काठमाडौं- सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको सबै एप डाउन भएको छ। सोमबार राति ९:२५ तिरबाट फेसबुकका साथै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर डाउन भएको हो।
विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन् ।
अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट ‘डाउन डिटेक्टर’का अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले म्यासेज आदान प्रदान गर्न पाएका छैनन्।
डाउन डिटेक्टरमा गुनासो गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले सन्देश प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन्।
अहिलेसम्म यी सामाजिक सञ्जालको सर्भर डाउन हुनुको कारण खुलिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।