काठमाडौं- चीनको केन्द्रीय बैंकले भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइन सम्बन्धी सबै लेनदेनलाई अवैध घोषणा गरेको छ।
पीपुल्स बैंक अफ चाइनाका अनुसार भर्चुअल मुद्रासँग सम्बन्धित व्यापारिक गतिविधिहरु अवैध वित्तीय गतिविधिहरु हुन्।
यसले मानिसहरुको सम्पत्तिको सुरक्षाको लागि एक गम्भीर खतरा पैदा गरेको छ।
चीन संसारको सबैभन्दा ठूलो क्रिप्टोकरन्सी बजार हो। चीनमा क्रिप्टोकरेन्सीको अस्थिरताले वैदेशिक मूल्यलाई प्रभावित गर्छ।
चीनबाट यो घोषणा पछि बिटकोइनको मूल्य २ हजारभन्दा बढीले घटेको छ।
क्रिप्टोकरेन्सीको व्यापार २०१९ पछि चीनमा आधिकारिक रुपमा प्रतिबन्धित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।