• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौं महानगरको भवन निर्माणमा भ्रष्टाचार

ओलीले नियुक्त गरेका अख्तियार प्रमुख राईले यसरी उन्मुक्ति दिए मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई

दुर्गा दुलाल/नारायण अधिकारी शनिबार, पुस ३, २०७८  २०:२५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरका निर्देशक, इन्जिनियरलगायतलाई मुद्दा दायर गर्दा ठेक्का स्वीकृति दिने मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने उन्मुक्ति पाएका छन्। शाक्य एमालेबाट विजयी मेयर हुन् भने, सहसचिव ज्ञवालीलाई तत्कालीन केपी ओली सरकारले काठमाडौँ महानगरमा सचिवको दरबन्दी कटौती गरेर प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो।

देशभरका ६ वटा महानगरपालिकामध्ये काठमाडौमा मात्र सचिवको दरबन्दी थियो। सचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको सरुवा भएपछि महानगरमै कार्यरत ज्ञवालीलाई नियुक्त गर्न मन्त्रीपरिषद बैठकबाटै दरबन्दी कटौतीको निर्णय भएको थियो। एमाले नेता तथा तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेलको जोडबलमा मन्त्रिपरिषदको २०७७ कात्तिक ३ को बैठकले काठमाडौँ महानगरमा सचिवको दरबन्दी कटौती गरेको थियो।

कात्तिकको पहिलो साता सचिवको दरबन्दी कटौती गरेर कात्तिकको अन्तिम साता ज्ञवालीलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाउनकै लागि सचिवको दरबन्दी कटौती गरिएको महानगरपालिका स्रोतले जनाएको छ।

यसरी नियुक्त भएका ज्ञवाली र मेयर शाक्यलाई उन्मुक्ति दिने निर्णयमा प्रमुख हात ओली सरकारकै पालामा नियुक्त अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको छ। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर राईलाई प्रमुख आयुक्त नियुक्त गरेका थिए। उनै राईले महानगरका दुई प्रमुख अधिकारीलाई जोगाउँदै अन्य पाँच कर्मचारीविरुद्ध मुद्दा दायर गर्न भूमिका खेलेको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा यी दुई मुख्य पात्रलाई उन्मुक्ति दिनुपर्ने स्पष्ट कारण खुलाउन सकेको छैन। योग्यता नै नपुगेको कम्पनीलाई भवन निर्माणका लागि अन्तिम स्वीकृति गर्ने शाक्य र ज्ञवाली नै हुन्। अख्तियारका सहप्रवक्ता केदारप्रसाद भण्डारीले भने अनुसन्धानमा संलग्न भएको पुष्टि हुन नसकेका अधिकारीविरुद्ध मुद्दा दायर नभएको बताए।

तर, महानगरको भवन बनाउन समानान्तर निर्माण सेवाका लागि ठेक्का स्वीकृतिको सिफारिस ज्ञवालीले गरेका थिए । अख्तियारसँगको बयानमा समेत ज्ञवालीले टेकुमा बन्न लागेको महानगरको भवन निर्माणको ठेक्का समानान्तर निर्माण सेवालाई दिन स्वीकृतिका लागि आफूले मेयरसमक्ष सिफारिस गरेको स्वीकारेका छन्।

यो पनि पढ्नुहोस्

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा

अख्तियारसँगको बयानमा ज्ञवालीले भनेका छन्, ‘काठमाडौं महानगरपालिका अन्तर्गत रहेको खरिद विभाग/इकाई तथा मूल्यांकन समितिलाई जिम्मेवारी प्रदान गरी दिएको र सो समितिले पेश गरेको प्रस्ताव स्वीकृतिका लागि नियमानुसार प्रमुखसमक्ष पेश गरेको र स्वीकृति भएको हो। बोलपत्र मूल्यांकनका आधार तोक्न सार्वजनिक निकायलाई अधिकार भएको बमोजिम नै कार्य भएको र म प्रशासनसँग सम्बन्धित कर्मचारी भएकोले प्राविधिक र इन्जिनियरिङसम्बन्धी ज्ञानको कमी रहेकोले योग्य/अयोग्य विषय थाहा भएन।’

ठेक्का स्वीकृतिका लागि सिफारिस गर्ने, तर बयानमा भने ‘प्राविधिक कुरा भएकाले आफूलाई योग्य/अयोग्य भन्ने थाहा नभएको’ बताउने ज्ञवालीलाई अख्तियारले उन्मुक्ति दिएको छ। उनीजस्तै प्राविधिक विषयको जानकार नभएका अन्य कर्मचारीविरुद्ध भने मुद्दा दर्ता गरेको छ।

Ncell 2
Ncell 2

काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ को नियम १५ मा समेत १० करोड रुपैयाँभन्दा बढी लागतको ठेक्का स्वीकृति मेयरबाट हुनुपर्ने उल्लेख छ। त्यसअनुसार मेयर शाक्य यो प्रकरणका मुख्य अभियुक्त हुन्। तर, उनलाई पनि उन्मुक्ति दिएर अख्तियारले मुद्दा दायर गरेको छ। शाक्यसँग बयानसमेत नलिएको अख्तियार स्रोतले जनाएको छ।

करिब ७० करोड रुपैयाँमा निर्माण गर्न लागिएको भवनको ठेक्का समानान्तर निर्माण सेवाले पाएको थियो। महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परे पनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरिएको थियो।

अख्तियारले बुधबार महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख तथा निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। महानगरले समानान्तर निर्माण सेवासँग आर्थिक प्रस्ताव मागेर ठेक्का दिइसकेको छ।

भवन निर्माणका लागि रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरी पार्वती र विकोइ जेभी, कोनटेक र धर्म जेभी, आशिष र लुम्बिनी जेभी र समानान्तर गरी ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए। आवेदन दिएका अरु पाँच कम्पनीलाई प्राविधिक प्रस्ताव नमिलेको भन्दै अयोग्य ठहर गरिएको थियो।

अरु कम्पनी अयोग्य भएपछि समानान्तरले उक्त भवन बनाउने आर्थिक प्रस्ताव पेस गरेको थियो। आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गराउन सकेको भए ५५ करोड रुपैयाँमा निर्माण हुने भवनको लागत ७० करोड पुगेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

यो पनि पढ्नुहोस्

७० करोड ठेक्का प्रकरण : विद्यासुन्दर शाक्यको बयान नै नलिइ अख्तियारले कसरी दियो ‘क्लीन चिट’?

समानान्तरले ठेक्का पाएपछि आवेदन दिने अरु कम्पनी कानुनी लडाइँमा गएका थिए। उक्त ठेक्कामा संलग्न रहेको एक कम्पनी सार्वजनिक खरिद अनुगमनको कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा सुरुमा अन्तरकालीन आदेश जारी भए पनि पछि खारेज भएको थियो।

ज्ञवालीको बयान– म प्राविधिक होइन, त्यसैले थाहा छैन
काठमाडौँ महानगरको नयाँ भवन निर्माणको लागि ६९ करोड ५० लाखको ठेक्का दिइएको छ। १० करोड रुपैयाँभन्दा माथिको ठेक्कामा मेयरको स्वीकृति अनिवार्य चाहिने हुँदा नियमतः ठेक्का दिँदा प्राविधिक विषय आफूहरूलाई जानकारी नभएको भनेर मेयर र प्रमुख प्रशासकीय अधिकृतले उन्मुक्ति पाउने अवस्था छैन।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले २०७८ कात्तिक ५ गते अख्तियारमा दिएको बयानमा काठमाडौं महानगरपालिका अन्तर्गत रहेको खरिद विभाग/इकाई तथा मूल्यांकन समितिलाई जिम्मेवारी प्रदान गरी दिएको र सो समितिले पेश गरेको प्रस्ताव स्वीकृतिको लागि नियमानुसार मेयरसमक्ष पेश गरेको दाबी गरेका छन्। आफूले ठेक्का स्वीकृतका लागि पेश गरेको, तर भ्रष्टाचारमा संलग्न नभएको भनी दिएको बयानका आधारमा अख्तियारले उनलाई क्लिनचिट दिएको हो। उनको नाम अभियोगपत्रमा कतै उल्लेख छैन।

बोलपत्र मूल्यांकनको आधार तोक्न सार्वजनिक निकायलाई अधिकार भएबमोजिम नै कार्य भएको, तर आफू प्रशासनसँग सम्बन्धित कर्मचारी भएकोले प्राविधिक र इन्जिनिरिङ सम्बन्धी ज्ञानको कमी रहेको भन्दै उनले आफूलाई चोख्याएका छन्। समानान्तर निर्माण सेवा प्रालिको योग्यता पुग्ने/नपुग्ने विषय भने मूल्यांकन समितिको क्षेत्रभित्र पर्ने उनले बयान दिएका छन्।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्