• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसका ‘बामदेव’ बन्लान् त सिटौला?

किशोर दहाल/लिलु डुम्रे बिहीबार, मंसिर २३, २०७८  ०९:३४
1140x725

काठमाडौं- भर्खरै सम्पन्न नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा दुई स्थानको नतिजा बढी चर्चायोग्य छ, प्रदेश १ र बागमती प्रदेश। प्रदेश १ मा कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा र बागमतीमा शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ विजयी भए। देउवा र सिटौला पक्षको गठबन्धनका कारण ती दुई प्रदेशको नतिजा यस किसिमको आएको हो।

प्रदेश १ मा देउवा पक्षको सहयोगमा थापा दुई मतको अन्तरले विजयी भएका थिए। बागमतीमा भने निर्वाचन दोस्रो चरणसम्म धकेलिएको थियो। पहिलो चरणमा तेस्रा हुन पुगेका सिटौला पक्षका उम्मेदवार भीमसेन दास प्रधानले देउवा पक्षका उम्मेदवार बानियाँलाई सघाएका थिए। यसरी प्रदेश अधिवेशन सिटौलाका लागि आफ्नो शक्ति परीक्षण र चौधौं महाधिवेशनमा गठबन्धनको सम्भावना नियाल्ने अवसर बनेको छ।

सिटौला समूह त्यही हो, जसले आफूलाई वैचारिक समूहको रुपमा दाबी गर्छ। तर, व्यावहारिक रुपमा भने आफूलाई अवसरवादी गुटको रुपमा स्थापित गर्दै लगेको छ। त्यही प्रवृत्तिमा पोख्त हुँदा यो समूह देउवालाई नै सभापतिमा दोहोर्‍याउन सहयोगी हुने आकलन गर्न थालिएको छ।

देउवाका बलमिच्याइँका सारथि
फेरि पनि कांग्रेस सभापतिमा दोहोरिने आकांक्षा राख्दै देउवाले पार्टीभित्र बलमिच्याइँ गर्दै गएका थिए। २०७४ सालको निर्वाचनमा कांग्रेसले नराम्रो पराजय भोगेपछि विशेष महाधिवेशनको माग चलेको थियो, त्यो सम्भव नभए २०७६ फागुनसम्म महाधिवेशन गरिसक्नुपर्थ्यो। तर उनको जोड निर्वाचनको पराजयलाई विस्मृतिमा पुर्‍याउनु थियो। उनी यस्तो समयमा महाधिवेशन गर्न तयार भए, जतिबेला २०७४ सालको चुनावी नतिजा कुनै बहसको विषय बन्दैन।

महाधिवेशनको मिति सार्न समेत सिटौलाको भूमिका देखिन्छ। पछिल्लो पटक उनी क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नका लागि बनेको कार्यदलका संयोजक बनेका थिए। कार्यदललाई भदौ ३ सम्मको कार्यअवधि तोकिएको थियो। त्यस समयभित्र सूची तयार भएन। भदौ ७ गते मात्रै बुझाइयो। त्यो किन ढिला भयो भन्ने कतै जवाफ दिइएन तर, पटक-पटक सर्दै आएको महाधिवेशनलाई पुनः पछि धकेल्न भने भूमिका खेल्यो।

आफ्नो चार वर्षे कार्यकाल सकिने क्रममा उनले आफूखुसी विभाग गठन गरे, जसमार्फत आफूनिकट कैयौं कार्यकर्ताको पदीय व्यवस्थापन गरे। तीमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसको लाभ देउवाले नै पाउनेछन्। कुबेलामा गरिएको विभाग गठनप्रति रामचन्द्र पौडेल पक्षले विरोध जनायो। विरोध त सिटौलाले पनि गरेका थिए। नेपाल लाइभसँगको एउटा अन्तर्वार्तामा उनले भनेका पनि थिए- ‘विभिन्न विभाग र समितिहरु गठन गरेर देशभरका साथीहरुलाई जिम्मेवारी दिने कार्य गर्नुभएको छ। यो गलत गर्नुभएको छ। विभाग गठन उहाँले कम्तिमा पनि चार वर्षकै अवधिमा गर्नुपर्थ्यो।‘ 

तर, सिटौलाले विभागमा भाग लिएर देउवाको बलमिच्याइँलाई वैधता दिलाइदिए। उनको पक्षबाट शिव हुमागाईं एउटा विभागको नेतृत्व गर्न पुगे।

त्यस्तै, सभापतिले आफुखुसी आमन्त्रित केन्द्रीय सदस्य बनाएकोमा रामचन्द्र पौडेल पक्षले आपत्ति जनायो तर, सिटौलाले आफ्नै गृह जिल्लाका सुधीर शिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल विद्यार्थी संघमा विधान विपरित पदाधिकारी बढाउने कार्यमा अन्य समूह जति दोषी छन्, त्यति नै दोष सिटौलाको छ। आफ्ना पक्षलाई पदाधिकारीमा भाग दिलाउनकै लागि उनले नेविसंघको पदाधिकारी बढाउन सहमति दिए। परिणामतः पदाधिकारीमै सिटौला पक्षका तीन जनाले स्थान पाए। जसअनुसार नेविसंघमा उपसभापति मुक्तिराज पौडेल, महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेले अवसर पाए।

यसरी देउवाको कार्यकालभरि उनकै कारण पार्टी कमजोर भएको आरोप लगाउने सिटौलाले उनीसँगै भागबण्डा गरेर कांग्रेसलाई विधिभन्दा बाहिरबाट सञ्चालन गर्न सहयोग गरिरहे। महाधिवेशन नजिकिँदै गर्दा भने देउवा नै सभापतिमा दोहोरिन सहयोग पुग्नेगरी कदम चालिरहेका छन्। त्यसका लागि उनले जिल्लादेखि प्रदेशसम्मका अधिवेशनमा देउवा पक्षसँग गठबन्धन गरेको दखिन्छ।

महाधिवेशनमा देउवा पक्षसँग हुने सहकार्यको सम्भावनाबारे सिटौला पक्षका नेता प्रदीप पौडेल भन्छन्- ‘पार्टी सभापति हुनुभएका कारणले देउवालाई जस र अपजस दिने कुरा स्वाभाविक हो। कार्यकर्ताले त्यसको आधारमा मूल्यांकन गर्न सक्छन्। तर, निर्वाचनको समीकरण परिस्थितिले निर्धारण गर्ने विषय हो। अहिले त्यस्तो भइसकेको छैन। पछि हुँदैहुँदैन भन्ने पनि छैन।‘

उम्मेदवारी खै?
चौधौं महाधिवशेनको चर्चा चल्दैदेखि सिटौलाले आफूलाई सभापतिको उम्मेदवारको रुपमा चर्चा गरेका थिए। पछिल्लो समय क्रियाशील सदस्यताको टुंगो लागेपछि उम्मेदवारी घोषणा गर्छु भनेका थिए। सिटौलाले आफू सभापतिको उम्मेदवार भएको र उम्मेदवारी दिएर अगाडि बढ्ने बताएको पौडेलको भनाइ छ। तैपनि उनी आफ्नो उम्मेदवारीबारे पछिल्ला दिनमा बोलिरहेका छैनन्। उनी मौन छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिटौला यतिबेला देउवासँग गठबन्धनको प्रयासमा रहेको जानकार नेताहरु बताउँछन्। उनको प्रयास आफ्नो पक्षका नेताहरुको सम्मानजनक व्यवस्थापन गराउनेमा छ। त्यसका लागि उनले देउवालाई सघाउने, यसअघि सभापतिको उम्मेदवार भएको भए पनि उनी यतिबेला आफूलाई उपसभापति, आफ्नो पक्षका एक नेतालाई महामन्त्री र बढीभन्दा बढी सह-महामन्त्रीको लागि प्रयास गरिरहेको बताइन्छ।

सिटौला पक्षका नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तेह्रौं महाधिवेशनमा उनकै पक्षबाट महामन्त्रीको उम्मेदवार भएका गगन थापा अहिले उनीसँग छैनन्। उनले स्वतन्त्र रुपमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए। सिटौला पक्षमै रहेका भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईले आफ्नो उम्मेदवारीको सम्बन्धमा मुख खोलिरहेका छैनन्।

देउवा पक्षका नेता मिनबहादुर विश्वकर्मा देउवा-सिटौला सहकार्यको सम्भावनाबारे भन्छन्- ‘लामो समयदेखि छलफल चलिरहेको छ। सभापतिले समकक्षी नेताहरुसँग महाधिवेशनलाई भव्य र सभ्य ढंगले हार्दिकताका साथ सम्पन्न गर्नका लागि सकभर सर्वसम्मत, योग्य नेताहरुलाई समावेश गर्नका लागि छलफल गरिरहनुभएको छ। यसक्रममा कृष्णप्रसाद सिटौलाले पनि सहकार्यका लागि सकारात्मक संकेत दिनुभएको छ। प्रदेश १ को अधिवेशनमा पनि सहकार्य गर्‍यौं। बागमती प्रदेशमा पनि सहकार्य गर्‍यौं। र केही जिल्लामा पनि सहकार्य भएको छ। स्वाभाविक रुपमा केन्द्रीय स्तरमा पनि उहाँहरुसँग सहकार्य हुन्छ भन्नेमा विश्वस्त छौं।‘

सिटौला पक्षका नेताहरुको बुधबार बैठक बसेको थियो। सिटौला निवास चण्डोलमा बसेको बैठकले सभापतिमा सिटौला नै उठ्ने वा अरुलाई सघाउने भन्ने निर्णय लिने अधिकार उनैलाई दिएको छ। बैठकमा बोल्ने प्राय:ले सभापतिमा देउवालाई सघाउनुपर्ने र आफ्नो समूहका केही नेताहरुको व्यवस्थापन गर्नुपर्ने बताएका थिए। सिटौला पक्षले बिहीबार ३ बजे गौशालामा रहेको उनको सम्पर्क कार्यालयमा भेला राखेको छ। त्यहाँबाट आफ्नो रणनीति स्पष्ट पार्ने बुझिएको छ। सम्भवतः बहुमत नेताहरुको धारणाको आधारमा सिटौलाले देउवालाई सघाउने छन् र केही पद आफ्नो पक्षलाई दिलाउनेछन्।

देउवा-सिटौला सम्भावित सहकार्यबारे पौडेल समूहका एक नेता भन्छन्- ‘उहाँ एमालेको बामदेव गौतम जस्तो हुनुभयो। बामदेवले केपी ओलीको कार्यशैलीको आलोचना पनि गर्नुहुन्थ्यो, तर निर्णायक अवस्थामा ओलीलाई नै सहयोग गर्नुहुन्थ्यो। नवौं महाधिवेशनमा बामदेवले ओलीलाई नसघाएको भए ओलीले अध्यक्ष जित्नु हुने नै थिएन। अहिले सिटौलाको शैली त्यस्तै छ। बेलाबखत देउवाको आलोचना गर्नुहुन्छ। तर निर्णायक अवस्था (महाधिवेशन)मा उनैलाई सघाउनुहुन्छ होला।‘
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्