काठमाडौं- तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा दाह्री काट्न वा खौरन प्रतिबन्ध लगाएको छ। उनीहरुका अनुसार यसले इस्लामी कानुनको उल्लंघन गर्छ।
तालिबान धार्मिक पुलिसले यस नियमको उल्लंघन गर्नेमाथि सजाय हुने जनाएको बीबीसीले उल्लेख गरेको छ।
राजधानी काबुलका केही नाइहरुले आफूहरुलाई पनि यस्तो आदेश आएको बताएका छन्।
यस्तो निर्देशन जारी भएसँगै तालिबानले पुरानो कट्टर शासन फर्काउन खोजेको देखिएको बीबीसीले जनाएको छ। तर तालिबानले यसपटक पहिलेको जस्तो शासन नहुने बताएको थियो।
गत महिना सत्तामा आएसँगै तालिबानले आफ्ना विरोधीमाथि कडा सजाय दिएको छ। शनिबार प्राप्त एक रिपोर्टका अनुसार तालिबानका लडाकु अपहरण प्रकरणका चार अभियुक्तको हत्या गरिएको छ र उनीहरुको शवलाई सडकमा झुड्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।