काठमाडौं- जर्मनीमा सेन्टर-लेफ्ट सोसल डेमोक्रेट्स (एसडीपी)ले झिनो अन्तरले जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीलाई देशको संघीय चुनावमा पराजित गरेको छ।
एसडीपीले २५.७ प्रतिशत मत हासिल गर्दा सत्तारुढ कन्जरभेटिव गठबन्धन सीडीयू/सीएसयूले २४.१ प्रतिशत मत पाएको छ।
ग्रीन्स पार्टीले आफ्नो इतिहासमा सबैभन्दा ठूलो परिणाम हात पारेर तेस्रो स्थानमा कब्जा जमाएको छ र १४.८ प्रतिशत मत पाएको छ।
अब सरकार बनाउनका लागि गठबन्धन जरुरी छ। शुरुआती परिणाममा सफलता हात पारेपछि एसडीपीका नेता ओलाफ सल्ट्सले आफूहरुको पार्टीले पूर्ण बहुमत पाउने दाबी गरेका थिए तर नजिता त्यस्तो आएन।
जबसम्म गठबन्धन बन्दैन तबसम्म चान्सलर एन्जेला मार्केलनै सत्तामा हुनेछिन्। त्यसका लागि क्रिसमससम्मको कुर्नुपर्नर्ने छ।
तर उनले फेरि चान्सलर नबन्ने घोषणा गरिसकेकी छन्।
यसका लागि सोसल डेमोक्रेट्स र कन्जरभेटिव नेता सत्ता हासिल गर्न गइरहेका छन्। तर यसको दुई किंगमेकर देखिएका छन्।
ग्रीन्स र लिबरल (व्यापार समर्थक एफडीपी) मैदानमा आएका छन् जसको समर्थन आवश्यक देखिएको छ।
यस्तो खालको गठबन्धन जसको नेतृत्वमा पनि बन्न सक्छ। जसमा ग्रीन्स र लिबरल्सका बीच गठबन्धन हुने निकै सम्भावना रहेको बीबीसीले जनाएको छ। तर अन्य गठबन्धन पनि हुन सक्छ। यसलाई अलग अलग ट्राफिक लाइटको हिसाबमा बताइएको बीबीसीले जनाएको छ।
जस्तो रातो बत्तिको हिसावले एसपीडी र एफडीपीको गठबन्धन बन्न सक्छ। त्यस्तै हरियो लाइटका हिसाबले सीडीयू र एफडीपी र ग्रीन्सका बीच गठबन्धन हुन सक्छ। यस्तो पहिलोपटक भएको जब जर्मनीमा तीन खानको गठबन्धनको रुपमा देखिएको छ।
चार मुख्य पार्टी इतरका वाम र दक्षिणपन्थी पार्टीका लागि यो चुनाव एक नराम्रो सपना जस्तो भएको बीबीसीले उल्लेख गरेको छ।
वामपन्थी दल डी लिंकालाई ५ प्रतिशत भन्दा कम भोट प्राप्त भएको हो जो संसदमा उपस्थित हुनका लागि अनिवार्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।