• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौं महानगरको भवन निर्माणमा भ्रष्टाचार

ओलीले नियुक्त गरेका अख्तियार प्रमुख राईले यसरी उन्मुक्ति दिए मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई

दुर्गा दुलाल/नारायण अधिकारी शनिबार, पुस ३, २०७८  २०:२५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरका निर्देशक, इन्जिनियरलगायतलाई मुद्दा दायर गर्दा ठेक्का स्वीकृति दिने मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने उन्मुक्ति पाएका छन्। शाक्य एमालेबाट विजयी मेयर हुन् भने, सहसचिव ज्ञवालीलाई तत्कालीन केपी ओली सरकारले काठमाडौँ महानगरमा सचिवको दरबन्दी कटौती गरेर प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो।

देशभरका ६ वटा महानगरपालिकामध्ये काठमाडौमा मात्र सचिवको दरबन्दी थियो। सचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको सरुवा भएपछि महानगरमै कार्यरत ज्ञवालीलाई नियुक्त गर्न मन्त्रीपरिषद बैठकबाटै दरबन्दी कटौतीको निर्णय भएको थियो। एमाले नेता तथा तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेलको जोडबलमा मन्त्रिपरिषदको २०७७ कात्तिक ३ को बैठकले काठमाडौँ महानगरमा सचिवको दरबन्दी कटौती गरेको थियो।

कात्तिकको पहिलो साता सचिवको दरबन्दी कटौती गरेर कात्तिकको अन्तिम साता ज्ञवालीलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाउनकै लागि सचिवको दरबन्दी कटौती गरिएको महानगरपालिका स्रोतले जनाएको छ।

यसरी नियुक्त भएका ज्ञवाली र मेयर शाक्यलाई उन्मुक्ति दिने निर्णयमा प्रमुख हात ओली सरकारकै पालामा नियुक्त अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको छ। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर राईलाई प्रमुख आयुक्त नियुक्त गरेका थिए। उनै राईले महानगरका दुई प्रमुख अधिकारीलाई जोगाउँदै अन्य पाँच कर्मचारीविरुद्ध मुद्दा दायर गर्न भूमिका खेलेको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा यी दुई मुख्य पात्रलाई उन्मुक्ति दिनुपर्ने स्पष्ट कारण खुलाउन सकेको छैन। योग्यता नै नपुगेको कम्पनीलाई भवन निर्माणका लागि अन्तिम स्वीकृति गर्ने शाक्य र ज्ञवाली नै हुन्। अख्तियारका सहप्रवक्ता केदारप्रसाद भण्डारीले भने अनुसन्धानमा संलग्न भएको पुष्टि हुन नसकेका अधिकारीविरुद्ध मुद्दा दायर नभएको बताए।

तर, महानगरको भवन बनाउन समानान्तर निर्माण सेवाका लागि ठेक्का स्वीकृतिको सिफारिस ज्ञवालीले गरेका थिए । अख्तियारसँगको बयानमा समेत ज्ञवालीले टेकुमा बन्न लागेको महानगरको भवन निर्माणको ठेक्का समानान्तर निर्माण सेवालाई दिन स्वीकृतिका लागि आफूले मेयरसमक्ष सिफारिस गरेको स्वीकारेका छन्।

यो पनि पढ्नुहोस्

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा

अख्तियारसँगको बयानमा ज्ञवालीले भनेका छन्, ‘काठमाडौं महानगरपालिका अन्तर्गत रहेको खरिद विभाग/इकाई तथा मूल्यांकन समितिलाई जिम्मेवारी प्रदान गरी दिएको र सो समितिले पेश गरेको प्रस्ताव स्वीकृतिका लागि नियमानुसार प्रमुखसमक्ष पेश गरेको र स्वीकृति भएको हो। बोलपत्र मूल्यांकनका आधार तोक्न सार्वजनिक निकायलाई अधिकार भएको बमोजिम नै कार्य भएको र म प्रशासनसँग सम्बन्धित कर्मचारी भएकोले प्राविधिक र इन्जिनियरिङसम्बन्धी ज्ञानको कमी रहेकोले योग्य/अयोग्य विषय थाहा भएन।’

ठेक्का स्वीकृतिका लागि सिफारिस गर्ने, तर बयानमा भने ‘प्राविधिक कुरा भएकाले आफूलाई योग्य/अयोग्य भन्ने थाहा नभएको’ बताउने ज्ञवालीलाई अख्तियारले उन्मुक्ति दिएको छ। उनीजस्तै प्राविधिक विषयको जानकार नभएका अन्य कर्मचारीविरुद्ध भने मुद्दा दर्ता गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४ को नियम १५ मा समेत १० करोड रुपैयाँभन्दा बढी लागतको ठेक्का स्वीकृति मेयरबाट हुनुपर्ने उल्लेख छ। त्यसअनुसार मेयर शाक्य यो प्रकरणका मुख्य अभियुक्त हुन्। तर, उनलाई पनि उन्मुक्ति दिएर अख्तियारले मुद्दा दायर गरेको छ। शाक्यसँग बयानसमेत नलिएको अख्तियार स्रोतले जनाएको छ।

करिब ७० करोड रुपैयाँमा निर्माण गर्न लागिएको भवनको ठेक्का समानान्तर निर्माण सेवाले पाएको थियो। महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परे पनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरिएको थियो।

अख्तियारले बुधबार महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख तथा निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। महानगरले समानान्तर निर्माण सेवासँग आर्थिक प्रस्ताव मागेर ठेक्का दिइसकेको छ।

भवन निर्माणका लागि रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरी पार्वती र विकोइ जेभी, कोनटेक र धर्म जेभी, आशिष र लुम्बिनी जेभी र समानान्तर गरी ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए। आवेदन दिएका अरु पाँच कम्पनीलाई प्राविधिक प्रस्ताव नमिलेको भन्दै अयोग्य ठहर गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अरु कम्पनी अयोग्य भएपछि समानान्तरले उक्त भवन बनाउने आर्थिक प्रस्ताव पेस गरेको थियो। आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गराउन सकेको भए ५५ करोड रुपैयाँमा निर्माण हुने भवनको लागत ७० करोड पुगेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

यो पनि पढ्नुहोस्

७० करोड ठेक्का प्रकरण : विद्यासुन्दर शाक्यको बयान नै नलिइ अख्तियारले कसरी दियो ‘क्लीन चिट’?

समानान्तरले ठेक्का पाएपछि आवेदन दिने अरु कम्पनी कानुनी लडाइँमा गएका थिए। उक्त ठेक्कामा संलग्न रहेको एक कम्पनी सार्वजनिक खरिद अनुगमनको कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा सुरुमा अन्तरकालीन आदेश जारी भए पनि पछि खारेज भएको थियो।

ज्ञवालीको बयान– म प्राविधिक होइन, त्यसैले थाहा छैन
काठमाडौँ महानगरको नयाँ भवन निर्माणको लागि ६९ करोड ५० लाखको ठेक्का दिइएको छ। १० करोड रुपैयाँभन्दा माथिको ठेक्कामा मेयरको स्वीकृति अनिवार्य चाहिने हुँदा नियमतः ठेक्का दिँदा प्राविधिक विषय आफूहरूलाई जानकारी नभएको भनेर मेयर र प्रमुख प्रशासकीय अधिकृतले उन्मुक्ति पाउने अवस्था छैन।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले २०७८ कात्तिक ५ गते अख्तियारमा दिएको बयानमा काठमाडौं महानगरपालिका अन्तर्गत रहेको खरिद विभाग/इकाई तथा मूल्यांकन समितिलाई जिम्मेवारी प्रदान गरी दिएको र सो समितिले पेश गरेको प्रस्ताव स्वीकृतिको लागि नियमानुसार मेयरसमक्ष पेश गरेको दाबी गरेका छन्। आफूले ठेक्का स्वीकृतका लागि पेश गरेको, तर भ्रष्टाचारमा संलग्न नभएको भनी दिएको बयानका आधारमा अख्तियारले उनलाई क्लिनचिट दिएको हो। उनको नाम अभियोगपत्रमा कतै उल्लेख छैन।

बोलपत्र मूल्यांकनको आधार तोक्न सार्वजनिक निकायलाई अधिकार भएबमोजिम नै कार्य भएको, तर आफू प्रशासनसँग सम्बन्धित कर्मचारी भएकोले प्राविधिक र इन्जिनिरिङ सम्बन्धी ज्ञानको कमी रहेको भन्दै उनले आफूलाई चोख्याएका छन्। समानान्तर निर्माण सेवा प्रालिको योग्यता पुग्ने/नपुग्ने विषय भने मूल्यांकन समितिको क्षेत्रभित्र पर्ने उनले बयान दिएका छन्।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्