काठमाडौं- चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीका आर्थिक मामिला प्रमुख मेङ वाङझोउ रिहा भएलगत्तै चीन सरकारले दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ।
सन् २०१८ को डिसेम्बरदेखि चीनको नियन्त्रणमा रहेका क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोर शनिबार क्यानडा पुग्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले उनीहरुलाई बेइजिङमा पक्राउ गरेको थियो। ती दुई नागरिकले चीनमा कठिन समयको सामना गर्नुपरेको बताइएको छ। तर, उनीहरुले आफ्ना परिवारलाई भेट्न पाउनु आफूहरुका लागि खुसीको खबर भएको प्रधानमन्त्री ट्रुडोले बताए।
यसैबीच क्यानडामा पक्राउ परेकी वाङझोउ पनि चीन फर्किएको छन्। ठगीको आरोप लागेका वाङझोउलाई अमेरिकाको अनुरोधमापक्राउ गरेर क्यानडामै नजरबन्दमा राखिएको थियो।
अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनलाई हिजो रिहा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।