काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि २७ रनको जित निकालेको छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ९३ रनममै समेटियो ।
जनकपुरका लागि तृत राज दासले सर्वाधिक २१ रन बनाउँदा जिमी निसमले सर्वाधिक २० रन बनाए । यस्तै राहुल यादवले ११ र आदित्य मेहेताले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरको जितमा स्कट कुग्लेइनले ३ विकेट हात पार्दा हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक/एक विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
सुदूरका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन जोड्दा थरिन्दु रत्नायकेले २७ रनको अविजित पारी खेले । आरिफ शेख ११, सैफ जैब १० र विनोद भण्डारीले पनि १० रन बनाउनुबाहेक दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरलाई सस्तैमा रोक्नका लागि जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक ४ विकेट हात पारे । राहुल यादव, ह्यारी टेक्टर, आदित्य मेहेता, अनिल खरेल र अविशेष तिवारीले १/१ विकेट हात पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।