• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

राप्रपा महाधिवेशन : पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश’ले उत्साहित ‘पूर्वपञ्च’हरु

64x64
दुर्गा दुलाल बुधबार, मंसिर १५, २०७८  ०७:०३
1140x725

काठमाडौं– 'पूर्वपञ्चहरूको पार्टी' भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुइटा प्रमुख अजेन्डा छ- राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने। त्यहीकारण राप्रपाको एकता महाधिवेशन काठमाडौंमा बुधबारबाट सुरु हुँदै गर्दा त्यसप्रति पूर्वराजा ज्ञानेन्द्रको चासो र प्रभावबारे आमजिज्ञाशा छ।

अहिले आमनागरिको भूमिकामा रुपान्तरण भइसकेका पूर्वराजा ज्ञानेन्द्र कुनै पक्षमा नखुले पनि पछिल्लो समय राजनीतिक चासो देखाउने गरेका छन्। उनले भारतको भ्रमण र तीर्थाटन गर्ने तथा राप्रपाका केही नेताहरूलाई गोप्य रुपमा भेट्ने गर्दै आएका छन्। त्यस्ता भेटमा राप्रपा नेताहरुलाई सशक्त ढंगले पार्टी सञ्चालन गर्न र विभाजन नहुन सुझाव दिने गरेका छन्। त्यसैले महाधिवेशनमा पनि पूर्वराजाको चासोले आगामी नेतृत्व चयनमा प्रभाव पर्ने एक नेता बताए। तर, पूर्वराजा प्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नभएकाले उनले सर्मथन गर्ने वा नगर्ने विषयलाई महाधिवेशनमा धेरै महत्वका साथ नहेरिएको राप्रपा अध्यक्ष कमल थापानिकट नेता राजाराम बर्तौलाले बताए। 

राप्रपाको आगामी नेतृत्वका लागि अहिलेसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा मंगलबारसम्ममा अहिलेका तीन अध्यक्षमध्येका एक कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका हुन्। अन्य दुई अध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अब उम्मेदवार नबन्ने घोषणा गरेका छन्। शक्तिशाली महामन्त्री, उपाध्यक्षलगायत पदमा भने केहीले बाहेक आकांक्षीहरुले उम्मेदवारी सार्वजनिक गरेका छैनन्। अहिलेसम्म भुवन पाठक र धवलशमशेर राणाले मात्र महामन्त्रीमा उम्मेदवारी दिने घोषण गरेका छन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका दुवै समूहलाई पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रुपमा सर्मथन नगरे पनि आफ्ना 'दूत'मार्फत सन्देश आदानप्रदान भने भइरहेको दुवै पक्षको दाबी छ। ‘ज्ञानेन्द्रको समर्थनले करिब दुई सय भोट फरक पार्न सक्छ, जुन जितका लागि निर्णायक पनि हुनसक्छ,’ प्रचार विभागका संयोजक मोहन श्रेष्ठले भने, ‘राजा सबैको साझा भएकाले वहाँले दुवै पक्ष मिलेर जान र वैकल्पिक शक्तिको रुपमा आफूहरुलाई उभ्याउन भन्नुभएको छ।’

तर, कमल थापापक्षले पूर्वराजाको सर्मथन आफूतिर भएको दाबी गरिरहेको छ। लिङदेन पक्षले भने राप्रपा यसअघि सशक्त ढंगले अघि नबढेको हुनाले पूर्वराजाले नयाँलाई सर्मथन गरेको प्रचार गरिरहेका छन्।

पूर्वराजालाई केही दिनअघि राप्रपाका केही पुराना र संस्थापक नेताहरुले भेटेको एक नेताले जानकारी दिए। अध्यक्षका आकांक्षीसमेत रहेका अर्का संस्थापक नेताले आफ्नो आकांक्षा राख्दा पूर्वराजाले सकारात्मक जवाफ दिएनन्। ज्ञानेन्द्रले ती नेतालाई राजनीतिक दलको रूपमा सशक्त भएर जान सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका थिए।

पूर्वराजाले को–कोसँग भेटे भन्ने सार्वजनिक गर्न नमिल्ने भन्दै संयोजक श्रेष्ठले उनको सद्भाव भने रहेको बताए। ‘हालसम्म पूर्वराजासँग कुनै पनि उम्मेदवारको भेट भएको छ वा छैन भन्ने अहिले सार्वजनिक गर्ने विषय होइन,’ श्रेष्ठले भने, ‘वहाँको सद्भाव बलियो राप्रपाका लागि छ।’  

सहमतिमा नेतृत्व चयन गर्न पूर्वराजाले दिएको सन्देशविपरीत राप्रपा भने अहिले अध्यक्षको उम्मेदवारी घोषणा गरेका थापा र लिङदेन समूहमा विभाजित भएको छ। तीन अध्यक्षमध्येका एक डा. लोहनीले लिङदेनलाई सर्मथन गरेका छन्। राणाले भने तटस्थ बस्ने निर्णय गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशन सुरु हुनुभन्दा एक दिनअघि डा. लोहनीले युवा पुस्ताका नेता राजेन्द्र लिङदेनलाई सर्मथन गरेको सार्वजनिक कार्यक्रममार्फत घोषणा गरेका छन्। उनले अध्यक्षद्धय थापा र राणालाई पनि युवा पुस्ताका लागि पछाडि हट्न आग्रह गरे। 

लिङदेन कुनै समय थापाको 'कोर टिम'मा थिए। तत्कालीन राप्रपा नेपालमा थापा अध्यक्ष हुँदा उनले लिङदेनलाई महामन्त्री बनाएका थिए। अहिले उनैले थापालाई चुनौती दिने भएका हुन्। थापाले पार्टी कार्यालय धुम्बाराही नजिक प्रचार कार्यालय राखेका छन्। लिङदेनले पनि महाराजगञ्चको सेल्स बेरी नजिक प्रचार कार्यालय राखेका छन्। 

राप्रपा महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी हुँदैछन्। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्नेछन्। राप्रपा महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति बन्नेछ। अध्यक्षले बाँकी ५० केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ। केन्द्रीय समिति १९९ जनाको हुने छ।

कसको टिममा को छन्?
अध्यक्षको रुपमा प्रस्तुत भएका कमल थापाको टिममा पुराना पञ्चहरुको उपस्थिति धेरै छ। संस्थापक नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्ददेखि दिपक बोहोरा, धुव्रबहादुर प्रधान, भद्रा घले, विक्रम पाण्डे, भुवन पाठकलगायतको समर्थन उनलाई छ। उनको टिमबाट महामन्त्रीमा भुवन पाठक र उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र दीपक बोहोरालगायत उम्मेदवार बन्ने संभावना छ।  

उता अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङदेन पनि संस्थापक नेताहरूको सर्मथन जुटाउने प्रयासमा छन्। अध्यक्ष डा. लोहनीसहित पुराना नेताहरू टंक ढकाल, राजाराम श्रेष्ठ, नेपालगञ्जका मेयर धवलशमशेर राणाको उनलाई समर्थन छ। त्यसैगरी पुराना नेता पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती र नायिका रेखा थापाले पनि उनलाई साथ दिइरहेका छन्। केही पूर्वमन्त्री र सांसदहरु उनको पक्षमा खुलेका छन्। हालसम्म दुवै पक्षले प्यानल घोषणा गरेका छैनन। उनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणा, राजाराम श्रेष्ठ तथा उपाध्यक्षमा सगुनसुन्दर, जगत गौचनलगायत उम्मेदवार बन्नेछन्।

राणाको समर्थन कसलाई ?
राप्रपा नेपाल विभाजन हुँदा राप्रपाको राष्ट्रिय अध्यक्ष भएर एक कार्यकाल पार्टी चलाएका पशुपतिशमशेर राणा अहिले तटस्थ बसेका छन्। एकतापछि तीन अध्यक्षमध्ये राणा अहिले पनि एक अध्यक्ष हुन्। उनी देशभर नेटवर्क भएका पुराना नेता हुन्। 

राणासँग अहिले पनि दिपक बोहोरा, धुव्रबहादुर प्रधान, भुवन पाठक, रोशन कार्की, बुद्धिमान तामाङजस्ता नेता छन्। २०७२ सालको संविधान जारी भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाभन्दा केही बढी लोकप्रिय मत पाएको थियो। २०७४ सालको निर्वाचनमा पनि राप्रपाका लिङदेन प्रत्यक्षतर्फ प्रतिनिधि सभामा विजयी भएका थिए।

राणाको नेतृत्वको राप्रपाले भने बागमती प्रदेश सभामा एक सिट पायो। दुवै राप्रपा जोड्दा केही सिट पाउने सम्भावना देखेपछि पछिल्लो पटक राणा र थापाले पार्टी एकता गर्ने निर्णय गरेका थिए। 

अहिले राणा उमेरले समेत पार्टी चलाउन नसक्ने अवस्थामा पुगेकाले नेतृत्व दाबीभन्दा आफू अनुकूल र आफूलाई पनि ठाउँ दिने उम्मेदवारलाई सर्मथन गर्ने रणनीतिमा छन्। राणाले यही कुरा पार्टी कार्यालय चावहिल पुगेर घोषणा पनि गरे। नेतृत्वको रस्साकसीमा फेरी पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने आफ्नो चाहना भएको उनले बताए। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले समेत सक्षम पुस्ता र शशक्त रुपमा पार्टी अघि बढाउन सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने सन्देश दिएकाले राणाले आफूलाई पछाडि हटाएका हुन्।

राप्रपाले पहिलो पटक क्रियाशिल सदस्य बनाउँदै हरेक वडाबाटै महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया गरेको थियो। उनीहरुको मतले निर्वाचित हुनुपर्ने भएकाले दुवै पक्ष जिल्ला अध्यक्ष र महाधिवेशन प्रतिनिधिको गणना गरिरहेका छन्। जिल्लाबाट आउने प्रतिनिधिहरुका नेताहरुसँग सम्पर्क बढाउन दुवै पक्षका सचिवालय सक्रिय छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्