• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
तरकारीमा परनिर्भर

चीनबाट लसुन तथा भारतबाट धनियाँ र बेसार ल्याएर धानिएको हाम्रो भान्सा

64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, माघ १६, २०७८  ०९:०५
1140x725

काठमाडौं- नेपाली भान्सामा अनिवार्य प्रयोग हुने लसुन, धनियाँ र बेसार वार्षिक करिब दुई अर्ब रुपैयाँको आयात हुने गरेको छ। पछिल्लो पाँच वर्षमा यी मसलाजन्य तरकारी करिब साढे १० अर्बको आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लसुन, बेसार र धनिया गरी कुल १० अर्ब ४१ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आयात भएको छ। आयात भएको मध्ये ८० प्रतिशत लसुन चीनबाट आउँछ।

त्यसैगरी ९० प्रतिशत बेसार र धनियाँ भारतबाट आयात हुने गरेको छ। अन्य तरकारीमा भारतको भर भए पनि लसुन भने चीनले धानिदिएको छ। 

ठूला होटेल, रेष्टुरेन्टमा चिनियाँ लसुन आउने हुँदा ठूलो परिमाणमा उताबाट लसुन आउने गरेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी सन्दीप सुवेदीले बताए। आलु, प्याज खेती कार्यक्रम सन्चालन भए पनि मसलाजन्य तरकारी उत्पादनका कार्यक्रम हुन सकेको छैन।

मसला बाली विकास केन्द्रअन्तर्गत बेसार प्रवद्र्धन कार्यक्रम एक पटक मात्र सञ्चालन गरिएको उनले बताए। ‘नेपालमा कृषकले बेसार आफ्नो आवश्यकताका लागि र स्थानीय बजारमा लैजाने गरी मात्र उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘उत्पादन क्षेत्रफल नै कम छ। त्यसैले आयात बढेको हो।’

वार्षिक १ अर्बको लसुन आयात
भन्सार विभागको तथ्याङ्कअनुसार विदेशबाट विशेष गरी ताजा, सुकेको, छोडाएको र नछोडाएको लसुन आयात हुने गरेको छ। भारत र चीनबाहेक आइभरी कोस्ट, थाइल्यान्ड, बेलायतलगायत देशबाट पनि लसुन आयात हुने गरेको छ।

यो पनि पढ्नुहोस्

भान्सामा सर्वाधिक खपत हुने तरकारीमै देश परनिर्भर, तीन वर्षमा १८ मुलुकबाट २३ अर्बको आलु आयात

लसुन मात्रै नेपालमा वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको आयात हुन्छ। पाँच वर्ष ६ महिनामा चार अर्ब ७२ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको लसुन विदेशबाट आएको छ भने ९८ लाख २४ हजारको मात्रै निर्यात भएको छ। आयात तथा निर्यातबाट एक अर्ब ३० करोड एक लाख १६ हजार रुपैयाँ राजस्व उठेको छ। 

विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा ७६ करोड ८७ लाख ४२ हजार रुपैयाँ बराबरको लसुन आयात हुँदा ५ लाख ८३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा ८० करोड ८२ लाख ६० हजार रुपैयाँ बराबरको आयात हुँदा ७ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५/७६ मा ८३ करोड ३० लाख ३१ हजार रुपैयाँ बराबरको लसुन आयात भयो। यही अवधिमा ११ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा चीन र भारतबाट मात्रै ७५ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको लसुन आयात भयो। त्यही अवधिमा ७३ लाख ८० हजार रुपैयाँ बराबरको निर्यात भयो।  

आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५० करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको मात्रै लसुन आयात भएको छ। यो वर्ष निर्यात शून्य छ। चालु आर्थिक वर्षको ६ महिनामा ५८ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको आयात भइसकेको छ। यो वर्ष पनि निर्यात शून्य छ। नेपालबाट हङकङ, जापान, भारत, सिंगापुर, चीनमा कतार, ओमन, युएई, बेलायत लसुन निर्यात हुने गरेको छ।

आर्थिक वर्ष  आयात (रुपैयाँमा) निर्यात (रुपैयाँमा) राजस्व (रुपैयाँमा)
२०७३/७४ ७६ करोड ८७ लाख पाँच लाख ८३ हजार १८ करोड ४३ लाख
२०७४/७५  ८० करोड ८२ लाख  सात लाख २३ हजार २० करोड ११ लाख 
२०७५/७६ ८३ करोड ३० लाख ११ लाख ३८ हजार  २१ करोड ६० लाख 
२०७६/७७ ७५ करोड ४२ लाख ७३ लाख ८० हजार  १८ करोड ३८ लाख 
२०७७/७८ १ अर्ब ५० करोड १९ लाख – ३७ करोड ४१ लाख 
२०७८/७९ ५८ करोड ३२ लाख  – १४ करोड ५ लाख 
जम्मा ४ अर्ब ७२ करोड ४५ लाख  ९८ लाख २४ हजार १ अर्ब ३० करोड १ लाख

स्रोतः भन्सार विभाग

पछिल्लो तीन वर्षमा धनियाँको आयात मात्र
घरको छतमा समेत बाह्रै महिना गमलामै फलाउन सकिने धनिँया वार्षिक ५० करोड रुपैयाँ बराबरको आयात हुन्छ। नेपालमा भारतबाट हरियो र बिउको धनियाँ आयात हुने गरेको छ। भारतबाहेक इन्डोनेसिया, रसिया, इटाली, टर्की, युएई, अर्जेन्टिना, बुल्गेरिया, मोरक्को, नामिबिया, मोल्डोभा, युक्रेन र अमेरिकाबाट पनि हरियो धनिया र बिउ आयात हुन्छ। 

Xtrem

Xtrem

नेपालबाट भने हरियो धनिया भारत निर्यात हुने गरेको थियो। तर, निकै थोरै परिणाममा मात्र निर्यात हुन्थ्यो। पछिल्लो तीन वर्षमा नेपालबाट कुनै पनि देशमा धनियाँ निर्यात भएको छैन।

विभागको तथ्याङ्कअनुसार पाँच वर्ष ६ मिहनामा तीन अर्ब ८६ करोड ९५ लाख ८६ हजार रुपैयाँ बराबरको आयात हुँदा ५ लाख १९ हजारको मात्रै निर्यात भएको छ। जसबाट ७२ करोड १७ लाख सात हजार रुपैयाँ राजस्व उठेको छ। 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५३ करोड १९ लाख १७ हजार रुपैयाँ बराबरको धनिया आयात भएको थियो। त्यही अवधिमा ६४ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।

त्यसैगरी, २०७४/७५ मा ५० करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको आयात हुँदा ४ लाख ४२ हजारको निर्यात भएको थियो। २०७५/७६ मा ४९ करोड ४४ लाख १३ हजार रुपैयाँ बराबरको आयात भयो। त्यही अवधिमा १३ हजार रुपैयाँ बराबरको धनियाँ निर्यात भयो। त्यसपछि विदेश धनियाँ निर्यात भएको छैन।
२०७६/७७ मा ८६ करोड ६३ लाख ७२ हजार रुपैयाँ बराबरको धनियाँ आयात भएको थियो। २०७७/७८ मा ९६ करोड १६ लाख ६ हजार र चालु आर्थिक वर्षमा तीन अर्ब ८६ करोड ९५ लाख ४६ हजार रुपैयाँ बराबरको धनियाँ आयात भएको छ।

आर्थिक वर्ष  आयात (रुपैयाँमा) निर्यात (रुपैयाँमा) राजस्व (रुपैयाँमा)
२०७३/७४ ५३ करोड १९ लाख ६४ हजारको ९ करोड ६५ लाख
२०७४/७५  ५० करोड ४२ लाख ४ लाख ४२ हजार ९ करोड ४६ लाख
२०७५/७६ ४९ करोड ४४ लाख १३ हजार ९ करोड ३१ लाख
२०७६/७७ ८६ करोड ६३ लाख – १६ करोड २२ लाख 
२०७७/७८ ९६ करोड १६ लाख – १७ करोड ९८ लाख 
२०७८/७९ ५१ करोड ९ लाख – ९ करोड ५३ लाख 
जम्मा ३ अर्ब ८६ करोड ९५ लाख ५ लाख १९ हजार  ७२ करोड १७ लाख

स्रोतः भन्सार विभाग 

पाँच वर्षमा ८२ करोडको बेसार आयात
नेपालमा वार्षिक करिब २० करोडको बेसार आयात हुने भन्सार विभागको तथ्यांकले देखाएको छ। बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात हुदै आएको छ।  पाँच वर्ष ६ महिनामा एक अर्ब ८१ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ। यही अवधिमा एक करोड ५४ लाख आठ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। 

स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि बेसारको आयात बढ्दै गएको छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसार आयात हुने गरेको छ। नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो–२ नामको बेसार खेती हुन्छ।

यो पनि पढ्नुहोस्

प्याजमा सधैँ भारतकै भर : सरकार बढाउँदै किसानलाई अनुदान, तर बढेन उत्पादन

नेपालमा भारतसहित बंगलादेश, म्यानमार, सिङगापुर, इथोपिया, पाकिस्तान, इन्डोनेसिया र चीनबाट बेसार आयात हुने गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १६ करोड ९६ लाख ८१ हजार रुपैयाँ बराबरको बेसार आयात भएको थियो। यही अवधिमा ८५ लाख १३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ७६ लाख ६६ हजार रुपैयाँको आयात हुँदा ३७ लाख ३६ हजार रुपैंयाँ बराबरको निर्यात भयो। आर्थिक वर्ष २०७५/७६ मा २६ करोड १९ लाख ६९ हजार रुपैंयाको आयात र ६ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भयो। 

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ४९ करोड ६२ लाख ५६ हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ। ३० हजार रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भयो। तर, निर्यात शून्य भयो। त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा १९ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबरको आयात भएको छ। यही अवधिमा २४ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

आर्थिक वर्ष  आयात (रुपैयाँमा) निर्यात (रुपैयाँमा)
२०७३/७४ १६ करोड ९६ लाख ८५ लाख १३ हजार
२०७४/७५  १६ करोड ७६ लाख ३७लाख ३६ हजार
२०७५/७६ २६ करोड १९ लाख ६ लाख ८१ हजार
२०७६/७७ ४९ करोड ६२ लाख ३० हजार
२०७७/७८ ५२ करोड ९९ लाख –
२०७८/७९ १९ करोड ३९ लाख २४ लाख ८४ हजार
जम्मा १ अर्ब ८१ करोड ९५ लाख १ करोड ५४ लाख आठ हजार

स्रोतः भन्सार विभाग 

छैन कार्यक्रम 
बेसार, लसुन र धनियाँको नेपालमा ज्यादै कम मात्र व्यवसायिक खेती हुन्छ। जसकारण यी मसला बालीमा परर्निभर हुनु परेको छ। सरकारले पनि व्यावसयिक खेती कार्यक्रम सञ्चालन गर्न नसक्दा निर्यातभन्दा आयात तेब्बर देखिएको हो। 

सरकारले मसला बाली विकास केन्द्रबाट एक पटक मात्र बेसारको व्यवासायिक खेती कार्यक्रम सञ्चालन गरेको थियो। यी तरकारी खेतीमा किसानलाई बिउ अनुदान दिने, तालिम दिने जस्ता कार्यक्रम हुने गरेको छैन। 

किसानले नेपालमा स्थानीय जात नै उत्पादन गर्ने गरेका छन्। उन्नत जातको लागि कुनै कार्यक्रम नहुँदा उत्पादन बढ्न नसकेको सूचना अधिकारी सुवेदीले बताए। उनले भने, ‘तर लसुन खेती गर्न कोही इच्छुक भए राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र अन्तर्गत गर्न पाइन्छ।’

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्