काठमाडौं- गुगलले भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्ने भएको छ। गुगलको यो निर्णयले एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत गर्ने छ।
सम्झौता अनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत सेयर लिनेछ। यसबाहेक गुगलले आगामी दिनमा वाणिज्य सम्झौतामा ३० करोड डलर लगानी गर्नेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुगलले भारती एयरटेलको १.२८ प्रतिशत सेयर ७३४ प्रति भारुमा खरिद गर्नेछ। एयरटेलद्वारा जारी विज्ञप्ति अनुसार गुगलले सस्तो फोनहरू विकास गर्न र फाईभ जी प्रविधिको अनुसन्धान गर्न भारती एयरटेलसँग मिलेर काम गर्नेछ।
हाल मित्तल परिवार र एयरटेलको प्रवर्तक समूह सिंगटेलको ५५.९३ प्रतिशत हिस्सा छ। मित्तल परिवारको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २४.१३ प्रतिशत हिस्सा छ भने सिंगटेलको ३१.७२ प्रतिशत हिस्सा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।