• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

काठमाडौं महानगरमा कांग्रेस तालमेल गरेर भिड्छ कि एक्लै?

64x64
लिलु डुम्रे बुधबार, माघ १९, २०७८  १५:२५
1140x725

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। विगतमा मुख्य प्रतिस्पर्धी हुँदै आएका दुई दलबीच नै यसपटक पनि प्रतिस्पर्धा हुने उनीहरुको आकलन छ।

२०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन बनेको थियो। एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए। प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी हुँदा सोही गठबन्धनबाट उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठ भने पराजित भए।

प्रमुखमा जित निकाल्न नसकेको कांग्रेसले उपप्रमुखमा भने विजय प्राप्त गर्‍यो। मेयरमा एमालेका शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए। त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए। प्रमुखमा भिडेका शाक्य र जोशीको मतान्तर १९ हजार ४४४ थियो। तर, कांग्रेसबाट मेयरका प्रत्यासी पराजित हुँदा उक्त दलबाट उपप्रमुख उम्मेदवार हरिप्रभा खड्गीले ५८ हजार ९५२ सहित विजयी हासिल गरिन्।

गत निर्वाचनमा काठमाडौंको मतदाताको ट्रेन्ड हेर्दा एमालेले गरेको गठबन्धनप्रति मतदाताले रुचि देखाएनन्। कांग्रेसका मेयर पराजित हुँदा कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी खड्गी विजयी भइन्। एमालेसँग गठबन्धन बनाएर राप्रपाबाट उपमेयरको उम्मेदवार बनेका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरी पराजय भोगे।

यसपटक २०७४ सालको जस्तै परिस्थिति छैन। एमालेले केही स्थानमा राप्रपासँग गठजोड गरेको थियो। कांग्रेस र माओवादी केन्द्रबीच सीमित स्थानमा तालमेल भएको थियो। तत्कालीन समयमा कांग्रेस र माओवादी केन्द्र सरकारमा समेत सँगै थिए। भरतपुर र पोखरा महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले काठमाडौंमा भने समीकरण बनाएनन्।

सत्ताको नेतृत्वकर्ता दल कांग्रेससँग चुनावी समीकरण गर्ने पक्षमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा छन्। सत्ता गठबन्धनको छायाँ आसन्न निर्वाचनमा पनि अवश्य देखिनेछ। सत्तापक्ष एक आपसमा भिडेर एमालेका उम्मेदवारलाई जिताउन लाग्ने देखिँदैन। परिणामतः त्यसको प्रमुख लाभ कांग्रेसले लिनेछ।

प्रमुख शक्तिको रुपमा रहेको एमाले विभाजित छ। विभाजित एकीकृत समाजवादीमा सानै समूह रहे पनि एमालेलाई कमजोर बनाउने सामर्थ्य राख्छ। एमालेको मत विभाजित हुँदा त्यसको प्रत्यक्ष लाभ उठाउने कांग्रेसले नै हो। अर्कोतर्फ, पराजित हुने अवस्थामा उम्मेदवार खडा गर्नुभन्दा कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने मनशाय माओवादी, एकीकृत समाजवादी तथा जसपामा हुनसक्छ। प्रमुख पद कांग्रेसलाई छोडेर अन्य पदमा भागबण्डा लिने उपाय उनीहरुका लागि फाइदाजनक हुनसक्छ।

माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका सर्वोत्तमदास डंगोलले ७ हजार ९०६ मत ल्याएका थिए। मेयरका प्रत्यासीमा उनले पाँचौ स्थानको मत ल्याएका थिए। उनले प्राप्त गरेको अधिकांश मत पनि गठबन्धनका साझा उम्मेरको पक्षमा खस्ने देखिन्छ। काठमाडौं महानगरपालिका कांग्रेस सभापति निलकाजी शाक्य भन्छन्, ‘काठमाडौं महानगरमा सत्ता गठबन्धनका अरुलाई जिताउने गरी तालेमल हुँदैन। मेयरमा उहाँहरुले कांग्रेसलाई समर्थन गरे गठबन्धन हुनसक्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको सन्दर्भमा कांग्रेसका लागि अर्को लाभ नयाँ शक्तिका रुपमा उदाएका दलहरुको विभाजनले हुने देखिन्छ। २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा विवेकशील नेपाली दल र साझा पार्टीले मेयरमा सम्मानजनक मत ल्याएका थिए। रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले विवेकशील नेपाली दलबाट २३ हजार ४३९ र किशोर थापाले साझा पार्टीबाट १८ हजार ४९६ मत प्राप्त गरेका थिए। 

नयाँ दलप्रति उभार देखिएको उक्त समयमा कांग्रेसको नै मत बढी काटिएको विश्लेषण भएको थियो। ती दुई दल एकता भएर पनि विभाजन भएकाले मतदाताको उनीहरुप्रति अभिरुचि यसपटक देखिँदैन। विगतमा प्राप्त मत उनीहरुले प्राप्त गर्न नसक्दा परम्परा देखिकै शक्ति कांग्रेस र एमालेमा खस्छ। २०७४ सालमा कांग्रेसका मत बढी ती दलले काटेको भए स्वाभाविक रुपमा ती मतमध्ये अधिकांश कांग्रेसलाई खस्छ।

सत्ता पक्षकै अर्को शक्ति तत्कालीन नयाँ शक्ति पार्टी भएको छ। नयाँ शक्ति हाल जसपासँगै जोडिएको छ। तत्कालीन समयमा नयाँ शक्तिबाट मेयरमा उम्मेदवार बनेका पवित्र बज्राचार्यले ६ हजार ५० मत प्राप्त गरेका थिए। सत्ता गठबन्धनको साझा उम्मेदवार कांग्रेसबाट तय भएमा उनले प्राप्त गरेको अधिकांश मत पनि कांग्रेसलाई जानसक्छ।

एमालेमा आएको विभाजन, सत्ता गठबन्धनका अन्य दलले कांग्रेससँग तालमेल गर्नैपर्ने बाध्यकारी अवस्था, नयाँ शक्तिका रुपमा उदाएका दलको विभाजन लगायतले आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा कांग्रेसले जीत निकाल्ने आकलन गर्न सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसपटक कांग्रेसका लागि थप ‘प्लस पोइन्ट’ एमालेबाट विजयी मेयर शाक्यको असफलता पनि हो। एमालेको गठबन्धन सत्ताबाहिर रहेका अन्य दलसँग हुने सम्भावना रहेको छ। काठमाडौं महानगरपालिका एमाले अध्यक्ष निर्मल देउला भन्छन्, ‘हामी गठबन्धनको विरोधी होइनौं। सत्ता गठबन्धनका बाहेकका दलसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धा गर्छौं।’

सत्ता गठबन्धनका अन्य शक्तिभन्दा काठमाडौंमा आफू बलियो रहेकाले कांग्रेसले मेयरमा अरुलाई छोड्ने देखिँदैन।

माओवादी, एकीकृत समाजवादी र जसपाको देशभर तालमेल हुने माओवादी केन्द्रका काठमाडौं महानगरपालिकाका अध्यक्ष रवीन्द्र श्रेष्ठ बताउँछन्। ‘काठमाडौं महानगरका बारेमा छलफल हुनै पाएको छैन। तीन दलको तालमेल अवश्य हुन्छ। कांग्रेससँग पनि छलफल गरेर टुंगिन्छ’, श्रेष्ठले भने। 

यस्तो थियो २०७४ सालमा प्राप्त मत :
प्रमुख
विद्यासुन्दर शाक्य-  नेकपा एमाले– ६४९१३ ( विजयी)
राजु राज जोशी-  नेपाली कांग्रेस– ४५२६९
रञ्जु न्यौपाने (रञ्जु दर्शना)- विवेकशील नेपाली दल– २३४३९
किशोर थापा- साझा पार्टी– १८४९६
सर्वोत्तम दास डंगोल - माओवादी केन्द्र– ७९०६
पवित्र बज्राचार्य - नयाँ शक्ति पार्टी, नेपाल– ६०५०

उपप्रमुख
हरिप्रभा खड्गी- नेपाली कांग्रेस– ५८९५२ ( विजयी)
राजाराम श्रेष्ठ- राष्ट्रिय प्रजातन्त्र पार्टी– ३४८५४
निरुपमा यादव- साझा पार्टी– ११५३३
सुशीला कुमारी पौडेल- नेकपा माओवादी केन्द्र– १०४४८
सविना अर्याल- नयाँ शक्ति नेपाल– ३४९३

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १५:२५
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्