• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौं महानगरको भवन निर्माणमा भ्रष्टाचार 

७० करोड ठेक्का प्रकरण : विद्यासुन्दर शाक्यको बयान नै नलिइ अख्तियारले कसरी दियो ‘क्लीन चिट’?

दुर्गा दुलाल/नारायण अधिकारी शुक्रबार, पुस २, २०७८  ०८:३२
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको भवन निर्माण ठेक्कामा भएको भ्रष्टाचारमा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई बयान नै नलिइ ‘क्लीन चिट’ दिएर यससम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ। 

टेकुमा बन्ने महानगरको भवनमा योग्यता नै नपुगेको निर्माण कम्पनीलाई ७० करोड रुपैयाँ बराबरको ठेक्का दिइ भ्रष्टाचार गरिएको विषयमा तानिएका विद्यासुन्दरको बयानसमेत नलिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको हो।

उक्त ठेक्का स्वीकृत गर्ने मुख्य व्यक्ति मेयर विद्यासुन्दर भए पनि उनीसँग अख्तियारले एकपटक सोधपुछ पनि गरेन।त्यतिमात्र होइन, सोधपुछ तथा बयान नै नलिइ अख्तियारले उनलाई ‘क्लीन चिट’ दिएर मुद्दा दर्ता गरेको समेत भेटिएको छ।

ठेक्काका लागि योग्यता नै नपुगेको समानान्तर निर्माण सेवालाई योग्य भनेर ठेक्का स्वीकृत गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरे पनि मेयर शाक्यको हकमा भने सोधपुछ समेत नगरेको खुलेको हो। बुधबार अख्तियारले योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको भन्दै महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। तर, उक्त ठेक्का अन्तिम स्वीकृत गर्ने मेयर शाक्यलाई भने उन्मुक्ति दिइएको छ। 

यो पनि पढ्नुहोस्

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा 

काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ को नियम १५ मा समेत १० करोड रुपैयाँ भन्दा माथिको लागतको ठेक्काको स्वीकृत प्रमुख अर्थात मेयरबाट हुनुपर्ने उल्लेख छ। महानगरले बनाउन लागेको भवन ७० करोड रुपैयाँ लागतको भएकाले उक्त ठेक्का मेयर शाक्यबाट मात्रै स्वीकृत हुन सम्भव छ। तर, मेयर शाक्यलाई नै उन्मुक्ति दिएर अख्तियारले मुद्दा दर्ता गरेको हो।

शाक्यविरुद्ध मुद्दा दर्ता नगर्नुको कारणबारे अख्तियारले भनेको छ, ‘१५ करोड रुपैयाँ बढी लागेको ठेक्का स्वीकृत मेयरबाट हुने काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ मा लेखिए पनि सार्वजनिक खरिद ऐन, २०६३ मा जनप्रतिनिधि सम्बन्धी कारबाहीको केही कुरा उल्लेख नभएकाले शाक्यविरुद्ध मुद्दा दर्ता भएन।’

मेयर शाक्यविरुद्ध मुद्दा दर्ता मात्र नगरिएको होइन, यस विषयमा अख्तियारले एक पटक पनि शाक्यको बयान समेत नलिएको अख्तियार स्रोतले नेपाल लाइभलाई बतायो। ‘ठेक्का स्वीकृत गर्ने कर्मचारीविरुद्ध चाहिँ मुद्दा दर्ता हुने तर, अन्तिम स्वीकृति दिने मेयर शाक्यविरुद्ध चाहिँ मुद्दा दर्ता नहुनु अनौठो हो’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘मेयर शाक्य र अख्तियारका केही उच्च अधिकारीको सम्बन्धकै कारण मुख्य प्रतिवादी हुनुपर्ने व्यक्तिलाई उन्मिुक्ति दिएर मुद्दा दर्ता भएको हो।’

महानगरको टेकुमा कार्यालय भवन निर्माणको ठेक्का दिँदा 'सेटिङ'का आधारमा दिएको भनी अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाइएको हो। 

Ncell 2
Ncell 2

७० करोड रुपैयाँमा निर्माण गर्न लागिएको भवनको ठेक्का समानान्तर निर्माण सेवाले पाएको थियो। महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परेपनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरेको थियो।

No description available.
काठमाडौं महानगरपालिकाको सार्वजनिक खरिद नियमावली।

महानगरले समानान्तरसँग आर्थिक प्रस्ताव मागेर ठेक्का दिइसकेको छ। समानान्तरले ठेक्का पाएपछि आवेदन दिने अरु कम्पनी कानुनी लडाइँमा गएका थिए। उक्त ठेक्कामा संलग्न रहेको एक कम्पनी सार्वजनिक खरिद अनुगमनको कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेको छ। उसले सर्वोच्चमा मुद्दा दायर गरेर सुरुमा अन्तरकालीन आदेश पाएको थियो। तर, पछि आदेश खारेज भएको थियो। 

भवन निर्माणका लागि रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वती/विकोइ जेभी, कोनटेक/धर्म जेभी, आशिष/लुम्बिनी जेभी र समानान्तर समेत ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए। 

आवेदन दिएका अरु पाँच कम्पनीलाई प्राविधिक प्रस्ताव नमिलेको भन्दै अयोग्य ठहर गरिएको थियो। अरु कम्पनी अयोग्य भएपछि समानान्तरले उक्त भवन बनाउने आर्थिक प्रस्ताव पेस गरेको थियो। आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गराउन सकेको भए ५५ करोड रुपैयाँमा निर्माण हुने भवनको लागत ७० करोड पुगेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

यस भवनको अनुमानित लागत ७९ करोड ४९ लाख ४ हजार ६ सय २३ रुपैयाँ रहेको छ। समानान्तर निर्माण सेवाको मात्र प्राविधिक प्रस्ताव स्वीकृत गर्ने भन्दै महानगरपालिकाले गत ७ असारमा सूचना प्रकाशन गरेको थियो। असार ११ मा सोही बोलपत्रमा सहभागी अर्को कम्पनी रबिना/श्यामसुन्दर जेभीले आफूहरूको प्राविधिक प्रस्ताव किन अस्वीकृत भएको हो? जानकारी पाऊँ र सो विषयमा पुनरवलोकन गरी पाऊँ भन्दै महानगर कार्यपालिकाको कार्यालयमा निवेदन दिएको थियो। 

निवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ अनुसार पुनरवलोकन गरी दफा ४७ (६) बमोजिम जानकारी माग गरिएको थियो। त्यसको जानकारी एवं निर्णय नहुन्जेलसम्म आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गर्न पनि माग गरिएको थियो।

तर, काठमाडौं महानगरपालिकाले चित्त बुझ्दो जवाफ नदिइ आर्थिक प्रस्ताव खोलेपछि कम्पनीले सार्वजनिक खरिद पुनरवलोकन समितिमा उजुरी दिएको थियो। रबिना/श्यामसुन्दर जेभीले सार्वजनिक खरिद पुनरवलोकन समितिमा पुनरवलोकनका लागि निवेदन दिएकोमा समितिले उसको उजुरी खारेज गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा आइतबार, पुस १३, २०८२
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ आइतबार, पुस १३, २०८२
पोखरा पुगेर कुलमानले भने: सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्