काठमाडौं– नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी राइमान राईलाई पराजित गर्दै खड्का सभापति बनेका हुन्।
पूर्व राज्यमन्त्री खड्काले १२९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राईले ११० मतमात्र ल्याएको जिल्ला सभापति दिपेन श्रेष्ठले जानकारी दिए।
यसअघि पूर्व रुकुम,हुम्ला र मुस्ताङमा नयाँ कार्यसमिति बनेको थियो। पूर्व रुकुमका केशरमान रोका र मुस्ताङमा रोमी गौचन थकाली जिल्ला सभापति बनेका छन्।
त्यसैगरी हुम्लाको कांग्रेस जिल्ला सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।