• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौं महानगरको भवन निर्माणमा भ्रष्टाचार 

७० करोड ठेक्का प्रकरण : विद्यासुन्दर शाक्यको बयान नै नलिइ अख्तियारले कसरी दियो ‘क्लीन चिट’?

दुर्गा दुलाल/नारायण अधिकारी शुक्रबार, पुस २, २०७८  ०८:३२
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको भवन निर्माण ठेक्कामा भएको भ्रष्टाचारमा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई बयान नै नलिइ ‘क्लीन चिट’ दिएर यससम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ। 

टेकुमा बन्ने महानगरको भवनमा योग्यता नै नपुगेको निर्माण कम्पनीलाई ७० करोड रुपैयाँ बराबरको ठेक्का दिइ भ्रष्टाचार गरिएको विषयमा तानिएका विद्यासुन्दरको बयानसमेत नलिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको हो।

उक्त ठेक्का स्वीकृत गर्ने मुख्य व्यक्ति मेयर विद्यासुन्दर भए पनि उनीसँग अख्तियारले एकपटक सोधपुछ पनि गरेन।त्यतिमात्र होइन, सोधपुछ तथा बयान नै नलिइ अख्तियारले उनलाई ‘क्लीन चिट’ दिएर मुद्दा दर्ता गरेको समेत भेटिएको छ।

ठेक्काका लागि योग्यता नै नपुगेको समानान्तर निर्माण सेवालाई योग्य भनेर ठेक्का स्वीकृत गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरे पनि मेयर शाक्यको हकमा भने सोधपुछ समेत नगरेको खुलेको हो। बुधबार अख्तियारले योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको भन्दै महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। तर, उक्त ठेक्का अन्तिम स्वीकृत गर्ने मेयर शाक्यलाई भने उन्मुक्ति दिइएको छ। 

यो पनि पढ्नुहोस्

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा 

काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ को नियम १५ मा समेत १० करोड रुपैयाँ भन्दा माथिको लागतको ठेक्काको स्वीकृत प्रमुख अर्थात मेयरबाट हुनुपर्ने उल्लेख छ। महानगरले बनाउन लागेको भवन ७० करोड रुपैयाँ लागतको भएकाले उक्त ठेक्का मेयर शाक्यबाट मात्रै स्वीकृत हुन सम्भव छ। तर, मेयर शाक्यलाई नै उन्मुक्ति दिएर अख्तियारले मुद्दा दर्ता गरेको हो।

शाक्यविरुद्ध मुद्दा दर्ता नगर्नुको कारणबारे अख्तियारले भनेको छ, ‘१५ करोड रुपैयाँ बढी लागेको ठेक्का स्वीकृत मेयरबाट हुने काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ मा लेखिए पनि सार्वजनिक खरिद ऐन, २०६३ मा जनप्रतिनिधि सम्बन्धी कारबाहीको केही कुरा उल्लेख नभएकाले शाक्यविरुद्ध मुद्दा दर्ता भएन।’

मेयर शाक्यविरुद्ध मुद्दा दर्ता मात्र नगरिएको होइन, यस विषयमा अख्तियारले एक पटक पनि शाक्यको बयान समेत नलिएको अख्तियार स्रोतले नेपाल लाइभलाई बतायो। ‘ठेक्का स्वीकृत गर्ने कर्मचारीविरुद्ध चाहिँ मुद्दा दर्ता हुने तर, अन्तिम स्वीकृति दिने मेयर शाक्यविरुद्ध चाहिँ मुद्दा दर्ता नहुनु अनौठो हो’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘मेयर शाक्य र अख्तियारका केही उच्च अधिकारीको सम्बन्धकै कारण मुख्य प्रतिवादी हुनुपर्ने व्यक्तिलाई उन्मिुक्ति दिएर मुद्दा दर्ता भएको हो।’

महानगरको टेकुमा कार्यालय भवन निर्माणको ठेक्का दिँदा 'सेटिङ'का आधारमा दिएको भनी अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाइएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

७० करोड रुपैयाँमा निर्माण गर्न लागिएको भवनको ठेक्का समानान्तर निर्माण सेवाले पाएको थियो। महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परेपनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरेको थियो।

No description available.
काठमाडौं महानगरपालिकाको सार्वजनिक खरिद नियमावली।

महानगरले समानान्तरसँग आर्थिक प्रस्ताव मागेर ठेक्का दिइसकेको छ। समानान्तरले ठेक्का पाएपछि आवेदन दिने अरु कम्पनी कानुनी लडाइँमा गएका थिए। उक्त ठेक्कामा संलग्न रहेको एक कम्पनी सार्वजनिक खरिद अनुगमनको कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेको छ। उसले सर्वोच्चमा मुद्दा दायर गरेर सुरुमा अन्तरकालीन आदेश पाएको थियो। तर, पछि आदेश खारेज भएको थियो। 

भवन निर्माणका लागि रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वती/विकोइ जेभी, कोनटेक/धर्म जेभी, आशिष/लुम्बिनी जेभी र समानान्तर समेत ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए। 

आवेदन दिएका अरु पाँच कम्पनीलाई प्राविधिक प्रस्ताव नमिलेको भन्दै अयोग्य ठहर गरिएको थियो। अरु कम्पनी अयोग्य भएपछि समानान्तरले उक्त भवन बनाउने आर्थिक प्रस्ताव पेस गरेको थियो। आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गराउन सकेको भए ५५ करोड रुपैयाँमा निर्माण हुने भवनको लागत ७० करोड पुगेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस भवनको अनुमानित लागत ७९ करोड ४९ लाख ४ हजार ६ सय २३ रुपैयाँ रहेको छ। समानान्तर निर्माण सेवाको मात्र प्राविधिक प्रस्ताव स्वीकृत गर्ने भन्दै महानगरपालिकाले गत ७ असारमा सूचना प्रकाशन गरेको थियो। असार ११ मा सोही बोलपत्रमा सहभागी अर्को कम्पनी रबिना/श्यामसुन्दर जेभीले आफूहरूको प्राविधिक प्रस्ताव किन अस्वीकृत भएको हो? जानकारी पाऊँ र सो विषयमा पुनरवलोकन गरी पाऊँ भन्दै महानगर कार्यपालिकाको कार्यालयमा निवेदन दिएको थियो। 

निवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ अनुसार पुनरवलोकन गरी दफा ४७ (६) बमोजिम जानकारी माग गरिएको थियो। त्यसको जानकारी एवं निर्णय नहुन्जेलसम्म आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गर्न पनि माग गरिएको थियो।

तर, काठमाडौं महानगरपालिकाले चित्त बुझ्दो जवाफ नदिइ आर्थिक प्रस्ताव खोलेपछि कम्पनीले सार्वजनिक खरिद पुनरवलोकन समितिमा उजुरी दिएको थियो। रबिना/श्यामसुन्दर जेभीले सार्वजनिक खरिद पुनरवलोकन समितिमा पुनरवलोकनका लागि निवेदन दिएकोमा समितिले उसको उजुरी खारेज गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्