काठमाडौं– कांग्रेस महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार कांग्रेस महाधिवेशन स्थल खुला मञ्चमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगन थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् । चालिसे कांग्रेस प्रवक्ता समेत हुन् ।
‘सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता लिएको छु’, चालिसेको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।