• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लागूऔषध राखेर पत्रकार ‘फसाइएको’ घटना : मुख्य अभियुक्त फरार हुँदा छानबिन अपूरो

बिदामा हुँदा पनि आफैंले अपरेसन हेर्नु शंकास्पद !
64x64
नारायण अधिकारी बिहीबार, असोज ७, २०७८  २१:२४
1140x725
घटनापछि पक्राउ परेका धिरज यादव र जितेशकुमार यादव।

काठमाडौं– रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन प्रहरीकै योजनामा लागूऔषध राखिएको घटनाको छानबिनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। 

गत साउन ३२ गते गौरबाट पत्रकार मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको घटनामा रौतहटका तत्कालीन एसपी सिद्धिविक्रम शाहको समेत शंकास्पद भूमिका देखिएपछि छानिबिन सुरु गरिएको थियो। प्रहरी प्रधान कार्यालयले भदौ ८ गते एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेपनि अहिलेसम्म छानबिनले पूर्णता पाउन सकेको छैन। 

छानबिन समितिका एक सदस्यका अनुसार ‘निर्दोष’ पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने मुख्य योजनाकार भनिएका सञ्जय सहनी फरार रहेकाले छानबिनले पूर्णता पाउन नसकेको हो। समिति स्रोत भन्छ, ‘फरार सहनी र एसपीबीचको फोन रेकर्ड बाहिरिएपछि एसपी विवादमा तानिएका हुन्। तर, एसपी विवादमा तानिनुका मुख्य योजनाकार नै अहिलेसम्म पक्राउ नपर्दा छानबिन पूर्ण हुन सकेको छैन।’

एसपी शाहको बयानमात्रै लिँदा एकपक्षीय हुने र छानबिन निष्पक्ष र पूर्ण नहुने भन्दै अहिलेसम्म समितिले छानबिन टुंग्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालय भने समितिले छानबिन सकेर बुझाउने प्रतिवेदनको आधारमा कारबाही वा सफाई हुने भनेर कुरेर बसेको छ। मुख्य अभियुक्त भनिएका सहनी एक महिनादेखि फरार भएकाले एसपी शाहले सफाइ पाउने वा कारबाही हुने भन्ने अहिलेसम्म टुंगो लाग्न नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। 

‘निर्दोष’ पत्रकार फसाउने घटनामा शंकास्पद भूमिका देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी शाहलाई जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको थियो। अहिले उनको ठाउँमा एसपी विनोद घिमिरेलाई पठाइएको छ। 

बिदामा हुँदा पनि आफैंले अपरेसन हेर्नु शंकास्पद !
साउन ३२ गते पत्रकारद्धयको मोटरसाइकलमा लागूऔषध राखिएको समयमा एसपी शाह भने आफैं बिदामा थिए। बिदामा रहेका बेला पनि उनले उक्त अपरेसनको बारेमा सम्पूर्ण जानकारी लिने प्रबन्ध मिलाएको पाइएको छ। 

‘आफू बिदामा भएको बेलामा सम्पूर्ण जिम्मेवारी ट्वाइसी (सेकेन्ड म्यान)लाई सुम्पिनु पर्ने हुन्छ। तर, एसपी शाहले यस घटनाका बारेमा सेकेन्डम्यानलाई कुनै जानकारी दिएको भने देखिँदैन’, छानबिन समितिमा रहेका एक अधिकारीले नेपाल लाइभलाई सुनाए, ‘यो विषयमा भने उनको भूमिका शंकास्पद देखिन्छ।’ 

यो बाहेक अन्य विषयमा भने एसपीको कुनै दोष नदेखिएको ती अधिकारीको भनाइ छ। ‘सहनी र एसपीको जुन फोन रेकर्ड बाहिरिएको छ, त्यसमा भने ‘निर्दोष’ पत्रकार फसाउने सहनीको योजनाबारे एसपी जानकार भएको देखिँदैन’, उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

लागूऔषधसहित पक्राउ परेको भनेपछि पत्रकारद्वयले त्यसबेला आफूहरू ‘निर्दोष’ रहेको बताएका थिए। पछि महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो। सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔषध राखेको देखिएको थियो। त्यसपछि घटनामा नयाँ ट्वीस्ट आएको थियो। पहिला पक्राउ गरिएका पत्रकारलाई एसपी शाहले रिहा गर्दै लागूऔषध राख्ने दुई युवा र दुई प्रहरीलाई पक्राउ गरी सार्वजनिक गरेका थिए। सञ्जय सहनीलाई भने फरार अभियुक्त भएको बताइएको थियो। 

त्यसपछि उनै सहनीले एसपीसँगको फोन रेकर्ड सार्वजनिक गरेका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिए।

प्रहरीकै अघि मोटरसाइकल देखाएर लागूऔषध राखियो
पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज यादवले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले लागूऔषध राख्ने व्यक्ति माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको बताएका छन्। 

उनीहरूकै सुराकमा पत्रकारद्वयलाई लागूऔषधसहित पक्राउ गरिएको उनीहरूको भनाइ छ। फसाउने योजनासहित लागूऔषध राखिएको बारेमा आफूहरूलाई जानकारी नभएको उनीहरूले दाबी गर्दै आएका छन्। तर, अनुसन्धानका क्रममा असई र जवानकै अघि पत्रकारद्वय सवार हुने मोटरसाइकल देखाएर पछि लागूऔषध राखिएको पाइएको छ। 

‘उनीहरूले फसाउने योजनासहित लागूऔषध राखिएकोबारे आफूहरूलाई थाहा नभएको दाबी गरे पनि अनुसन्धानका क्रममा भने त्यस्तो देखिँदैन’, प्रहरी स्रोत भन्छ, ‘लागूऔषध राख्नुभन्दा पहिला पत्रकार सवार मोटरसाइकल असई र जवानलाई देखाएको पाइन्छ। यो मोटरसाइकलमा लागूऔषध छ भन्ने जानकारी दिएपछि उक्त मोटरसाइकलको उनीहरूले निगरानी गर्नुपर्थ्यो। तर, उनीहरूकै निगरानीमा रहेको मोटरसाइकलमा योजनावद्ध तरिकाले लागूऔषध राखिन्छ भने यसमा उनीहरूको भूमिका शंकास्पद देखिन्छ।’

शंकास्पद वस्तु वा मान्छे देखाइसकेपछि त्यसलाई निगरानी गर्नुपर्नेमा त्यो घटनाबारे नै अनभिज्ञ बन्न खोज्नुले असई र जवानको मिलेमतो रहेको आशंका देखिएको प्रहरी स्रोत बताउँछ।

एक महिनासम्म मुख्य अभियुक्त फरार
उक्त घटनाका मुख्य अभियुक्त हुन् सञ्जय सहनी। पत्रकार महासंघ रौतहट शाखाका सचिव समेत रहेका सहनीकै योजनामा ‘निर्दोष’ पत्रकारलाई फसाउने योजनासहित लागूऔषध राखिएको अनुसन्धानबाट खुलेको थियो। 

त्यसका लागि उनले रौतहटमा कार्यरत सादा पोशाकका प्रहरीलाई समेत प्रयोग गरेका थिए। पत्रकारद्वयलाई योजनाबद्ध तरिकाले लागूऔषधसहित पक्राउ गर्न सफल भएपछि सहनीले रौतहटका तत्कालीन एसपी शाहलाई समेत फोन गरेर उक्त घटनाबारे जानकारी गराएका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिएका थिए। 

यो घटनाका मुख्य योजनाकार उनै सहनी एक महिनादेखि फरार छन्। यसबारे रौतहटका एसपी विनोद घिमिरे भन्छन्, ‘उनी अहिलेसम्म फरार नै छन्। उनको खोजी जारी छ।’

पक्राउ परेका दुई प्रहरीसहित चारजनामाथि अनुसन्धान भने जारी छ। ‘लागूऔषधको मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने प्रावधान भएकाले सोही अनुसार मिहिन रुपमा हामीले अनुसन्धान गरिरहेका छौं’, एसपी घिमिरे भन्छन्, ‘घटनामा मुख्य अभियुक्त पक्राउ नपर्दा यथार्थ सिन आउन सकेको छैन।’

सम्बन्धित समाचार :

निर्दोषलाई लागुऔषध राखेर फसाइएको घटना : बयानका लागि एसपी शाह प्रहरी हेडक्वाटरमा

रौतहटका एसपी शाहमाथि छानबिन गर्न समिति गठन

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको घटनामा एसपीकै भूमिका शंकास्पद

‘निर्दोष’ पत्रकारलाई फसाउन प्रहरीले लागूऔषध राखेको खुलासा, दुई प्रहरी निलम्बित, २ जना पक्राउ

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्