• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सुमार्गीको थप शंकास्पद धन : ट्याक्स हेभन मुलुकमा भेटिए अरु पाँच कम्पनी
64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १८:५९
1140x725

काठमाडौं- कानुन छलेर अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन्। अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले विश्वभरका १४० भन्दा बढी सञ्‍चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर गरेको खोजको खुलासामा सुमार्गीको थप शंकास्पद धन भेटिएको छ। आइतबार राति सार्वजनिक भएको यो विवरणले सुमार्गीको शंकास्पद धनको ओसारपसार अझ धेरै हुनसक्ने देखाएको छ।

यसअघि सुमार्गीको बारेमा खोज पत्रकारिता केन्द्र नेपालले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसारसम्बन्धी खुलासा गरेको थियो।

त्यसबेलाको नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको देखिएको थियो।

यस पटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन्। उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन्। त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी खाता खोलेको पाइएको छ। काठमाडौं, बानेश्वर निवासी सुमार्गीले आफ्नो ठेगाना बेलायत उल्लेख गरेका छन्। सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन्। जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण सेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण सेयर सदस्यका रूपमा भित्रिएको कागजातहरूले देखाउँछन्।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ। सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन्। यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन्।

वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडले एक डलरका दरले ५० हजार कित्ता सेयर लगानी गर्ने अनुमति पाएको देखिन्छ। यसैअनुसार फोनफाइडर सर्भिस लिमिटेडले वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा ५० हजार कित्ता साधारण सेयर लगानी गरेको छ।

सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ। उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन्। यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डको अस्मिताज् वर्ल्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ। सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन्।

अस्मिता वर्ल्ड लिमिटेडको सञ्‍चालक पनि सुमार्गी नै हुन्। आईसीआईजेबाट प्राप्त कागजातअनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, सेयर लगानीकर्ता र निर्देशक हुन्। उनले यो कम्पनीको १०० कित्ता सेयर खरिद गरेका थिए। कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डस्ट्री प्रालि, एभरेस्ट मिनरल प्रडक्ट्स प्रालि, मुक्तिश्री प्रालि भएको कागजातहरूले देखाएको छ। जुन सुमार्गीको लगानीका नेपाली कम्पनीहरू हुन्।

अस्मिताज् कम्पनीले एक डलरका दरले द अवेज कम्पनीमा १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

द अवेज इन्टरनेसनल लिमिटेडको दर्तावाला एजेन्ट कम्पनी ब्रिटिस भर्जिन आइल्याण्डको फाइडेलिटी कर्पोरेट सर्भिस लिमिटेड हो। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले प्रतिकित्ता एक अमेरिकी डलरका दरले १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ। उनी यो कम्पनीका निर्देशक हुन्। कम्पनीको सेयर होल्डर अस्मिताज् वर्ल्ड लिमिटेड पनि हो। अस्मिताज्ले एक डलरका दरले १०० कित्ता सेयर उक्त कम्पनीमा लगानी गरेको भेटिएको छ।

यो अन्तर्राष्ट्रिय चर्चित कम्पनीको सेयर खरिद र बिक्री गर्ने र विभिन्न देशबाट अनुमति लिएर टेलिकमसम्बन्धी व्यापार गर्ने प्रकृतिको कम्पनी हो। यसले एसिया क्षेत्र- नेपालमा काम गर्ने अनुमति लिएको छ। खोज पत्रकारिता केन्द्रलाई प्राप्त एक गोप्य कागजातअनुसार यो कम्पनीको उद्देश्य नेपालमा मोबाइल फोनका लागि ‘एयर टाइम प्रदान’ गर्ने एउटा नेपाली कम्पनीको ५० प्रतिशत सेयर होल्ड गर्ने हो।

र, यो कम्पनीको मुख्य ट्रेडिङ पार्टनरमा नेपाल टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको पाइएको छ। द न्यू डिजिटेक इन्टरनेसनल लिमिटेड कम्पनीको लगानीको प्रारम्भिक स्रोत यसका निर्देशक अजेयराज सुमार्गी आफैं र होल्डिङ कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेड रहेको उल्लेख छ। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले १०० अमेरिकी डलर बराबरको १०० कित्ता सेयर लगानी गरेको छ। कम्पनीको सम्पत्तिको स्रोतहरू मुक्तिश्री प्रालि र नेपाल स्याटेलाइट टेलिकम लिमिटेड भएको कागजातहरूले देखाएको छ।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउण्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ। द न्यू डिजिटेक कम्पनीको स्रोतको रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ।

नेपालको कानुनी व्यवस्था अनुसार विदेशमा गैरकानुनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ। कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेस्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खातासम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनी दिइएको भेटिएको छ।

ब्रिटिस भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रस्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउण्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानुनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरीभित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख छ।

नातेदारको नाममा पनि
सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ। ब्रिटिस भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रस्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्डअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डको डेलोर भेञ्‍चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन्।

यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डकै एडीली कन्सल्ट्यान्ट लिमिटेड नामक अर्को कम्पनी निर्देशकका रूपमा रहेको देखिन्छ। ब्रिटिस भर्जिन आइल्याण्डकै फोनफाइडर सर्भिसेज् लिमिटेड डेलोर भेञ्‍चर्स कम्पनीको सेयर होल्डरका रूपमा छ। फोनफाइडर सन् २०१० मा ५० हजार अमेरिकी डलर साधारण सेयर खरिद गरेर उक्त कम्पनीमा भित्रिएको थियो।

यो पनि पढ्नुहोस्

यी हुन् ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गरेका १६ नेपालीआइतबार, असोज १७, २०७८

शर्मालाई उक्त कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एण्ड को एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ। थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटियो।

प्यान्डोरा पेपर्समा भएका कागजातहरूले साइप्रसका नागरिक पिट्टास एडीली कन्सल्ट्यान्ट लिमिटेड कम्पनीका निर्देशक तथा मुख्य लगानीकर्ता रहेको खुलासा गरेको छ। आईसीआईजेले यसअघि सार्वजनिक गरेको ‘अफशोर लिक्स’मा सोटिरिओसले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसमा थप कम्पनीहरू खोलेको भेटिएको थियो। यसले साइप्रसका वकिल तथा एडीली कन्सल्ट्यान्ट लिमिटेडका निर्देशक पिट्टाससँगको साझेदारीमा शर्माले डेलोर भेञ्‍चर्स कम्पनी सञ्‍चालन गरेको देखाउँछ।

अफशोर लगानीमा संलग्न सुमार्गी र शर्मालाई टेलिफोन गर्दा उनीहरू सम्पर्कमा आएनन्। उनीहरूलाई पठाइएको सन्देशको पनि कुनै प्रतिक्रिया आएन।

(खोज पत्रकारिता केन्द्रबाट)

यो पनि पढ्नुहोस् :

नेपाली कामदार ठग्‍ने र शोषण गर्नेको यस्तो छ अफशोर लगानी

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

ट्याक्स हेभन मुलुकमा विनोद चौधरी, श्रीमती सारिका र तीन छोराकै लगानी

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सम्बन्धित सामग्री
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो स... शुक्रबार, असार २०, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बुधबार ३४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ९ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज सेयर बजार २७०३ विन्दुमा पुगेर बन्द... बिहीबार, असार १९, २०८२
सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुग्यो अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो। बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे आइतबार, असार २२, २०८२
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार, असार २२, २०८२
आज मोहर्रम पर्व मनाइँदै आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्