• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘धर्मनिरपेक्ष’ बंगलादेशमा किन भइरहेको छ अल्पसंख्यक हिन्दूमाथि आक्रमण?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ८, २०७८  ०७:२०
1140x725
तस्बिर : द इन्डियन एक्स्प्रेस

बंगलादेशका हरेक हिन्दूलाई जस्तै बोनोलता दासलाई पनि मन्दिर सुरक्षित र पवित्र ठाउँ भएको विश्वास थियो।

कलेज पढिरहेको आफ्नो २१ वर्षको छोरा प्रान्तचन्द्र दास गत हप्ता बंगलादेशको दक्षिण–पुर्वी जिल्ला नोअखलीमा रहेको मन्दिरको कम्प्लेक्समा बस्न जाँदा उनलाई कुनै चिन्ता थिएन। तर, सोचेजस्तो भएन। प्रान्तलाई मुस्लिम बाहुल्य देशका अतिवादीहरुले मृत्युको मुखमा पुग्ने गरी कुटपिट गरे।

‘मेरो सानो छोरो मेरो मुटु थियो। उसको मृत्युपछि मैले मेरो मुटु गुमाएको छु। मैले सबै थोक गुमाएको छु,’ उनले रुँदै भनिन्।

हिन्दूहरुको धार्मिक पर्व दुर्गा पुजाको अवसरमा कोमिल्ला शहरमा स्थापना भएको मण्डपमा कुरानको अपमान भएको हल्ला चलेपछि बंगलादेशमा हिंसा भड्किएको थियो। प्रान्तचन्द्र त्यही हिंसाको सिकार भएका थिए।

दुर्गा पूजामा कुरानको अपमान भएको सामाजिक सञ्जालमार्फत हल्ला फैलिएको केही घण्टापछि नै सयौं मुस्लिम कट्टरपन्थीहरुले कोमिल्ला शहरमा रहेको हिन्दूहरुको धार्मिक मण्डपमा आक्रमण गरेका थिए। त्यहाँ मन्दिरहरु भत्काइएका थिए। हिन्दू समूदायका सयौं घर तथा पसलहरुमा आगो लगाइएको थियो। उक्त हिंसामा दुई हिन्दूसहित सात जनाको मृत्यु भयो भने कयौँ घाइते भए। प्रहरीले विभिन्न ठाउँमा टियर ग्यास र हवाइ फायर गरेर भिडलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो।

नोअखलीमा रहेको मन्दिर

‘इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस’ (इस्ककन)ले सञ्चालन गरिरहेको मन्दिरमा भएको हमलाबारे थाहा पाउने बित्तिकै दास र उनको परिवारले छोराको खोजी गरेका थिए। तर, उनीहरुको छोराको शव भोलिपल्ट नजिकैको तालमा भेटियो। उनको शरिरभरि चोट थियो। ‘अझै हमला हुन्छ भन्ने त्रासले हामी हाम्रो घर जान पनि डराएका छौं’, दास भन्छिन्, ‘अहिले हामी यही मन्दिरमा बसिरहेका छौं’

१६ करोड ५० लाखभन्दा धेरै जनसंख्या रहेको बंगलादेशमा हिन्दूको संख्या केवल नौ प्रतिशत छ। विगतमा पनि धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमण हुने गरेको थियो। तर, यस पटक भएको हमला बंगलादेशको इतिहासमै सबैभन्दा ठूलो रुपको भएको बताइएको छ।

‘हिन्दू समुदायमाथि पूर्वतयारीसहित हमला भएको छ,’ कोमिल्ला शहरमा हिन्दूको चाड मनाउने समूहकी प्रमुख अचिन्ता दास भन्छिन्। उनी कुरानजस्तो धार्मिक किताबलाई हिन्दूले अपमान गरेको कुरालाई अस्वीकार गर्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन्दिरमा हमला भएको एक दिनपछि प्रधानमन्त्री शेख हसिनाले आपत्ति जनाउँदै आक्रमणमा संलग्नहरुलाई पक्राउ गरिने बताएकी थिइन्। ‘अपराधिहरु पक्राउ गर्नैपर्छ। हामीले विगतमा पनि त्यस्तै गरेका थियौं र भविष्यमा पनि त्यस्तै गर्छौ’, उनले भनिन्, ‘उनीहरुले आवश्यक सजाय पाउनुपर्छ।’

तर, प्रधानमन्त्रीको चेतावनी विपरीत बंगलादेशका अन्य भागमा पनि दंगा सुरु भयो। अल्पसंख्यक समुदायमा डर फैलिन थाल्यो। एक समय त सरकारले २२ जिल्लामा सुरक्षा कर्मचारीहरुलाई दंगा नियन्त्रणका लागि खटाएको थियो।

हिंसा सुरु भएको करिब एक हप्तापछि सामाजिक सञ्जालमा ‘हिन्दूहरुले इस्लामको धार्मिक ठाउँको अपमान गरेको’ दाबी गर्ने पोस्ट फैलाइए। त्यसपछि उत्तरी बंगालदेशमा फेरि दर्जनौं हिन्दूहरुको घरमा आगजनी गरियो।

‘जब हामीले भिड हामीतर्फ आइरहेको थाहा पायौं, दुई बच्चाहरुलाई लिएर म आफू र बच्चलाई बचाउन धान बारीमा लुक्न गएँ,’ रंगपुर जिल्लाको वीरगञ्जकी नन्दा रानी भन्छिन्, ‘हामी लुकेको ठाउँबाट उनीहरुले हाम्रो घर जलाएको प्रष्ट देखिएको थियो। घर पूर्ण रुपमा जल्यो। हामी अहिले पालमा बसिरहेका छौं।’

Xtrem

Xtrem

बंगलादेशका गृहमन्त्री अशदुज्जमान खानले सयौं मानिसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको बताएका छन्। उनले सञ्चारमाध्यमलाई बताएअनुसार कतिपय मानिसले भ्रममा पार्न विगतका विभिन्न समयमा देशका विभिन्न ठाउँमा भएका क्रुर घटनाका भिडियो फुटेजहरु सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएका छन्।

यता, इस्लामिक अभियानका नेतृत्वकर्ताहरुले पनि अल्पसंख्यकमाथिको कुनै पनि किसिमको हिंसाको विरुद्धमा रहेको बताएका छन्। ‘मन्दिरमाथि हमला गर्नेहरुलाई सजाय हुनुपर्छ। हामी सबै शान्ति र सद्धभावका साथ बस्नुपर्छ’, इस्लामिक पार्टी बंगलादेश खिलाफत आन्दोलनका उप–प्रमुख मौलाना मुजिबर रेहमान हमिदीले भनेका छन्।

तर, हमिदीसहितका अन्य मुस्लिम नेताहरुले पनि इस्लामको अपमान गरेकाहरुलाई भने कडाभन्दा कडा सजाय हुनुपर्ने बताइरहेका छन्।

बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएलदेखि नै धर्म निरपेक्ष राज्यको रुपमा रहेको छ। संविधानले इस्लामलाई ‘राज्यको धर्म’ भने पनि धर्म निरपेक्षताको सिद्धान्तलाई पनि समर्थन गरेको छ।

तर, विश्लेषकहरुका अनुसार वर्षौँदेखि बंगलादेशमा कट्टर इस्लामिक समूहहरुले महत्व पाइरहेका छन्। सन् २००८ यता सत्तामा रहेको अवामी लिगले धार्मिक असहिष्णुता र कट्टरपन्थीहरुलाई सम्बोधन र नियन्त्रण गर्न असफल भएको छ।

‘सरकारले राजनीतिक लाभका लागि कट्टरपन्थीहरुसँग सम्झौता गरेको छ, विशेषगरी लोकतान्त्रिक नीतिका लागि यो कालो धब्बा हो,’ चर्चित अर्थशास्त्री बेदप्रिया भट्टचार्य भन्छन्, ‘जसको परिणामस्वरुप कट्टरपन्थीहरुले नै महत्व, पहिचान र प्रभाव बनाएका छन्।’

यो उपमहाद्विपमा धार्मिक हिंसाको लामो इतिहास छ। सन् १९४७ मा ब्रिटिस इण्डियालाई छुट्याएर हिन्दूको बाहुल्य रहेको भारत र मुस्लिमको बाहुल्य रहेको पाकिस्तान बनाइएको थियो। सन् १९७१ मा बंगलादेश, त्यति बेलाको पूर्वी पास्कितानले, रक्तपातपूर्ण लामो युद्धपछि पाकिस्तानबाट स्वतन्त्रता पाएको थियो। भारतले बंगलादेशको स्वतन्त्रताको लडाइँमा सहायताका लागि सेना पठाएको थियो।

त्यो विभाजनको छायाँ अझैं पनि दक्षिण एसियामा देखिन्छ। ‘बंगलादेशमा दशकौंदेखि हिन्दू समुदायमाथि व्यवस्थित आक्रमण भइरहेको छ,’ बंगलादेशको हिन्दू, बौद्ध र क्रिश्चियन एकता परिषद्का महासचिव राना दासगुप्ता भन्छन्, ‘श्रृङ्खलाबद्ध रुपमा हिन्दूहरुको घर र जग्गा हडप्ने र उनीहरुलाई देश छाड्न बाध्य बनाउने घटना भइरहेका छन्।’

हिन्दू समुदायका नेताहरु सन् १९४७ मा बंगलादेशमा ३० प्रतिशत रहेको र पलायनकै कारण अहिले नौ प्रतिशतमा झरेको दासगुप्ता बताउँछन्। धेरै जसो हिन्दू समूदायका मानिस भागेर छिमेकी देश भारतमा शरण लिन जाने गरेका छन्।

अधिकारकर्मी तथा अभियन्ताहरुले पछिल्ला सरकार धार्मिक अल्पसंख्यकमाथि पटक–पटक भइरहेको आक्रमणका घटनाविरुद्ध आवश्यक कदम चाल्न असफल भएको टिप्पणी गरिरहेका छन्। ‘उचित अनुसन्धानको अभावले बंगलादेशको एउटा ढाँचा मात्रै नभएर अल्पसंख्यकको सुरक्षाको अभाव पनि देखाउँछ,’ एम्नेष्टी इन्टरनेशनलको दक्षिण एसियाली अभियानकर्ता साद हम्मादी भन्छन्, ‘दण्डहिनता र आवश्यक उपायको अभावका कारण साम्प्रदायिक हिंसा दोहोरिइरहेको छ।’

बंगलादेशी कानुनमन्त्री अनिसुल हक भने अल्पसंख्यकमाथि भइरहेका आक्रमणमा भइरहेको अनुसन्धानमा कुनै प्रगती नभएको कुरालाई अस्वीकार गर्छन्। ‘ती सबै घटनामा अनुसन्धान भइरहेका छन्। यस्ता मुद्दाहरुमा अलि धेरै समय लाग्छ। हामी अनुसन्धानलाई जतिसक्दो चाँडो गर्ने कोसिस गरिरहेका छौं,’ हक भन्छन्।

उनले सरकारले इस्लामिक समुदायलाई सन्तुष्ट पार्न खोजिरहेको भन्ने आरोपको पनि खण्डन गरेका छन्। उनले भने, ‘त्यस किसिमको कुनै पनि आरोप ठीक छैन। हामी हरेक धर्मका सबै सदस्यहरु सद्भावपूर्ण रुपमा रहुन् भन्ने चाहन्छौं।’

केहीले भने सीमापारि भारतमा हिन्दू राष्ट्रवादी राजनीतिक पार्टी भाजपा सत्तामा रहँदा बढिरहेको मुस्लिम विरोधी भावना बंगलादेशी कट्टरपन्थी मुस्लिममा क्रोध पैदा गर्नमा केही हदसम्म जिम्मेवार रहेको समेत बताएका छन्। भाजपाले ढाकालाई आक्रोशित बनाउँदै बंगलादेशबाट अध्यागमन बढ्ने त्रास रहेको बताएको छ। भारतका हिन्दू कट्टरपन्थीहरुले भने आप्रवासीहरुलाई बंगलादेश नै निर्वासन गर्न आह्वान गरेका छन्।

‘भारतमा जसरी धार्मिक अल्पसंख्यकमाथि व्यवहार भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ। यसलाई नै बहाना बनाएर कतिपयले बंगलादेशमा अल्पसंख्यकहरुलाई सताइरहेका छन्,’ अर्थशास्त्री भट्टचार्य भन्छन्, ‘तर, हरेक राज्यको कर्तव्य आफ्ना नागरिकलाई उचित रुपमा व्यवहार गर्नु र उनीहरुको सुरक्षा र अधिकारलाई जोगाउनु हुन्छ।’

-बीबीसीका लागि अन्बरासन इथिराजनले तयार पारेको सामग्रीको भावानुवाद

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्