काठमाडौं- प्यालेस्टेनी सरकारले इजरायललाई प्यालेस्टेनी क्षेत्र छाड्न एक वर्षे ‘अल्टिमेटम’ दिएको छ।
संयुक्त राष्ट्रसघको वार्षिक महासभामा भर्चुअल माध्यमबाट बोल्दै राष्ट्रपति मोहम्मद अब्बासले इजरायलले सन् १९६७ मा पुर्वी जेरुसेलमसहित प्यालेस्टेनी क्षेत्र कब्जा गरेको बताए।
उनले प्यालेस्टाइन क्षेत्र फिर्ता गर्न र आफ्नो क्षेत्रबाट पछि हट्न ‘अल्टिमेटम’ दिएका हुन्।
अब्बासले भने, ‘हामीले यो मान्नै पर्छ इजरायलले १९६७ मा पुर्वी जेरुसेलमसहित प्यालेस्टेनी क्षेत्र कब्जा गरेको हो। यो क्षेत्र फिर्ता गर्न एक वर्ष समय दिएका छौं। यदि यो हासिल गर्न सकिएन भने किन १९६७ को सिमानामा आधारित इजरायलको मान्यता कायम राख्ने?’
उनले यदि एक वर्षभित्रमा प्यालेस्टेनी क्षेत्र नछोडे अवस्था नराम्रो हुन सक्ने उनले बताएका छन्।
उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई एक अन्तर्राष्ट्रिय शान्ति सम्मेलन बोलाउन र संयुक्त राष्ट्र संघको संकल्प अनुसार इजरायल र प्यालेस्टाइन राज्यहरुको विवाद समाधान गर्न वर्षभर काम गर्न आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।