दमक– झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्याएको छ । हामी विवरण सङ्कलन गरिरहेका छौँ ।’ डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।