काठमाडौं- सामाजिक सञ्जाल फेसबुले विश्वभरका आफ्ना प्रयोगकर्ताहरुले फेरि सिस्टममा आएको परिवर्तनका कारण घन्टौं फेसबुक चलाउन समस्या व्यहोर्नु परेको स्वीकार गरेको छ। यसको केही दिन अघि पनि फेसबुकमा लामो समय समस्या आएको थियो।
फेसबुकका प्रवक्ताले शनिबार एएफपी समाचार एजेन्सीसँग भने, " पछिल्लो केही घन्टा हाम्रो उत्पादनसम्म पुग्न असक्षम भएका सबैसँग माफी माग्छौं।" ''हामीले यो समस्या समाधान गरेका छौं र अब सबै समान्य भएको छ" उनले भने।
वेवसाइट समस्या ट्र्याकर डाउनडिटेक्टरले फेसबुक र उसको फोटो-केन्द्रित इन्स्टाग्राम नेटवर्कका साथ-साथ म्यासेन्जर र व्हाट्सएप तीन घन्टाअघि प्रयोगमा समस्या आएको देखाएको छ।
फेसबुकले आफ्नो कम्प्यूटिङ प्लेटफर्ममा कन्फिगरेशन परिवर्तनका क्रममा आएको समस्यालाई जिम्मेवार भएको बताएको छ। र उसले यसका कारण सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा विश्वभरका उपभोगकर्ता प्रभावित भएको जनाएको छ।
६ घन्टा भन्दा लामो समय डाउन भएको ४ दिन नुहँदै फेसबुकमा समस्या आएको भन्दै प्रयोगकर्ताले निराशा व्यक्त गरेको समाचार संस्था अलजजिराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।