काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध १२१ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको हो ।
सुदूरका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन जोड्दा थरिन्दु रत्नायकेले २७ रनको अविजित पारी खेले । आरिफ शेख ११, सैफ जैब १० र विनोद भण्डारीले पनि १० रन बनाउनुबाहेक दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरलाई सस्तैमा रोक्नका लागि जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक ४ विकेट हात पारे । राहुल यादव, ह्यारी टेक्टर, आदित्य मेहेता र अविशेष तिवारीले १/१ विकेट हात पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।