काठमाडौ- अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुगेपछि अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरेका हुन्।
दुई नेताबीच व्यापार, जलवायु परिवर्तन र कोरोना महामारीबारे छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मोदीले भने,‘वर्तमान दशकमा सबैभन्दा ठूलो क्षेत्र व्यापार हो। दुई देशबीच व्यापार धेरै महत्वपूर्ण रहेको छ। भारतले अमेरिकालाई धेरै दिन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।