काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न अनुरोध गरेको छ।
मध्यपूर्व क्षेत्रको पछिल्लो हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनः तालिका वा रद्द हुन सक्ने सम्भावना रहेकाले बुझेर मात्रै विमानस्थल आउन विमानस्थलको नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरेको हो ।
प्रभावित हुन सक्ने उडान सञ्चालन गर्ने एयरलाइन्सका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।
विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएकाे छ ।
-1772284076.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।