• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २४, २०८३  २१:२१
1140x725

काठमाडौं -‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् । 

दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन् । नेपाली चाडपर्व र संस्कृतिलाई हृदयदेखी सम्मान गर्ने योगी नेपाल जान नसक्दा लण्डनमै आफूलाई व्यस्त राख्ने प्रयत्न गर्छन् । चार जना बहिनीका दाजु पत्रकार योगी यस पटक सामाजिक सञ्जालकै माध्यमबाट बात मार्दै, कथा–व्यथा साट्दै, भलाकुशारी गर्ने र त्यहीबीचमा बहिनीहरुसँग टिका लगाइ माग्ने योजनामा छन् । 

योगीमात्र यस्ता एक्ला दाजुभाइ होइनन् जो सामाजिक सञ्जालका माध्यमबाट तिहार मान्ने सोचमा छन् । उनी जस्ता विदेशमा रहेका थुप्रै दाजुभाइ नेपालमा रहेका दिदीबहिनीसँग सामाजिक सञ्जाल र टेलिफोनका माध्यमबाट तिहार मनाउँदै टिका लगाउने योजनामा छन् । 

काभ्रे पलाञ्चोकको चुरिथुम्काका समर खड्का यस्तै अर्का पात्र हुन् जसले दुई वर्षदेखी भाइटिकामा दिदीबहिनी भेट्न पाएका छैनन् । एक दशक भयो उनी रोजगारीको शिलशिलामा साउदी अरबको दमाम शहरमा बसिरहेका छन् । निकै रमाइलोसँग तिहार मान्ने अनुभव बोकेका खड्कालाई तिहार नजिकिदै गर्दा नरमाइलो लाग्न थाल्छ । उनी भन्छन्, ‘तिहार मान्न मन त छ नि । दिदीबहिनीलाई भेटेर टिका लगाउन मन त लागेको छ तर यहाँ दमामबाट भेट्न सम्भव छैन ।’ 

खड्का भिडियो कलमार्फत दिदीले अरु दाजुभाइलाई टिका लगाएको दृश्यमा नै खुसी हुन्छन् । उनी आफ्‌नो पीडा पुन : पोख्छन्, ‘उहाँ त तिहारको दिन पनि काम गर्नुपर्छ । फोन गरेरै भए पनि टिका थाप्ने फुर्सद मिलाउन गाह्रो छ । कामकोबीचमा लन्चको समयमा दिदीलाई फोन गरि अरु दाजुभाइले टिका लगाएको हेर्छु र त्यसैमा खुसी हुन्छु ।’

अष्ट्रेलियाको पर्थमा बस्ने दामोदर भण्डारीको अवस्था पनि यस्तै छ । नेपालगञ्जका स्थायीबासिन्दा भण्डारी एक भाइ र एउटी दिदी मात्र भएको कुरा बताउँदै भावुक हुन्छन् र भन्छन्, ‘हामी दिदी भाइ अलग अलग हुँदा निकै समस्या छ । यस्तो अवस्थामा हामीलाई अर्कोसँग टिका थाप्ने लगाउने अवसर पनि मिल्दैन । 

पत्रकार पेशामा संलग्न रहेका भण्डारीले तीन वर्ष भयो तिहारमा दिदीको हातको टिका लगाउन पाएका छैनन् । उता दिदीले पनि भाईलाई टिका लगाउन नपाएर दुखी भएको भण्डारी बताउँछन् । भण्डारी यस पटक सामाजिक सञ्जालबाटै दिदीलाई भेट्ने योजनामा छन् । उनी भन्छन्, ‘सञ्जालबाटै दिदीलाई भेट्छु र आर्शिवाद थाप्छु ।’

उनी थप्छन्, ‘टिकाको साइटमा दिदीलाई फोन गर्ने, फोन गरेर दिदीबाट आशिर्वाद लिने, दिदीलाई पनि आशिर्वाद दिने । विभिन्न नेपाली परिकारका खानिकुरा खाने त्यसैगरी मनाउने हो।’

Ncell 2
Ncell 2
nimb
nimb

भण्डारी टिभी तथा सामाजिक सञ्जालमा तिहारका धुन पनि सुन्न सक्दैनन् । तिहार झल्किने गीतहरुले नै आँखाबाट आँसु झर्ने उनी सुनाउँछन् । ‘टिभीमा नेपाली यो तिहार झल्किने गीतहरु सुन्ने बित्तिकै मैले चेन्ज गर्छु किनभने आँखाबाट आँसु आउन थाल्छ । त्यही भएर मैले त्यो मेरो वाइफले तिहारको गीत लाउन थाल्यो तिहारको धुन लाउन थाल्यो भने म तुरुन्तै चेन्ज गर्न लगाइहाल्छु,’ भण्डारी भावुक हुँदै भने । 

यस्तै अवस्था कञ्चरपुरको महेन्द्रनगरस्थित ऐँठपुर घर हुने भवानी भट्टको पनि छ । भट्ट अहिले जापानको टोकियोमा बस्नै आएका छन् । भट्टको दुईजना दिदी मध्ये एकजना काठमाडौ र अर्को महेन्द्रनगरमा नै छीन् । सञ्चार व्यवसायमा आवद्ध भट्ट पनि दिदीहरुलाई सम्झिदै न्यास्रो मान्छन् र नरमाइलो मान्दै तिहार सम्झन्छन् । उनी तिहारका दिन काठमाडौ र महेन्द्रनगरमा भएकी दिदीसँग फोन गरेरै कुरा गर्ने योजनामा छन् । उनी भन्छन्, ‘नेपाल जान सकिएन । फोन र सामाजिक सञ्जालवाहेक अर्को विकल्प छैन । सामाजिक सञ्जालबाट दिदीको मुख हेर्दै टिका लगाएको अनुभूती सँगाल्छु ।’

यसैगरी पूर्व सञ्चारकर्मी तथा स्तम्भकार तर हाल अन्य पेशामा कार्यरत कुमार कार्की भन्छन्, ‘परदेशिहरुको चाडवाड कि त सप्ताहन्तको छुट्टिमा आउछ कि अर्को साल आउछ भन्ने कथन छ, हाम्रो अवस्था पनि यही हो ।’

रोजगारीका सन्दर्भमा साउदी अरबको रियादमा बस्ने कार्की परदेशमा रहेका नेपालीको अवस्था अभिव्यक्त गर्छन्, ‘नेपालीले अरु चाडवाड सरह नै तिहार पनि मनाउदै आएका छन् ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार सहजता हुनेहरुले परदेशमा सँँगै रहेका चेलिवेटीहरुबाट भाई टिका ग्रहण गर्छन् । केहिले आफैले बनाएका नजिकका चेलिबेटीहरुबाट टिका ग्रहण गर्ने गरेका छन् । नेपालमा रहेका दिदी बहिनीहरुलाई विभिन्न संचार माध्यमबाट संवाद गरि शुभकामना साटासाट गर्ने गर्दछन् । 

मोरङको उर्लाबारीका स्थायीबासिन्दा कार्की परदेशमा रहेका नेपालीहरुका लागि विगतका वर्षहरुमा भन्दा हालको आधुनिक युगमा चाडबाड मनाउन अलि सहज, सरल हुँर्दै गएको बताउँछन् । उनी भन्छन्, ‘विशेष गरि मध्यपुर्वका देशहरु साउदी, कतार, युएई, वहराईन, कुवेत, ओमन लगायतका देशमा उल्लेख्य मात्रमा नेपालीहरु छन्, हामीहरु यही पनि नेपाली समुदायमा संलग्न भइ भाइटिका र दिपावली मनाउदै आएका छौ ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम
सम्बन्धित सामग्री
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार उनी भन्छन्, ‘विशेष गरि मध्यपुर्वका देशहरु साउदी, कतार, युएई, वहराईन, कुवेत, ओमन लगायतका देशमा उल्लेख्य मात्रमा नेपालीहरु छन्, हामीहर... मंगलबार, कात्तिक २४, २०८३
सन्दर्भ कुकुर तिहार : शहरमा रहर, गाउँमा गोठालाका भर प्रायःसहरी क्षेत्रमा रहरले कुकुर पाल्ने गरिन्छ। आर्थिक रुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन्। यसरी पालन गरिने... आइतबार, कात्तिक २२, २०८३
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो) आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार मंगलबार, कात्तिक २४, २०८३
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी मंगलबार, कात्तिक २४, २०८३
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम मंगलबार, कात्तिक २४, २०८३
जनकपुरविरुद्ध सुदूरपश्चिमको १२० रन मंगलबार, कात्तिक २४, २०८३
डेविड वार्नर एनपीएलका बाँकी खेलमा उपलब्ध नहुने मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्