• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भान्सामा सर्वाधिक खपत हुने तरकारीमै देश परनिर्भर, तीन वर्षमा १८ मुलुकबाट २३ अर्बको आलु आयात

64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, माघ २, २०७८  ०९:३०
1140x725

काठमाडौं– नेपाल कृषिप्रधान मुलुक हो। तर, स्वदेशमा उत्पादन हुने अधिकांश कृषि उपजले बजारको माग पूरा हुँदैन। भान्सामा सबैभन्दा बढी प्रयोग हुनेमध्येको आलु स्वदेशमै पर्याप्त उत्पादनको संभावना भए पनि ठूलो परिमाणमा आयात हुने गरेको छ।

भारत, बंगलादेश, अमेरिका र यूरोपेली मुलुकबाट समेत नेपालमा आलु भित्रिन्छ। वार्षिक करिब ८ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसरी आउनेमध्ये बिउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायत छन्।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १८ देशबाट आलु आयात भएको छ। नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। त्यसपछि बढी बंगलादेशबाट भित्रिने गरेको छ।

विभागका अनुसार सवा तीन वर्षमा नेपालमा २३ अर्ब नौ करोड ७४ लाख ५३ हजार रुपैयाँको आलु आएको छ। जसमध्ये १७ अर्ब २८ करोड ४५ लाख ७२ हजारको आलु भारतबाट आयात भएको हो।

आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो। जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैंयाको आलु आयात भएको थियो। गत आर्थिक वर्ष ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैंयाको आलु आयात भएको थियो। त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो।

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा ५ अर्ब ६२ करोड ७३ लाख ११ हजार रुपैयाँको आलु आयात भएको छ। जसमा ५ अर्ब ५२ करोड १७ लाख ८ हजार रुपैयाँको आलु भारतबाट मात्रै आयात भएको छ। यो अवधिमा चीनबाट भने आलु आयात भएको छैन।

यो वर्ष झरी तथा बाढीले तराई क्षेत्रमा बाली नष्ट गरेकाले मौसमी तरकारी उत्पादनमा कमी आएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेले बताए। स्वेशमा उत्पादित आलुले माग धान्न नसक्दा आयात बढ्दै गएको उनको भनाइ छ। किसानले उत्पादन गरेको तरकारी उपभोक्तासम्म पुग्दा विचौलिया धेरै भएकाले पनि समस्या भएको उनी बताउँछन्। ‘विदेशी आलु आयात प्रतिस्थापन गर्न स्वदेशी आलु उत्पादनमा अझ जोड दिनु पर्छ, आयात प्रतिस्थापन गर्न अझै केही वर्ष लाग्छ,’ उनले भने।

देश आव २०७६/०७७ (रुपैयाँमा) आव २०७७/०७८ (रुपैयाँमा) चालु आव २०७८/०७९ (रुपैयाँमा)
भारत ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजार ५ अर्ब ५२ करोड १७ लाख ८ हजार
चीन ३ करोड ४१ लाख ४७ हजार २२ लाख ४ हजार –
पेरु – – १ हजार
बंगलादेश २३ करोड ३८ लाख २६ हजार ३७ करोड ५० लाख ६ हजार १० करोड ५५ लाख २४ हजार
जर्मनी १ हजार ९ लाख ७२ हजार २ हजार
पोल्याण्ड – – १ हजार
बेलायत – – ३ हजार
इन्डोनेसिया ६२ हजार ५ लाख ८७ हजार –
अमेरिका १ करो ९८ लाख ४४ हजार  २६ हजार –
नेदरल्याण्डस् १ करोड ८५ लाख ७३ हजार १ करोड ८० लाख ८२ हजार –
स्पेन ६ लाख ३४ हजार ३ लाख ९४ हजार –
टर्की – १ हजार

–

Ncell 2
Ncell 2
nimb
nimb
मलेसिया – ३७ लाख १७ हजार –
थाइल्याण्ड १ हजार २० हजार –
युएई ५ लाख २२ हजार २ हजार –
सिंगापुर – १ हजार –
बुल्गेरिया ३५ लाख ३२ हजार – –
दक्षिण कोरिया १० हजार – –
बेल्जियम ४ लाख ६ हजार – –
अस्ट्रिया २ लाख ८८ हजार – –

स्रोतः भन्सार विभाग


सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ देखि चार वर्षका लागि संघीय सरकारको मातहतमा रहने गरी आलु र प्याजतर्फ मिसन कार्यक्रम गरिरहेको छ। तर, उत्पादनले माग धान्ने अवस्था भने छैन।

झापा, सुनसरी, लमजुङ, कास्की, स्याङ्जा, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘बिउ आलु आत्मर्निभर कार्यक्रम’ सञ्चालनमा छ। आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन हुने यो कार्यक्रमबाट गुणस्तरीय बीउ उत्पादन गर्ने लक्ष्य रहेको काफ्लेले बताए। गुणस्तरीय बिउबाट आलु उत्पादन बढाइने उनको भनाइ छ।

१५ वर्ष अगाडिको तुलनामा नेपालमा आलु उत्पादन दोब्बर भए पनि आत्मनिर्भर हुन सकेको छैन। किसानलाई उन्नत बिउ दिन सके आलु उत्पादन बढ्ने काफ्ले बताउँछन्। आलुबाली विकास कार्यक्रम सञ्चालनबाट मुलुकको आर्थिक विकासमा अल्लेखनीय योगदान पुर्‍याउने उनले बताए।

Xtrem

Xtrem

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार चालु आर्थिक वर्षमा देशभरका १७ जिल्लामा आलु बिउ उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ। तरकारीका लागि भने सात जिल्लामा मात्रै खायन जातको आलु उत्पादन कार्यक्रम सञ्चालन भएको छ। चालु आर्थिक वर्षमा पर्वत, दार्चुला, अर्घाखाँची, सुर्खेत, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, म्याग्दी, झापा, मकवानपुर, कास्की, स्याङ्जा, सिन्धुली, बाँके, बागलुङ र दाङमा आलु खेती कार्यक्रम सञ्चालन गरिएको छ।

केन्द्रले चालु आर्थिक वर्षमा २४ स्थानीय तहमा आलु खेती कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। हरेक स्थानीय तहलाई कार्यक्रम संचालनका लागि १० लाख रुपैयाँको दरले बजेट वितरण गरिएको छ।

स्थानीय तह जिल्ला बजेट (रुपैयाँ)
जलजला गाउँपालिका पर्वत १० लाख
नौडाँडा गाउँपालिका दार्चुला १० लाख
पाणिनी गाउँपालिका अर्घाखाँची १० लाख
भेरीगंगा नगरपालिका सुर्खेत १० लाख
शैलुङ गाउँपालिका दोलाखा १० लाख
बाह्रबीसे नगरपालिका सिन्धुपाल्चोक १० लाख
बाँसगढी नगरपालिका बर्दिया १० लाख
जिरी नगरपालिका दोलखा १० लाख
अन्नपूर्ण गाउँपालिका म्याग्दी १० लाख
कमल गाउँपालिका झापा १० लाख
लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोक १० लाख
थाहा नगरपालिका मकवानपुर १० लाख
पोखरा महानगरपालिका कास्की १० लाख
गल्याङ नगरपालिका स्याङ्जा १० लाख
गोलन्जोर गाउँपालिका सिन्धुली १० लाख
पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक १० लाख
बलेफी गाउँपालिका सिन्धुपाल्चोक १० लाख

चालु आर्थिक वर्षको स्थानीय तहमा खायन (एक जात) आलु उत्पादन कार्यक्रम सञ्चालन गरिएका जिल्ला

स्थानीय तह जिल्ला बजेट (रुपैयाँ)
कोहलपुर नगरपालिका बाँके १० लाख
मेलम्ची नगरपालिका सिन्धुपाल्चोक १० लाख
रघुगङ्गा गाउँपालिका म्याग्दी १० लाख
धवलागिरि गाउँपालिका म्याग्दी १० लाख
सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक १० लाख
बाग्लुङ नगरपालिका बाग्लुङ १० लाख
घोराही उपमहानगरपालिका दाङ १० लाख

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा एक लाख ९५ हजार १७३ हेक्टरमा आलु खेती गरिएको थियो। उक्त वर्ष २८ लाख ८१ जहार ८२९ मेट्रिक टन आलु उत्पादन भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा एक लाख ९३ हजार ९९७ हेक्टरमा खेती गर्दा ३१ लाख १२ हजार ९४७ मेट्रिक टन उत्पादन भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८८ हजार ९८ हेक्टरमा ३१ लाख ३१ हजार ८०३ मेट्रिक टन आलु उत्पादन भएको थियो।

आर्थिक वर्ष आयात निर्यात राजस्व
२०७६/०७७ ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार ५ लाख ७५ हजार ४९ लाख ४ हजार
२०७७/०७८ ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार – २५ लाख ४५ हजार
चालु आव २०७८/०७९ ५ अर्ब ६२ करोड ७३ लाख ११ हजार – ८ लाख ३८ हजार
जम्मा २३ अर्ब ९ करोड ७४ लाख ५३ हजार ५ लाख ७५ हजार ८२ लाख ८७ हजार

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्