• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

७० करोडको ठेक्का हात पार्न ‘समानान्तर’को सेटिङ : गलत लिखत पेस गर्नेलाई अख्तियारबाटै उन्मुक्ति 

दुर्गा दुलाल/नारायण अधिकारी  मंगलबार, पुस ६, २०७८  २०:३१
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा बनाउन लागेको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा त्यसमा संलग्न ठेकेदार कम्पनीलाई भने अनौठो तरिकाले उन्मुक्ति दिएको छ। जबकि, ठेकेदार कम्पनीले गलत लिखत तयार पारेपछि नै यो प्रकरण सुरु भएको थियो

गलत लिखत तयार पारेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले एक साताअघि काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

तर, ठेकेदार कम्पनी ‘समानान्तर’लाई अख्तियारले मुद्दाको दायरामा नै ल्याएन। त्यस्तै, उसको ठेक्का स्वीकृत गर्ने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलगायतलाई पनि अख्तियारले उन्मुक्ति दियो। 

यो पनि पढ्नुहोस्

महानगरको ठेक्का अनियमिततामा उन्मुक्ति पाएको समानान्तर निर्माण सेवामा राजस्वको छापाआइतबार, पुस ४, २०७८

अयोग्य कम्पनीलाई ठेक्का दिएको खुलेपछि उक्त टेक्का प्रक्रिया नै रद्द हुनुपर्नेमा अख्तियारले महानगरको भवन निर्माणको ठेक्का रद्द गरेको छैन। अख्तियारको उक्त निर्णयबाट अख्तियारकै केही कर्मचारीसमेत अचम्मित छन्। ‘सामान्यतया अयोग्य कम्पनीले ठेक्का हात पारेको पुष्टि भएपछि ठेक्का प्रक्रिया नै रद्द हुनुपर्ने हो। तर, त्यसो भएको छैन। ठेक्का किन रद्द भएन भनेर हामी पनि अचम्मित छौं’, अख्तियारकै एक अधिकारी भन्छन्।  

No description available.

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले भने ठेक्का रद्द गर्ने/नगर्ने विषय अख्तियारको क्षेत्राधिकारभित्र नरहेको दाबी गरे। अयोग्य कम्पनीलाई गलत लिखत तयार पारी योग्य बनाएर ठेक्का दिएको पुष्टि हुँदा पनि किन समानान्तरको ठेक्का रद्द भएन त? नेपाल लाइभको यो प्रश्नमा रिसालले भने, ‘ठेक्का रद्द गर्ने/नगर्ने हाम्रो क्षेत्राधिकारभित्र परेन।’

अयोग्य हुँदा समेत ठेक्का लिइराख्न सक्ने ठेकेदार कम्पनी ‘समानान्तर’ले ठेक्का कसरी हात पारेको थियो भन्ने प्रसङ्‍ग थप रोचक छ। 

७० करोडको हात पार्न समानान्तरको यस्तो सेटिङ
यो भवन निर्माणको ठेक्काका क्रममा बोलपत्र मूल्याङ्‍कन समितिले १० वटा क्राइटेरिया (मापदण्ड) तोकेर बोलपत्र आह्वान गरेको थियो। १० वटा क्राइटेरियामध्ये समानान्तर निर्माण सेवाका दुई वटा क्राइटेरिया नपुग्ने भएकाले ठेक्का हात पार्न समानान्तरले दुईवटा क्राइटेरिया चलखेल परेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१० मध्ये एक थियो- आरसीसी प्रोटेक्सन पाइलः १०३० सीयूएम र अर्को थियो, स्पेसिफकेसन कन्स्ट्रक्सन एक्स्पिरियन्स (विशेष निर्माण अनुभव)। यससम्बन्धी कागजातमा चलखेल भएको पाइएको छ। 

यो पनि पढ्नुहोस्

७० करोड ठेक्का प्रकरण : विद्यासुन्दर शाक्यको बयान नै नलिइ अख्तियारले कसरी दियो ‘क्लीन चिट’?शुक्रबार, पुस २, २०७८

आफूलाई योग्य ठहर गर्न समानान्तरले सडक विभागदेखि राष्ट्र बैंकसम्मको पत्र दुरुपयोग गरेको भेटिएको छ। सडक विभागबाट समानान्तरको नाममा ‘प्रोजेक्ट स्टाटस लेटर’ जारी भएको थियो। त्यो पत्रलाई बोलपत्र मूल्याङ्‍कन समितिले ‘एक्स्पिरियन्स लेटर’को रुपमा लिएको अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

त्यसैगरी, आरसीसी प्रोटेक्सन पाइलः १०३० सीयूएम मा पनि चलखेल भएको पाइएको छ। नेपाल राष्ट्र बैंकको भवन निर्माण कार्यमा संलग्न समानान्तरलाई केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियरले हस्ताक्षर गरेको समग्र ठेक्काको अनुभव नभइ ‘कंक्रिट पिलिङ’को कार्य सम्पन्न गरेको भनेर २०७७ माघ ५ गते पाइल कन्स्ट्रक्सन स्टाटस लेटर दिएका थिए। उक्त लेटरलाई आरसीसी प्रोटेक्सन पाइल सम्पन्न गरेको भनेर गलत लिखत तयार पारी ‘योग्य’ बनाएर ठेक्का दिइएको खुलेको छ। 

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी दुई क्राइटेरियामा समानान्तरको अनुभव पुग्दैन्थ्यो। त्यहीकारण मूल्याङ्‍कन प्रतिवेदनमा क्यालकुलेट नगरी आरसीसी प्रोटेक्सन पाइलः १०३० सीयूएमलाई ‘आरसीसी प्रोटेक्सन पाइलः ५०० एमएम डीआईए १८४० एम, ६०० एमएम डीआईए ७४८ डीआईए’ लेखेर भ्रममा पारिएको र महानगरका कर्मचारीले नै उसलाई योग्य बनाएको अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

आफूलाई योग्य सावित गर्न ठेकेदार कम्पनी, समानान्तरले कर्मचारीलाई प्रभावमा पार्‍यो वा कर्मचारीले के आधारमा गलत लिखत तयार पारे भन्नेबारे भने अख्तियारले अनुसन्धान नै गरेन। र, मुद्दा दायर गर्दा समानान्तरलाई छुँदै छोएन। अर्थात् आफैंले अयोग्य देखाउँदा पनि अख्तियारले अनौठो तवरबाट उसलाई उन्मुक्ति दियो। 

यो पनि पढ्नुहोस्

ओलीले नियुक्त गरेका अख्तियार प्रमुख राईले यसरी उन्मुक्ति दिए मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाईशनिबार, पुस ३, २०७८

अख्तियार प्रवक्ता रिसाल भन्छन्, ‘पेस गरिएका कागजात क्राइटेरिया भित्रका छन्/छैनन् भनेर हेर्ने जिम्मा मूल्याङ्‍कन समितिको हो। अयोग्य कागजातलाई योग्य भनेर प्रमाणित गरेकैले उहाँहरु विरुद्ध मुद्दा दायर भएको हो।’

५ कम्पनीलाई अयोग्य बनाएर विनाप्रतिस्पर्धा समानान्तरलाई ठेक्का
महानगरको भवन निर्माणका लागि रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वती/बिकोई जेभी, कोनटेक/धर्म जेभी, आशिष/लुम्बिनी जेभी र समानान्तरसमेत छ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए। यीमध्ये पाँच कम्पनीलाई तोकिएको क्राइटेरियामै नपरेको भनेर अयोग्य घोषित गर्दै समानान्तरलाई विनाप्रतिस्पर्धा ठेक्का दिइएको थियो। पाँचवटा कम्पनी प्राविधिक प्रस्तावमै बोलपत्रका मूल्याङ्‍कनका आधारहरु पेस गर्न नसकेको भन्दै सुरुमै अयोग्य घोषित गरिएका थिए।

तीनवटा कम्पनीले भने ५६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेण्डर हालेका थिए। तर, उनीहरुले विगत १० वर्षमा एउटा पनि ठेक्काको अनुभव पेस नगरेकाले अयोग्य ठहर भएको मूल्याङ्‍कन समितिले अख्तियारसमक्ष दिएको विवरणमा उल्लेख छ। बाँकी दुई कम्पनीमा एउटाले स्थानीय निकायमा दर्ता भएको प्रमाणपत्र पेस गर्न नसकेको र अर्कोले विशेष अनुभवको प्रमाणपत्र पेस गर्न नसकेको मूल्याङ्‍कन समितिले उल्लेख गरेको छ। 

No description available.

आवेदन दिएकामध्ये पाँचवटा कम्पनी सुरुमै अयोग्य भएपछि समानान्तरले विनाप्रतिस्पर्धा ठेक्का हात पारेको थियो। प्रतिस्पर्धी नै नभएपछि ७० करोड रुपैयाँ लागत अनुमानको भवन समानान्तरले ६८ करोड ५८ लाख १९ हजार ३५९ रुपैयाँमा ठेक्का हात पारेको थियो। जबकि, अरु कम्पनीले उक्त भवन १४ करोड मूल्य घटाएर ५६ करोड रुपैयाँमै बनाउने प्रस्ताव गरेका थिए।

यो पनि पढ्नुहोस्

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा बुधबार, मंसिर २९, २०७८

महानगरपालिकाले २०७७ चैत ३१ गते बोलपत्र निकाल्दा चलखेलका आधारमा बोलपत्रदाताको योग्यता मेल गराउनेगरी योग्यता तोकिएको भन्दै त्यसबेलै पनि विरोध भएको थियो। ‘बिड क्यापासिटी’ तोक्दा मूल्य अभिवृद्धि कर नराख्नुपर्नेमा बोलपत्रमा बिड क्यापासिटी धेरै राखिएको र चलखेल भएको भन्दै उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो।

बिड क्यापासिटीले निर्माण व्यवसायीहरुलाई अल्मल्याउने र कानुनविपरीतको कार्य भएको, सीमित बोलपत्रदाताले मात्र थाहा पाउनेगरी सूचना लिक गरिएको आरोपसमेत लागेको थियो। त्यसैगरी, चलखेलकै आधारमा २१ मिटर अग्लो भवन बनाएको योग्यता र विशेष लाइटिङ सिस्टम जडान जस्ता अनुभव राखिएको आरोप अन्य कम्पनीले लगाएका थिए। त्यसपछि उनीहरु सर्वोच्चदेखि अख्तियारसम्म पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्