काठमाडौं– इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ।
इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना)का अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन्।
तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ।
यसको जवाफमा इरानले पनि इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको छ। मिडिया रिपोर्टअनुसार, इरानले करिब ४०० वटा मिसाइल प्रहार गरेको छ।
इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको बताइएको छ। हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
यो आक्रमण इरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताका क्रममा भएको हो। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।