• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिन त्यसतर्फ ‘नेपथ्य ब्याण्ड’

64x64
नेपाल लाइभ सोमबार, वैशाख १५, २०८२  १६:२७
1140x725

काठमाडौं – अष्ट्रेलियाको सातवटा सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा हालै लोकरक प्रस्तुत गरेको नेपथ्यले अब अमेरिकाको सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ । संगीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्य अमेरिकाको शृंखलाबद्ध सांगीतिक यात्रामा निस्कँदै छ ।

अमेरिकामा नेपथ्यले यो सातौंपटक आफूलाई उभ्याउन लागेको हो । गत वर्ष पनि ब्याण्डले डेढ महिना लगाएर उक्त मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा सहरमा शृंखलाबद्ध सफल प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ सहरमा नेपथ्य प्रस्तुत हुँदै छ ।  

तालिका अनुसार ब्याण्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ । टेक्सासमा सदैव उल्लेख्य दर्शक उपस्थिति पाउँदै आएको नेपथ्यले गत वर्ष यसै राज्यको डालास सहरमा आफूलाई उभ्याएको थियो ।

त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्याण्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकैपटक क्यानाडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल सहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठीक सात बजे हलका ढोकाहरु खुला गरिने तालिका तय छ । विशाल तालहरु अनि हिउँले ढाकिएका पर्वतहरु देखिने सियाटल अमेरिकाकै सुन्दरतम सहरमध्येमा पर्छ ।

तेस्रो प्रस्तुतिका निम्ति भने ब्याण्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसंख्या ओगटेको सहर लस एन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो सहरमा मे २६ तारिखका दिन यहाँस्थित ‘हाउस अफ ब्लुज’ मा ब्याण्डले लोकरक गीत सुनाउनेछ ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि ब्याण्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्याण्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो । मे ३१ तारिखका दिन पिट्सबर्गस्थित ‘रक्सिन थिएटर’मा ब्याण्ड प्रस्तुत हुनेछ ।

त्यसपछि भने ब्याण्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । अमेरिकाकै तेस्रो ठूलो जनसंख्या समेटेको यो सहर ‘सिकागो सिम्फोनी अर्केष्ट्रा’ जस्ता संस्थाहरुको उपस्थितिका बीच कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ ।

सिकागोमा नेपथ्यका गीतहरु सुनाएपछि ब्याण्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कुल ‘बोस्टन ल्याटिन स्कुल’ स्थापनाको श्रेय पाएको यो सहर यतिबेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ । हार्वर्ड र एमआइटी जस्ता विश्वकै अग्रणी शिक्षालयहरु यसै सहरका देन हुन् । यस सहरको  ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसरी अमेरिकाका फरक फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको सहरमा उपस्थित भइसकेपछि अन्तिममा नेपथ्य नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको यो सहरमा वर्षेनि ‘नर्थ क्यारोलाइना फोक फेस्टिभल’ पनि आयोजना हुँदै आएको छ । यहाँको  ‘पिडमोन्ट हल’मा जुन १४ तारिखको साँझ ब्याण्डले यो वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।

नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डिसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रुपमा सम्हाल्ने भएको छ । नेपथ्यसंगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्