• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व

64x64
डुक्पा छिरिङ मोक्तान शुक्रबार, फागुन २७, २०७८  ०९:०५
1140x725

काठमाडौं– सन् २००८ सम्ममा कोही पनि गुरुङसेनीले सगरमाथा आरोहण गरेका थिएनन्। अझै पनि हिमाल आरोहणमा पुरुषहरूकै बाहुल्य छ। त्यति बेला सगरमाथा आरोहणको लागि आँट गर्नु महिलाका लागि चुनौतीपूर्ण मानिन्थ्यो। माया गुरुङले त्यो चुनौती स्वीकार गरिन्।

उनी गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन्। त्यसपछि उनको हिमाल आरोहणले झनै गति लियो। उनले सात महादेशका सात वटै उच्च हिमाल आरोहण गरिन्। यसरी सातै उच्च हिमाल आरोहण गर्ने उनको समूह पहिलो ‘सेभेन समिट्स क्लाइमर्स वुमन टिम’ भएको छ।

उनको टोलीले एशियाको अग्लो सगरमाथा (८,८४८ मिटर), अष्ट्रेलियाको काउजियास्को (६,९६२ मिटर), युरोपको एल्ब्रुज (५,६४२ मिटर), अफ्रिकाको किलिमन्जरो (६,१९४ मिटर), दक्षिण अमेरिकाको अकोन्कागुवा (६,९६२ मिटर), उत्तर अमेरिकाको डेनाली (६,१९४ मिटर) र अन्टार्कटिकाको भिन्सन मसिफ (४,८९२ मिटर) को आरोहण गरेको थियो। यो अभियानका लागि सन् २००९ मा ‘एभरेष्ट वुमन सेभेन समिट्स इको एक्सन’ नामक समूह बनाइएको थियो। उक्त आरोहण दलमा मायासहित साइँली बस्नेत, पुजन आचार्य, आशाकुमारी सिंह, निम्दोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठ लगायत १० नेपाली महिला आरोही थिए। 

उनले जुगल हिमालमा पहिलो मानव पाइला पनि राखेकी थिइन्। सरकारले सन् २०१४ मा उक्त हिमाल आरोहण खुला गरेको थियो। उनी नेतृत्वको टोलीले सन् २०१९ मा पहिलो पटक जुगल हिमाल आरोहण गरेको थियो। 

त्यसपछि भने उनी आफ्नै जन्मस्थान पाँचपोखरीमा समाजसेवामा लागिन्। गाउँको विकासमा टेवा पुर्‍याउन थालिन्। पर्यटन विकासमा पनि योगदान गरिन्। अनि, राजनीतिबारे बुझ्न र जानकारी राख्न थालिन्। त्यही कारण उनले नेतृत्वको हिम्मत गरिन्।

उनै माया गुरुङले आगामी स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्। उक्त क्षेत्रको पर्यटन, सामाजिक र सहभागितामूलक विकासका लागि अध्यक्षमा उम्मेदवारी दिन चाहेको उनले बताइन्। ‘म कुनै पनि पार्टिसँग आबद्ध छैन। पार्टीबाट उम्मेदवारी दिने हैसित पनि छैन। त्यसैले कुनै पार्टीतिर नलागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुँ,’ उनले भनिन्।

आफ्नो गाउँ र त्यस क्षेत्रमा आवश्यक विकासबारे जानकार भएकै कारण उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। ‘शिक्षा र सीप नभएको कारणले गर्दा अहिले धेरै युवा विदेशिनु परेको छ,’ गुरुङले भनिन्, ‘देशको विकासको नेतृत्व राजनीतिक क्षेत्रबाट नै हुन्छ। अब नेतृत्वका लागि युवा तथा महिलाहरु खुलेर आउनु पर्छ। समाज परिवर्तनमा युवाको भूमिका अग्रणी हुन्छ।’

उनले सिन्धुपाल्चोकका धेरै महिलालाई साहसी पर्यटनसम्बन्धी तालिम पनि दिएकी छिन्। ती महिला कोही आरोहणमा छन् भने कोही अन्तर्राष्ट्रिय र्‍याफ्टिङ गाइड बनेका छन्। ती महिलाको सफलताले पनि आफूलाई राजनीतिक नेतृत्वका लागि प्रेरित गरेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘पर्यटन क्षेत्रमा लगानी गर्न सक्यो भने गाउँको आर्थिक, सामाजिक विकास हुन्छ। शिक्षामा लगानी गर्न सकिन्छ। अहिलेको आवश्यकता भनेको इमान्दार भएर काम गर्नु नै हो,’ उनी भन्छिन्। 

आफू अहिले तीन ओटा ‘इ’ मा काम गर्दै आएको उनले बताइन्– ऐजुकेसन, इकोनोमिक र इन्भारोमेन्ट। ‘पहिलो पटक सगरमाथा आरोहण गरेर आएपछि मैले वातावरणबारे धेरै कुरा थाह पाएँ। सात वटा महादेशका अग्ला हिमाल आरोहण गरेपछि ज्ञान अझ फराकिलो भयो,’ उनले भनिन्, ‘नेपालको हिमालको वातावरण अन्य देशको हिमाली क्षेत्रको भन्दा धेरै बिग्रिएको छ। यसलाई सुधार्न वातावरणकै क्षेत्रमा काम गरेँ। अब गाउँकै मुहार फेर्न राजनीतिक नेतृत्व लिन चाहेको हुँ।’

जसले परिवारबाटै विद्रोह रोज्यो
सिन्धुपाल्चोकको भोटेनाम्लाङमा बुबा मानकाजी गुरुङ र आमा रुक्मेनु गुरुङबाट करिब ४२ वर्षअघि उनको जन्म भएको हो। उनको गाउँ जुगल हिमालको काखैमा छ। त्यही हिमालले लोभ्याएर उनी कालान्तरमा हिमाल आरोही बनेकी हुन्।

उनी १४ वर्षकी हुँदा घरमा बिहेको कुरा चलेको थियो। उनको बिहे फुपुको छोरासँग पक्का भयो। त्यति बेला काठमाडौंमा थिइन्। बिहेको अघिल्लो दिन उनी काठमाडौंबाट भागेर गाउँ पुगिन्। ‘पढ्नै पर्छ भन्ने लागेर मैले घर छाडेकी थिएँ,’ उनले भनिन्, ‘मैले बिहे नगरी पढ्ने इच्छा गर्दा बुवाले मान्नु भएन। अनि जबर्जस्ती बिहे छिनियो। भोलिपल्ट जन्ती आउने दिन थियो। म अघिल्लो दिन नै घर छाडेर हिडेँ।’ 

त्यस दिन उनले पहिलो पटक विद्रोह गरेकी थिइन्। त्यसपछि जिन्दगीलाई आफ्नो इच्छामा हिँडाउन थालिन्। उनको साहसले कहिल्यै हार खाएन।

गाउँबाटै एसएलसी सकिन्। आर्थिक अभावका कारण पढाइ अघि बढ्न सकेन। अनि हिमाल आरोहणतिर लागिन्। पढ्न नपाएकोमा भने उनलाई अझै दुःख लाग्छ।

हुन त, त्यस बेला छोरीमाथि हुने विभेदका कारण पनि उनको पढाइ रोकिएको हो। उनी भन्छिन्, ‘पढ्नु हुँदैन, अर्काको घरमा जाने जात भन्ने सोचाइ थियो। अहिले पनि गाउँमा त्यस खालको विभेद कायम छ,’ उनी भन्छिन्, ‘हिमालहरु चढ्दै जाँदा शिक्षा अझ महत्वपूर्ण रहेछ भन्ने थाह पाएँ। विदेशमा नेपाललाई गर्ने व्यवहार पनि थाहा पाएँ। त्यसैले म राजनीतिमा लागेर मेरो गाउँको मुहार फेर्न चाहन्छु।’

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
प्रतिपक्षको संसदीय भूमिकाबाट प्रभावित मन्त्री गौतम, भनिन्– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’ दलीय स्वार्थभन्दा माथि उठेर विषयको गहिराइमा पुग्ने र रचनात्मक बहस गर्ने प्रतिपक्षको शैलीबाट आफू निकै प्रभावित भएको उनको भनाइ छ । शुक्रबार, असोज २, २०८३
अर्थमन्त्री वाग्लेको आज व्यस्त दिन, जयशंकरसँग भेटवार्तादेखि आर्थिक संवादसम्म तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्वि... शुक्रबार, असोज २, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यक... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
बाढीपछि धादिङ र नुवाकोटमा विद्युत् पूर्ण रूपमा सुचारु, रसुवामा ९० प्रतिशत पुग्यो शुक्रबार, असोज २, २०८३
प्रतिपक्षको संसदीय भूमिकाबाट प्रभावित मन्त्री गौतम, भनिन्– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’ शुक्रबार, असोज २, २०८३
नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो शुक्रबार, असोज २, २०८३
अर्थमन्त्री वाग्लेको आज व्यस्त दिन, जयशंकरसँग भेटवार्तादेखि आर्थिक संवादसम्म शुक्रबार, असोज २, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्