काठमाडौं– नेपाली काँग्रेसको जारी महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा पार्टीका चारवटा प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।
बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। प्रतिवेदन पारित भएसँगै महाधिवेशनको मुख्य बाँकी प्रक्रिया नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।
महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी कुल २४ पदाधिकारी रहने व्यवस्था छ।
यसमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुनेछन्। त्यसअनुसार महाधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने पदाधिकारीको संख्या १९ रहनेछ।
बन्द सत्रको प्रक्रिया सम्पन्न भएपछि काँग्रेसको ध्यान नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा केन्द्रित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।