काठमाडौं- प्राविधिक क्षेत्रको दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वस्तरमा चिप संकटका कारण सन् २०२१ को अन्तिम तीन महिनामा उसको मुनाफामा ५२ प्रतिशत बढोत्तरी हुन सक्ने बताएको छ।
विश्वको सवैभन्दा ठूलो चिप निर्माता कम्पनी सामसुङले पछिल्लो तीन महिनामा उसले करिब ११.५ अर्ब अमेरिकी डलर आर्जन गरेको छ। पछिल्लो चार वर्षमा पछिल्लो तीन महिनामा आर्जन गरेको यो सबैभन्दा धेरै मुनाफा हो।
सामसुङको आयमा बढोत्तरी सर्वर मेमोरी चिप्सको भारी माग र उसको चिप कन्ट्रेक्ट म्यानुफ्याक्चरिङ व्यापारमा प्रोफिट मार्जिन धेरै भएका कारण भएको हो।
कम्य्युटर इलेक्ट्रोनिको भारीमात्रामा माग बढेका कारण सामसुङको मुनाफा बढेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।