• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्याजमा सधैँ भारतकै भर : सरकार बढाउँदै किसानलाई अनुदान, तर बढेन उत्पादन

वर्षेनी पाँच अर्बको प्याज आयात
64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, पुस १८, २०७८  ०८:४२
1140x725

काठमाडौं– मसला र सलादको रुपमा प्रयोग हुने प्याज नेपालमा एक मौसममा मात्रै उत्पादन हुन्छ। तर, व्यावसायिक उत्पादन गरी बजार पठाउने किसान कमै छन्। सरकारले तराईका विभिन्न स्थानीय तहमा ‘प्याज खेती कार्यक्रम’ सञ्चालन गरे पनि उत्पादन नबढ्दा हरेक वर्ष पाँच अर्बभन्दा बढीको आयात हुन्छ।

भन्सार विभागको तथ्याङ्कअनुसार हरियो, सुकेको र बिउ गरि पछिल्लो पाँच वर्षमा २६ अर्ब ५२ करोड १३ लाख ३८ हजार रुपैयाँको प्याज आयात भएको छ। यही अवधिमा नेपालबाट जम्मा नौ करोड आठ लाख ९६ हजार रुपैयाँको हरियो तथा सुकेको प्याज निर्यात भएको छ। नेपालबाट कतारमा मात्रै हरियो तथा ताजा प्याज निर्यात हुन्छ। 

नेपालमा भारत, चीन, बंगलादेशलगायत मुलुकबाट प्याज आयात हुन्छ। भारतबाट मात्रै ९० प्रतिशत प्याज आयात हुन्छ। त्यसपछि चीनबाट धेरै प्याज भित्रिन्छ। चालु आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ६४ करोड नौ लाख नौ हजार रुपैयाँको प्याज आयात भएको छ।  यही अवधिमा ९८ लाख ४२ हजार रुपैयाँको मात्रै प्याज निर्यात भएको छ। 

आन्तरिक रूपमा बढी खपत हुने सिजनमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ। त्यहाँ प्रायः भदौदेखि मंसिर अन्तिमसम्म चार महिना प्याजको माग बढ्छ। गत वर्ष भारतले भदौदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा मूल्य बढेर प्रतिकिलो डेढ सय रुपैयाँसम्म पुगेको थियो। भारतले पुस मध्यतिर मात्र निर्यातमा प्रतिबन्ध हटाएको थियो।

यो सिजनमा भारतमै पनि प्याजको मूल्य प्रतिकिलो डेढ सय भारुभन्दा बढी हुन्छ। भारतले गत वर्ष मात्र नभइ २०७६ असोजमा पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। यही बेला नेपालमा हिन्दूहरूको चाडपर्व पर्ने हुँदा माग र मूल्य दुवै बढ्छ।

नेपालमा बाह्रै महिना निरन्तर सिँचाइ सुविधा नहुँदा प्याजको पर्याप्त उत्पादन हुन नसकेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रका सहायक सूचना अधिकारी सन्दीप सुवेदीले बताए। केन्द्रले चार वर्षदेखि विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। 

प्रभावकारी भएन प्याज खेती कार्यक्रम
प्याजको आयात नियन्त्रणका लागि संघीय सरकारको कृषि मन्त्रालयमातहत रहेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रले तराईका विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसैगरी पहाडका दुई जिल्लामा प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। पाल्पा र रुकुममा प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको हो।

प्याजको गुणस्तरीय बिउको उत्पादन वृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको सहायक सूचना अधिकारी सुवेदीले बताए। उनले आगामी पाँच वर्षमा बिउ उत्पादन बढाउने लक्ष्य रहेको बताए। वार्षिक करिब १९ करोड रुपैयाँ बराबरको १९० मेट्रिक टन प्याजको बिउ उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2

केन्द्रले नै यो वर्ष तराईका १२ जिल्लाका १४ वटा स्थानीय तहमा प्याज खेतीमा अनुदान दिएको छ। केन्द्रले कपिलवस्तुको कपिलवस्तु नगरपालिका, पर्साको बहुदरमाई र हरिपुर नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी र मुसिकोट नगरपालिकामा अनुदान दिएर किसानलाई प्याज खेती गर्न लगाइएको छ। त्यसैगरी मोरङको धनपालथान गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सर्लाहीको लालबन्दी नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको सुवर्ण गाउँपालिका, सुनसरीको हरिनगर नगरपालिकाका किसानलाई पनि प्याज खेतीमा अनुदान दिइएको छ।

गत वर्ष १० वटा स्थानीय तहका किसानलाई प्याज खेतीका लागि अनुदान दिइएको थियो। कार्यक्रम सञ्चालन भएका प्रत्येक स्थानीय तहमा १० लाख रुपैयाँसम्म अनुदान दिइने गरिएको छ। अपेक्षाअनुसार प्याज खेती नभए सम्बन्धित स्थानीय तहमा कार्यक्रम रोक्ने र नयाँलाई दिइने गरिएको सुवेदीले बताए।

तर, सरकारको कार्यक्रमका बावजुद नेपालमा प्याज उत्पादन बढ्न सकेको छैन। जसकारण आयात हुने प्याजको परिणाम नघटेको हो। सरकारले अनुदान दिएर पहिलो पटक आर्थिक वर्ष २०७४/७५ मा १९ हजार ८२१ हेक्टर क्षेत्रफलमा प्याज खेती गरेको थियो। सोही वर्ष एक लाख ४८ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो। यो वर्ष प्याज खेती विस्तार भएको र उत्पादन पनि बढ्ने केन्द्रले जनाएको छ।

नेपालमा प्रतिव्यक्ति वार्षिक १५.४६ केजी प्याज खपत हुने केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। नेपाल प्याजमा आत्मनिर्भर हुनका लागि कम्तीमा २५ हजार ९१० हेक्टर जमिनमा बाह्रै महिना प्याज खेती गर्नु पर्ने सुवेदीले बताए। अहिले केन्द्रमार्फत देशभर करिब तीन हजार हेक्टर जमिनमा प्याज खेती हुँदा वार्षिक तीन लाख मेट्रिक टन उत्पादन हुन्छ।

काठमाडौँमा कालीमाटीस्थित तरकारी बजारबाट दैनिक ९० देखि १०० टन प्याज खपत हुने गरेको छ। अधिकांश प्याज भारतबाटै आउने कालीमाटी तरकारी व्यवसायी संघका प्रवक्ता विनय श्रेष्ठले बताए। सरकारले प्याज आयात रोक्न प्याज व्यवसायीका लागि पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए। ‘कालीमाटीमा अहिले भारतीय प्याज मात्रै आएको छ। चिनिया प्याज छैन,’ उनले भने, ‘तर, हरियो प्याजको आयात भने घटेको छ। अहिले काठमाडौं वरिपरिका जिल्लाबाट हरियो प्याज आउन थालेको छ।’ 

दुई वर्षमा एक करोडको बिउ आयात 
चालु आर्थिक वर्षको पाँच महिनामा ६३ लाख आठ हजार रुपैयाँको बिउ आयात गरिएको छ। गत वर्ष ४७ लाख ३२ हजारको बिउ आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार गरी कुल एक करोड १० लाख ९६ हजार रुपैंया बराबरको प्याजको बिउ आयात भएको छ। 

सरकारले नेपालमा नै प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरे पनि आयात झनै बढ्दै गएको देखिन्छ। कुल दुई वर्ष चार महिनामा तीन हजार नौ सय ७२ मेट्रिक टन आयात भएको छ। भन्सार विभागका अनुसार नेपालमा मुख्य गरी अर्जेन्टिना, चिली, भारत, दक्षिण अफ्रिकाबाट प्याजको बिउ आयात हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सिरियल नम्बर नभएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय मंगलबार, पुस १, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न आदेश मंगलबार, पुस १, २०८२
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्