• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्याजमा सधैँ भारतकै भर : सरकार बढाउँदै किसानलाई अनुदान, तर बढेन उत्पादन

वर्षेनी पाँच अर्बको प्याज आयात
64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, पुस १८, २०७८  ०८:४२
1140x725

काठमाडौं– मसला र सलादको रुपमा प्रयोग हुने प्याज नेपालमा एक मौसममा मात्रै उत्पादन हुन्छ। तर, व्यावसायिक उत्पादन गरी बजार पठाउने किसान कमै छन्। सरकारले तराईका विभिन्न स्थानीय तहमा ‘प्याज खेती कार्यक्रम’ सञ्चालन गरे पनि उत्पादन नबढ्दा हरेक वर्ष पाँच अर्बभन्दा बढीको आयात हुन्छ।

भन्सार विभागको तथ्याङ्कअनुसार हरियो, सुकेको र बिउ गरि पछिल्लो पाँच वर्षमा २६ अर्ब ५२ करोड १३ लाख ३८ हजार रुपैयाँको प्याज आयात भएको छ। यही अवधिमा नेपालबाट जम्मा नौ करोड आठ लाख ९६ हजार रुपैयाँको हरियो तथा सुकेको प्याज निर्यात भएको छ। नेपालबाट कतारमा मात्रै हरियो तथा ताजा प्याज निर्यात हुन्छ। 

नेपालमा भारत, चीन, बंगलादेशलगायत मुलुकबाट प्याज आयात हुन्छ। भारतबाट मात्रै ९० प्रतिशत प्याज आयात हुन्छ। त्यसपछि चीनबाट धेरै प्याज भित्रिन्छ। चालु आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ६४ करोड नौ लाख नौ हजार रुपैयाँको प्याज आयात भएको छ।  यही अवधिमा ९८ लाख ४२ हजार रुपैयाँको मात्रै प्याज निर्यात भएको छ। 

आन्तरिक रूपमा बढी खपत हुने सिजनमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ। त्यहाँ प्रायः भदौदेखि मंसिर अन्तिमसम्म चार महिना प्याजको माग बढ्छ। गत वर्ष भारतले भदौदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा मूल्य बढेर प्रतिकिलो डेढ सय रुपैयाँसम्म पुगेको थियो। भारतले पुस मध्यतिर मात्र निर्यातमा प्रतिबन्ध हटाएको थियो।

यो सिजनमा भारतमै पनि प्याजको मूल्य प्रतिकिलो डेढ सय भारुभन्दा बढी हुन्छ। भारतले गत वर्ष मात्र नभइ २०७६ असोजमा पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। यही बेला नेपालमा हिन्दूहरूको चाडपर्व पर्ने हुँदा माग र मूल्य दुवै बढ्छ।

नेपालमा बाह्रै महिना निरन्तर सिँचाइ सुविधा नहुँदा प्याजको पर्याप्त उत्पादन हुन नसकेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रका सहायक सूचना अधिकारी सन्दीप सुवेदीले बताए। केन्द्रले चार वर्षदेखि विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। 

प्रभावकारी भएन प्याज खेती कार्यक्रम
प्याजको आयात नियन्त्रणका लागि संघीय सरकारको कृषि मन्त्रालयमातहत रहेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रले तराईका विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसैगरी पहाडका दुई जिल्लामा प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। पाल्पा र रुकुममा प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको हो।

प्याजको गुणस्तरीय बिउको उत्पादन वृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको सहायक सूचना अधिकारी सुवेदीले बताए। उनले आगामी पाँच वर्षमा बिउ उत्पादन बढाउने लक्ष्य रहेको बताए। वार्षिक करिब १९ करोड रुपैयाँ बराबरको १९० मेट्रिक टन प्याजको बिउ उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रले नै यो वर्ष तराईका १२ जिल्लाका १४ वटा स्थानीय तहमा प्याज खेतीमा अनुदान दिएको छ। केन्द्रले कपिलवस्तुको कपिलवस्तु नगरपालिका, पर्साको बहुदरमाई र हरिपुर नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी र मुसिकोट नगरपालिकामा अनुदान दिएर किसानलाई प्याज खेती गर्न लगाइएको छ। त्यसैगरी मोरङको धनपालथान गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सर्लाहीको लालबन्दी नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको सुवर्ण गाउँपालिका, सुनसरीको हरिनगर नगरपालिकाका किसानलाई पनि प्याज खेतीमा अनुदान दिइएको छ।

गत वर्ष १० वटा स्थानीय तहका किसानलाई प्याज खेतीका लागि अनुदान दिइएको थियो। कार्यक्रम सञ्चालन भएका प्रत्येक स्थानीय तहमा १० लाख रुपैयाँसम्म अनुदान दिइने गरिएको छ। अपेक्षाअनुसार प्याज खेती नभए सम्बन्धित स्थानीय तहमा कार्यक्रम रोक्ने र नयाँलाई दिइने गरिएको सुवेदीले बताए।

तर, सरकारको कार्यक्रमका बावजुद नेपालमा प्याज उत्पादन बढ्न सकेको छैन। जसकारण आयात हुने प्याजको परिणाम नघटेको हो। सरकारले अनुदान दिएर पहिलो पटक आर्थिक वर्ष २०७४/७५ मा १९ हजार ८२१ हेक्टर क्षेत्रफलमा प्याज खेती गरेको थियो। सोही वर्ष एक लाख ४८ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो। यो वर्ष प्याज खेती विस्तार भएको र उत्पादन पनि बढ्ने केन्द्रले जनाएको छ।

नेपालमा प्रतिव्यक्ति वार्षिक १५.४६ केजी प्याज खपत हुने केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। नेपाल प्याजमा आत्मनिर्भर हुनका लागि कम्तीमा २५ हजार ९१० हेक्टर जमिनमा बाह्रै महिना प्याज खेती गर्नु पर्ने सुवेदीले बताए। अहिले केन्द्रमार्फत देशभर करिब तीन हजार हेक्टर जमिनमा प्याज खेती हुँदा वार्षिक तीन लाख मेट्रिक टन उत्पादन हुन्छ।

Xtrem

Xtrem

काठमाडौँमा कालीमाटीस्थित तरकारी बजारबाट दैनिक ९० देखि १०० टन प्याज खपत हुने गरेको छ। अधिकांश प्याज भारतबाटै आउने कालीमाटी तरकारी व्यवसायी संघका प्रवक्ता विनय श्रेष्ठले बताए। सरकारले प्याज आयात रोक्न प्याज व्यवसायीका लागि पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए। ‘कालीमाटीमा अहिले भारतीय प्याज मात्रै आएको छ। चिनिया प्याज छैन,’ उनले भने, ‘तर, हरियो प्याजको आयात भने घटेको छ। अहिले काठमाडौं वरिपरिका जिल्लाबाट हरियो प्याज आउन थालेको छ।’ 

दुई वर्षमा एक करोडको बिउ आयात 
चालु आर्थिक वर्षको पाँच महिनामा ६३ लाख आठ हजार रुपैयाँको बिउ आयात गरिएको छ। गत वर्ष ४७ लाख ३२ हजारको बिउ आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार गरी कुल एक करोड १० लाख ९६ हजार रुपैंया बराबरको प्याजको बिउ आयात भएको छ। 

सरकारले नेपालमा नै प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरे पनि आयात झनै बढ्दै गएको देखिन्छ। कुल दुई वर्ष चार महिनामा तीन हजार नौ सय ७२ मेट्रिक टन आयात भएको छ। भन्सार विभागका अनुसार नेपालमा मुख्य गरी अर्जेन्टिना, चिली, भारत, दक्षिण अफ्रिकाबाट प्याजको बिउ आयात हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्