काठमाडौं- जर्मनीमा सोसल डेमोक्रेटिक पार्टी(एसपीडी) का ओलाफ स्कोल्जले जित हात पारेका छन्।
प्रारम्भिक परिणामका अनुसार निवर्तमान चान्सलर एन्जेला मर्केलको पार्टीलाई पराजित गर्दै संघीय चुनावमा एसपीडीले झिनो जित हात पारेको हो।
एसपीडीले २५ दशमलव ७ प्रतिशत र सत्ताधारी पार्टीले २४ दशमलव १ प्रतिशत मत पाएको बीबीसीले उल्लेख गरेकोछ।
त्यस्तै ग्रीन पार्टी तेस्रो स्थानमा रहेको छ उसले १४.८ प्रतिशत मत पाएको छ। सरकार बनाउनका लागि अब गठबन्धन आवश्य पर्ने बीबीसीले जनाएको छ।
चुनावको नतिजासँगै सम्भवतः सोसल डेमोक्रेट्सका नेता ओलफ स्कोल्ज मर्केलको उत्तराधिकारी बन्नेछन्।
डेढ दशक सत्ताको नेतृत्व गरेकी मर्केल गठबन्धन नबनेसम्म सरकारमा रहेने छिन्।
मर्केलका उत्तराधिकारीले आगामी चार वर्षसम्म यूरोपको प्रमुख अर्थव्यवस्थाको नेतृत्व गर्नु छ र जलवायु परिवर्तनको मुद्दामा काम गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।