काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका छन्।
आज बंगलादेशसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले यस्तो घोषणा गरेका हुन्।
उनले प्रशिक्षकको जिम्मेवारीबाट आफूले राजीनामा दिइसकेको र फाइनल खेलपछि नेपाल नफर्कने बताए।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग विवाद भएपछि अल्मुताइरीले फेसबुकमार्फत् राजीनामा घोषणा गरेका थिए।
आजको खेलमा नेपालले बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै फाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।