काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए। राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।