काठमाडौं- सामाजिक सञ्जाल फेसबुकले फोटो र भिडियोमा अनुहार चिन्नका लागि प्रयोग गर्ने गरेको सफ्टवेयरको प्रयोग अब नगर्ने घोषणा गरेको छ।
अनुहारको पहिचान प्रविधिको नैतिकताबारे चिन्ता बढिरहेको छ। गोपनीयता, नस्लीय पूर्वाग्रह र यसको सटिकताबारे प्रश्न उठिरहेका बेला फेसबुकले यस्तो घोषणा गरेको हो।
नियामकहरुले अहिलेसम्म यसको उपयोगबारे नियम स्पष्ट नपारेको कम्पनीले जनाएको छ।
फेसबुकले आफ्ना प्रयोगकर्तामाथि यसको प्रभावलाई लिएर आलोचनाको सामना गरिरहेको थियो।
अहिलेसम्म सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उक्त सुविधा छान्न सक्थे जुन तस्बिरमा उनीहरुको अनुहारको स्क्यान गर्दै प्लेटफर्ममा कसैले उनको तस्बिर पोस्ट गरेको छ भन्ने सूचना दिने गरेको थियो।
२०१९ मा अमेरिकी सरकारको एक अध्ययनले अफ्रिकी-अमेरिकी र एशियाली अनुहारको पहिचानको तुलनामा कोकेशियान अनुहारको कम मिलेको थियो।
नेशनल इन्स्टीट्युट अफ स्ट्याडर्ड एण्ड टेक्नोलोजीद्वारा गरिएको अध्ययनका अनुसार, अफ्रिकी-अमेरिकी महिलाहरुको गलत पहिचान हुने सम्भावना धेरै थियो।
गत वर्ष फेसबुकले तस्बीरको स्क्यान तथा ट्याग गर्ने तरिका बारेमा लामो समयदेखि चलिरहेको कानुनी विवादलाई पनि सुल्झाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।