• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुमार्गीको थप शंकास्पद धन : ट्याक्स हेभन मुलुकमा भेटिए अरु पाँच कम्पनी

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १८:५९
1140x725

काठमाडौं- कानुन छलेर अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन्। अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले विश्वभरका १४० भन्दा बढी सञ्‍चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर गरेको खोजको खुलासामा सुमार्गीको थप शंकास्पद धन भेटिएको छ। आइतबार राति सार्वजनिक भएको यो विवरणले सुमार्गीको शंकास्पद धनको ओसारपसार अझ धेरै हुनसक्ने देखाएको छ।

यसअघि सुमार्गीको बारेमा खोज पत्रकारिता केन्द्र नेपालले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसारसम्बन्धी खुलासा गरेको थियो।

त्यसबेलाको नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको देखिएको थियो।

यस पटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन्। उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन्। त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी खाता खोलेको पाइएको छ। काठमाडौं, बानेश्वर निवासी सुमार्गीले आफ्नो ठेगाना बेलायत उल्लेख गरेका छन्। सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन्। जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण सेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण सेयर सदस्यका रूपमा भित्रिएको कागजातहरूले देखाउँछन्।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ। सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन्। यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन्।

वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडले एक डलरका दरले ५० हजार कित्ता सेयर लगानी गर्ने अनुमति पाएको देखिन्छ। यसैअनुसार फोनफाइडर सर्भिस लिमिटेडले वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा ५० हजार कित्ता साधारण सेयर लगानी गरेको छ।

सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ। उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन्। यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डको अस्मिताज् वर्ल्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ। सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अस्मिता वर्ल्ड लिमिटेडको सञ्‍चालक पनि सुमार्गी नै हुन्। आईसीआईजेबाट प्राप्त कागजातअनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, सेयर लगानीकर्ता र निर्देशक हुन्। उनले यो कम्पनीको १०० कित्ता सेयर खरिद गरेका थिए। कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डस्ट्री प्रालि, एभरेस्ट मिनरल प्रडक्ट्स प्रालि, मुक्तिश्री प्रालि भएको कागजातहरूले देखाएको छ। जुन सुमार्गीको लगानीका नेपाली कम्पनीहरू हुन्।

अस्मिताज् कम्पनीले एक डलरका दरले द अवेज कम्पनीमा १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

द अवेज इन्टरनेसनल लिमिटेडको दर्तावाला एजेन्ट कम्पनी ब्रिटिस भर्जिन आइल्याण्डको फाइडेलिटी कर्पोरेट सर्भिस लिमिटेड हो। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले प्रतिकित्ता एक अमेरिकी डलरका दरले १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ। उनी यो कम्पनीका निर्देशक हुन्। कम्पनीको सेयर होल्डर अस्मिताज् वर्ल्ड लिमिटेड पनि हो। अस्मिताज्ले एक डलरका दरले १०० कित्ता सेयर उक्त कम्पनीमा लगानी गरेको भेटिएको छ।

Xtrem

Xtrem

यो अन्तर्राष्ट्रिय चर्चित कम्पनीको सेयर खरिद र बिक्री गर्ने र विभिन्न देशबाट अनुमति लिएर टेलिकमसम्बन्धी व्यापार गर्ने प्रकृतिको कम्पनी हो। यसले एसिया क्षेत्र- नेपालमा काम गर्ने अनुमति लिएको छ। खोज पत्रकारिता केन्द्रलाई प्राप्त एक गोप्य कागजातअनुसार यो कम्पनीको उद्देश्य नेपालमा मोबाइल फोनका लागि ‘एयर टाइम प्रदान’ गर्ने एउटा नेपाली कम्पनीको ५० प्रतिशत सेयर होल्ड गर्ने हो।

र, यो कम्पनीको मुख्य ट्रेडिङ पार्टनरमा नेपाल टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको पाइएको छ। द न्यू डिजिटेक इन्टरनेसनल लिमिटेड कम्पनीको लगानीको प्रारम्भिक स्रोत यसका निर्देशक अजेयराज सुमार्गी आफैं र होल्डिङ कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेड रहेको उल्लेख छ। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले १०० अमेरिकी डलर बराबरको १०० कित्ता सेयर लगानी गरेको छ। कम्पनीको सम्पत्तिको स्रोतहरू मुक्तिश्री प्रालि र नेपाल स्याटेलाइट टेलिकम लिमिटेड भएको कागजातहरूले देखाएको छ।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउण्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ। द न्यू डिजिटेक कम्पनीको स्रोतको रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ।

नेपालको कानुनी व्यवस्था अनुसार विदेशमा गैरकानुनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ। कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेस्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खातासम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनी दिइएको भेटिएको छ।

ब्रिटिस भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रस्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउण्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानुनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरीभित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख छ।

नातेदारको नाममा पनि
सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ। ब्रिटिस भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रस्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्डअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डको डेलोर भेञ्‍चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन्।

यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डकै एडीली कन्सल्ट्यान्ट लिमिटेड नामक अर्को कम्पनी निर्देशकका रूपमा रहेको देखिन्छ। ब्रिटिस भर्जिन आइल्याण्डकै फोनफाइडर सर्भिसेज् लिमिटेड डेलोर भेञ्‍चर्स कम्पनीको सेयर होल्डरका रूपमा छ। फोनफाइडर सन् २०१० मा ५० हजार अमेरिकी डलर साधारण सेयर खरिद गरेर उक्त कम्पनीमा भित्रिएको थियो।

यो पनि पढ्नुहोस्

यी हुन् ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गरेका १६ नेपालीआइतबार, असोज १७, २०७८

शर्मालाई उक्त कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एण्ड को एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ। थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटियो।

प्यान्डोरा पेपर्समा भएका कागजातहरूले साइप्रसका नागरिक पिट्टास एडीली कन्सल्ट्यान्ट लिमिटेड कम्पनीका निर्देशक तथा मुख्य लगानीकर्ता रहेको खुलासा गरेको छ। आईसीआईजेले यसअघि सार्वजनिक गरेको ‘अफशोर लिक्स’मा सोटिरिओसले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसमा थप कम्पनीहरू खोलेको भेटिएको थियो। यसले साइप्रसका वकिल तथा एडीली कन्सल्ट्यान्ट लिमिटेडका निर्देशक पिट्टाससँगको साझेदारीमा शर्माले डेलोर भेञ्‍चर्स कम्पनी सञ्‍चालन गरेको देखाउँछ।

अफशोर लगानीमा संलग्न सुमार्गी र शर्मालाई टेलिफोन गर्दा उनीहरू सम्पर्कमा आएनन्। उनीहरूलाई पठाइएको सन्देशको पनि कुनै प्रतिक्रिया आएन।

(खोज पत्रकारिता केन्द्रबाट)

यो पनि पढ्नुहोस् :

नेपाली कामदार ठग्‍ने र शोषण गर्नेको यस्तो छ अफशोर लगानी

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

ट्याक्स हेभन मुलुकमा विनोद चौधरी, श्रीमती सारिका र तीन छोराकै लगानी

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्