी परिवारले आफ्नो पुर्ख्यौली भएको दाबी गर्दै २०६७ भदौ ३ गते आफ्नो नाममा ल्याएका थिए। सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याएपछि कारबाही हुने डरले पुनः जग्गाको दर्ता खारेजका लागि उनीहरूले मालपोत कार्यालय डिल्लीबजारमा निवेदनसमेत दिएका थिए।

उनीहरुको निवेदनपश्चात मालपोत कार्यालले ठकुरी परिवारको नाममा रहेको दर्ता खारेज गरेर जग्गा सरकारकै नाममा ल्याएको थियो। ‘मेरो जग्गा होइन, सरकारको भएकाले सरकारकै नाममा दर्ता गरिपाउँ’ भनेर निवेदन दिने उही व्यक्तिहरू झण्डै एक दशकपछि फेरि सरकारी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका छन्।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्