• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
माओवादी महाधिवेशन

महासचिवमा चर्को दाबेदारीले पदाधिकारी चयन 'होल्ड'मा, अध्यक्ष र केन्द्रीय समिति मात्र चयन हुने सम्भावना

64x64
वीरेन्द्र ओली मंगलबार, पुस १३, २०७८  २१:२१
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आइतबारदेखि काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भनिए पनि त्यसमा केही कुरा पूर्वनिर्धारित जस्तै थिए। जस्तो कि, अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने निश्चित थियो। किनभने, प्रचण्डको विकल्प दाबी गर्ने कोही नेता तयार नै थिएनन्।

महाधिवेशनअघि नै माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी हुने तय गरेको थियो जसमा एकजना वरिष्ठ उपाध्यक्षको पद थियो। वरिष्ठ उपाध्यक्ष पनि प्रचण्डपछिको वरीयतामा रहेका नारायणकाजी श्रेष्ठकै लागि सिर्जना गरिएको पद थियो।

यसबाहेकका बाँकी पदाधिकारीको व्यवस्थापन पनि संख्याका हिसाबले त्यति कठिन थिएन। किनभने, माओवादीमा अहिले स्थायी समितिमा कूल १६ जना नेता रहेकाले पदाधिकारीका बलिया दाबेदार उनीहरु नै थिए। संख्याका हिसाबले पनि यसलाई व्यवस्थापन गर्न सहज थिएन। तर, यति हुँदाहुँदै पनि माओवादी महाधिवेशन अध्यक्ष र केन्द्रीय समितिबाहेक अन्य पदाधिकारी टुंगो नलगाएरै सम्पन्न हुने तारतम्यतर्फ जुटेको छ। अध्यक्ष प्रचण्डनिकट नेताहरुको भनाइलाई आधार मान्ने हो भने महाधिवेशनबाट पदाधिकारीको टुंगो लाग्ने छैन।

त्यसको कारण हो, महासचिव पद। माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिव बन्न जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल तीनै जना प्रबल दाबेदारीमा देखिएका छन्। महासचिवमा दाबी गरिरहेका यी तीनबाहेक अरु नेतालाई पदाधिकारीका अन्य पदमा व्यवस्थापन गरे सजिलै दाबी छोड्ने देखिए पनि शर्मा, पुन र भुसाल दाबेदारीबाट पछि हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन।

माओवादीको आठौं महाधिवेशन आगामी बिहीबार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम छ। तर, मंगलबार बन्दसत्रका सबै कार्यक्रम समूहगत छलफलमै केन्द्रित रहे। अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूहमा भइरहेको छलफल बुधबार पनि जारी रहने माओवादीले जनएको छ। अध्यक्ष प्रचण्डले बिहीबार समूहगत छलफलको रिर्पोटिङ सुनेर त्यसको जवाफ दिने तयारी छ। त्यसपछि मात्र केन्द्रीय समिति र पदाधिकारी चयनको प्रक्रिया सुरु हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीले महाधिवेशनमा आएका प्रतिनिधिबाट सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी २९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गर्ने तयारी गरेको छ। अध्यक्ष प्रचण्डनिकट एक नेताका अनुसार महाधिवेशन हलबाट केन्द्रीय समिति मात्र चयन गर्ने तयारी छ। केन्द्रीय समिति चयन भएपछि लगत्तै केन्द्रीय समितिबाट अध्यक्ष र पदाधिकारी चयन गर्ने तयारी गरिएको छ। ‘महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति (सर्वसम्मत) चयन गरिसकेपछि केन्द्रीय समितिबाट सर्वसम्मत रुपमै अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढ्छ। त्यसपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जाने हो,’ ती नेताले भने, ‘अध्यक्ष को हुने भनेर कुनै विवाद नभएकाले त्यहाँबाट सर्वसम्मत रुपमा प्रचण्ड चयन हुनुहुन्छ। त्यसपछि सर्वसम्मत पदाधिकारी चयन गर्ने अवस्था भएमा पदाधिकारीको टुंगो लाग्छ। सर्वसम्मत हुन नसक्ने अवस्थामा अहिले पदाधिकारीको टुंगो लाग्दैन।’

पदाधिकारीको टुंगो सर्वसम्मत रुपमा लाग्न नसकेमा महाधिवेशन सकिएपछि केन्द्रीय समितिले मतदानबाटै भए पनि पदाधिकारी टुंगो लगाउने ती नेताले दाबी गरे। तर, त्यो समय कति पछि हुन्छ भन्ने अहिले नै केही टुंगो छैन। कतिपय नेताहरुले भने महाधिवेशनबाट क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माणमा लाग्ने भएकाले सकेसम्म सर्वसम्मत पदाधिकारी आउने पनि बताइरहेका छन्।

तर, महासचिव पदकै कारण त्यो सम्भावना निकै कम रहेको प्रचण्डनिकट नेताहरु बताउँछन्। महासचिवका सशक्त दाबेदार वर्षमान पुन चीनमा उपचाररत रहेकाले अहिल्यै पुनलाई छाडेर सर्वसम्मत वा निर्वाचन गर्ने पक्षमा प्रचण्डसमेत देखिएका छैनन्। माओवादीमा अप्ठ्यारो परिस्थितिमा सधैँ आफूलाई साथ दिएका पुन यसै पनि प्रचण्डले रुचाएका नेता हुन्। त्यसमाथि पार्टीलाई बलियो बनाउन सबै प्रभावशाली नेतालाई चित्त बुझाएर लैजानुपर्ने बाध्यता उनलाई छ। त्यहीकारण पुन चीनबाट स्वास्थ्यलाभ गरेर फर्केपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जान सकिने प्रचण्डनिकट अर्का एक नेताले बताए।

पुनको स्वास्थ्य पहिलेभन्दा सुधार भएको छ। उनी पूर्णरुपमा निको भएपछि मात्र फर्कने भनेर महाधिवेशनमा सहभागी हुन आउन सकेनन्। तर, चीनमै रहेर पनि उनले महासचिवमा आफ्नो दाबेदारी देखाइरहेका छन्। प्रचण्डसहितका नेताहरुसँग उनले नियमित सम्पर्क गरिरहेका छन् भने चीनमै मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका नेतालाई भेटेर उनले आफ्नो दाबेदारीको थप बलियो सन्देश पनि नेपाल पठाएका छन्। पुननिकट एक नेताले महासचिवका लागि पुनले चीनबाटै निरन्तर अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग लबिइङ गरिरहेको बताए। त्यसक्रममा उनले चीनबाट फर्केपछि आफू पहिलेकै जस्तो सक्रिय हुने विश्वाससमेत प्रचण्डलाई दिलाएको ती नेताले बताए।

उनका प्रतिस्पर्धी देखिएका जनार्दन शर्मा र पम्फा भुसालले भने महाधिवेशनमै माहोल बनाइरहेका छन्। शर्माले आफू महासचिव बन्ने निश्चित भइसकेको भन्दै त्यसको घोषणामात्र बाँकी रहेको सन्देश सञ्चारमाध्यममार्फत् समेत प्रवाह गरिरहेका छन्। त्यस्तै, भुसालनिकट नेताहरुले प्रचण्डको भरोसा भुसालले पाएको चर्चा गरिरहेका छन्।

वर्षमानजी चीनबाट फर्केपछि मात्र सर्वसम्मत वा मतदान जसरी भए पनि महासचिव टुंग्याउनुपर्छ भन्ने पक्षमा प्रचण्ड हुनुहुन्छ, प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने।

तर, स्थायी समिति सदस्य गणेश साहले भने सबै क्लस्टरबाट न्यायोचित प्रतिनिधित्व हुनेगरी केन्द्रीय समिति चयन भएपछि पदाधिकारी चयन प्रक्रियामा जाने दाबी गरे। अध्यक्षसहित पदाधिकारी सर्वसम्मत नभएमा केन्द्रीय समितिबाट निर्वाचन हुने भन्दै उनले महाधिवेशन सकिएपछि पदाधिकारी चयन गर्दा बाहिर राम्रो सन्देश नजाने भएकाले तत्काल सर्वसम्मत वा निर्वाचन जुनसुकै प्रक्रियाबाट भए पनि पदाधिकारी चयन हुनुपर्ने उनले बताए। तर, प्रचण्ड स्वयं नै अहिले त्यो पक्षमा नरहेकाले महाधिवेशनबाट अध्यक्षबाहेकका पदाधिकारी चयन हुने सम्भावना निकै कम छ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) मंगलबार, वैशाख २९, २०८३
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी मंगलबार, वैशाख २९, २०८३
खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको ध्यानाकर्षण मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्