• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १, २०८३  ०६:४२
1140x725

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन् ।

सोमबार तातोपानी नाका खुलाउने विषयमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नाका सञ्चालनका लागि चीनसँग साझा राष्ट्रिय अवधारणा बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले २०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानी नाका क्रमशः ओझेलमा पर्दै गएको उल्लेख गर्दै विगतका सरकारले नाकालाई पर्याप्त प्राथमिकता दिन नसकेको बताए ।

उनले भने,‘२०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानीको आवाज ओझेलमा पर्दै आयो । त्योभन्दा अगाडि तातोपानीको आवाज स्पष्ट र बलियो थियो । तर त्यसपछि बिस्तारै त्यसलाई उच्च बनाउने काम कम भयो । विगतका सरकारले कुनै न कुनै कारणले आफ्ना कुराहरू छोड्दै जाँदा हामी ओझेलमा पर्यौँ भन्ने हाम्रो विश्लेषण हो ।’

पराजुलीले चीनले आफ्नोतर्फ खासामा आधुनिक पूर्वाधार निर्माण गरिरहेको भन्दै चीनले तातोपानीलाई प्राथमिकता नदिएको भन्ने भाष्यलाई पुनर्विचार गर्नुपर्ने बताए । नेपालले पनि आफ्नोतर्फका संरचना व्यवस्थित बनाउन नसकेको अवस्थामा चीनलाई मात्रै दोष दिन नमिल्ने उनको भनाइ थियो ।

‘चिनियाँ सरकारले खासामा त्यत्रा संरचनाहरू बनाउँदै गरेको हामीले आँखाले देखेका छौँ । उसले त्यत्तिकै छोडेको छैन । हामीले चीनलाई विश्वास दिलाउन सक्यौँ, साझा अवधारणा बनाउन सक्यौँ र नाकालाई पछि पार्नुपर्ने कुनै कारण छैन भनेर कन्भिन्स गराउन सक्यौँ भने यो नाका पूर्ववत् रूपमा सञ्चालन हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

उनले तातोपानी नाका सञ्चालन हुँदा ढुवानी खर्च घट्ने र उपभोक्ताले सस्तो मूल्यमा सामान प्राप्त गर्न सक्ने बताए । अन्य नाकाबाट सामान ल्याउँदा लामो दूरी र बढी खर्च लाग्ने भएकाले तातोपानी नाका सञ्चालन आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले भने,‘यहाँबाट ११४ किलोमिटरको नाका छ, जहाँबाट सामान ल्याउन सकिन्छ । तर ५०० किलोमिटर टाढाबाट सामान ल्याउनुपर्ने अवस्था छ । एक कन्टेनर सामान ल्याउन ६ लाख रुपैयाँ तिर्ने कि ५० हजार रुपैयाँ तिर्ने ? यो पनि ठूलो कुरा हो । राज्यले मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन पनि यो बाटो सञ्चालन हुनुपर्छ ।’

Ncell 2
Ncell 2
nimb
nimb

पराजुलीले तातोपानी नाकाले अहिलेसम्म झन्डै चार खर्ब रुपैयाँ बराबरको योगदान गरेको उल्लेख गर्दै त्यस्तो महत्त्वपूर्ण नाकाको पूर्वाधार विकासमा पर्याप्त लगानी हुनुपर्ने बताए ।

‘यो नाकाले हामीलाई अहिलेसम्म झन्डै चार खर्बजति दिएको छ । त्यसलाई चार खर्ब दिने नाकालाई कम्तीमा पाँचदेखि सात अर्ब रुपैयाँ त दिनुहोस् न भनेर मैले पटक–पटक भनेको छु,’ उनले भने ।

उनले नाका सञ्चालनका लागि सडक, पुल, पहिरो नियन्त्रण, भन्सार र सुरक्षा निकायका संरचना व्यवस्थित बनाउनुपर्ने बताए । नाका खोल्ने विषयमा मात्रै छलफल गरेर नहुने भन्दै पहिले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘नाका खुल्छ, नाकाको कुरा नगर्नु, बाटो बनाउने पहिलो कुरा देखाऊ न । बाटो चाहिँ बनाऊ न । घर बनाउँदाखेरि कोठा कसले लिने भनेर पहिले झगडा गर्ने कि पहिला घर बनाउने ? त्यसैले नाका सञ्चालनको कुरा गर्नुभन्दा पहिले बाटो, पुल र आवश्यक पूर्वाधार निर्माणमा हाम्रो प्राथमिकता जानुपर्छ,’ उनले भने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पराजुलीले समयमै काम नगर्ने निर्माण व्यवसायीलाई हटाउनुपर्ने र काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । बाह्रबिसेदेखि धुलिखेलसम्मको सडक खण्डको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

उनले तातोपानी नाका खुलाउने विषयमा सञ्चारमाध्यमले राष्ट्रिय स्तरमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ०६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न
चार प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न... मंगलबार, मंसिर १, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ... मंगलबार, मंसिर १, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली मंगलबार, मंसिर १, २०८३
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न मंगलबार, मंसिर १, २०८३
चार प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना मंगलबार, मंसिर १, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, मंसिर १, २०८३
आस्था पछि बेवास्ता ! सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्