काठमाडौँ–शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन्।
सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो।
उनको दुवै आँखामा गम्भीर चोट लागेको छ। कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो।
हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले जानकारी दिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।