काठमाडौं- बंगलादेशका कानुन मन्त्री अनीसुल हकले कोहीपनि साक्षीको सुरक्षा र उसको गोपनीयता सुनिश्चित गर्नका लागि सरकारले चाँडै कानुन बनाउने बताएका छन्।
कानुन मन्त्री हकले अल्पसंख्यक समुदायमाथि हुने घटनाको सुनवाइको परिप्रेक्ष्यमा सरकारले कानुन ल्याउन लागेको बताएका हुन्।
बंगलादेशमा वकिल र मानवअधिकार कार्यकर्ताले अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमणका घटनामा साक्षीको अभावमा सुनुवाइ पूरा हुन नसकेको बताउँदै आएका छन्।
जसका कारण उनीहरुले लामो समयदेखि साक्षीको संरक्षण सम्बन्धी कानुनको माग गरिरहेका छन्।
मानवाधिकार संगठन आइन ओ सालिश केन्द्र (कानुन र मध्यस्थता केन्द्र) को एक रिपोर्टमा सन् २०१३ पछिको ९ वर्षमा बंगलादेशमा अल्पसंख्यक समुदाय, खासगरेर हिन्दू समुदायमाथि आक्रमणका साढे तीन हजार भन्दा धेरै घटना भएको छ।
यी हमलामा हिन्दूहरुको घर र व्यवसायिक प्रतिष्ठान, पूजा मण्डप, मन्दिरमाथि हमला, तोडफोड र आगजनी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।