तेहरान– दक्षिणी इरानको होर्मोजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका इरानी अर्ध–सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ ।
अधिकारीहरूले बताएको भन्दै एजेन्सीले समाचार छापेको छ ।
होर्मोजगान मेडिकल साइन्सेसका प्रमुखलाई उद्धृत गर्दै मिनाब र जास्क सहरमा आक्रमण हुँदा ठुलो मानवीय क्षति भएको रिपोर्ट गरिएको हो । यसअघि मिनाबस्थित एक प्राथमिक छात्रा विद्यालयमा प्रहार हुँदा ५० भन्दा बढीको मृत्यु भएको खबर आएको थियो ।
उक्त तथ्यांकहरू स्वतन्त्र रूपमा तुरुन्त पुष्टि हुन नसकेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।