• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लागूऔषध राखेर पत्रकार ‘फसाइएको’ घटना : मुख्य अभियुक्त फरार हुँदा छानबिन अपूरो

बिदामा हुँदा पनि आफैंले अपरेसन हेर्नु शंकास्पद !
64x64
नारायण अधिकारी बिहीबार, असोज ७, २०७८  २१:२४
1140x725
घटनापछि पक्राउ परेका धिरज यादव र जितेशकुमार यादव।

काठमाडौं– रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन प्रहरीकै योजनामा लागूऔषध राखिएको घटनाको छानबिनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। 

गत साउन ३२ गते गौरबाट पत्रकार मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको घटनामा रौतहटका तत्कालीन एसपी सिद्धिविक्रम शाहको समेत शंकास्पद भूमिका देखिएपछि छानिबिन सुरु गरिएको थियो। प्रहरी प्रधान कार्यालयले भदौ ८ गते एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेपनि अहिलेसम्म छानबिनले पूर्णता पाउन सकेको छैन। 

छानबिन समितिका एक सदस्यका अनुसार ‘निर्दोष’ पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने मुख्य योजनाकार भनिएका सञ्जय सहनी फरार रहेकाले छानबिनले पूर्णता पाउन नसकेको हो। समिति स्रोत भन्छ, ‘फरार सहनी र एसपीबीचको फोन रेकर्ड बाहिरिएपछि एसपी विवादमा तानिएका हुन्। तर, एसपी विवादमा तानिनुका मुख्य योजनाकार नै अहिलेसम्म पक्राउ नपर्दा छानबिन पूर्ण हुन सकेको छैन।’

एसपी शाहको बयानमात्रै लिँदा एकपक्षीय हुने र छानबिन निष्पक्ष र पूर्ण नहुने भन्दै अहिलेसम्म समितिले छानबिन टुंग्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालय भने समितिले छानबिन सकेर बुझाउने प्रतिवेदनको आधारमा कारबाही वा सफाई हुने भनेर कुरेर बसेको छ। मुख्य अभियुक्त भनिएका सहनी एक महिनादेखि फरार भएकाले एसपी शाहले सफाइ पाउने वा कारबाही हुने भन्ने अहिलेसम्म टुंगो लाग्न नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। 

‘निर्दोष’ पत्रकार फसाउने घटनामा शंकास्पद भूमिका देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी शाहलाई जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको थियो। अहिले उनको ठाउँमा एसपी विनोद घिमिरेलाई पठाइएको छ। 

बिदामा हुँदा पनि आफैंले अपरेसन हेर्नु शंकास्पद !
साउन ३२ गते पत्रकारद्धयको मोटरसाइकलमा लागूऔषध राखिएको समयमा एसपी शाह भने आफैं बिदामा थिए। बिदामा रहेका बेला पनि उनले उक्त अपरेसनको बारेमा सम्पूर्ण जानकारी लिने प्रबन्ध मिलाएको पाइएको छ। 

‘आफू बिदामा भएको बेलामा सम्पूर्ण जिम्मेवारी ट्वाइसी (सेकेन्ड म्यान)लाई सुम्पिनु पर्ने हुन्छ। तर, एसपी शाहले यस घटनाका बारेमा सेकेन्डम्यानलाई कुनै जानकारी दिएको भने देखिँदैन’, छानबिन समितिमा रहेका एक अधिकारीले नेपाल लाइभलाई सुनाए, ‘यो विषयमा भने उनको भूमिका शंकास्पद देखिन्छ।’ 

यो बाहेक अन्य विषयमा भने एसपीको कुनै दोष नदेखिएको ती अधिकारीको भनाइ छ। ‘सहनी र एसपीको जुन फोन रेकर्ड बाहिरिएको छ, त्यसमा भने ‘निर्दोष’ पत्रकार फसाउने सहनीको योजनाबारे एसपी जानकार भएको देखिँदैन’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

लागूऔषधसहित पक्राउ परेको भनेपछि पत्रकारद्वयले त्यसबेला आफूहरू ‘निर्दोष’ रहेको बताएका थिए। पछि महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो। सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔषध राखेको देखिएको थियो। त्यसपछि घटनामा नयाँ ट्वीस्ट आएको थियो। पहिला पक्राउ गरिएका पत्रकारलाई एसपी शाहले रिहा गर्दै लागूऔषध राख्ने दुई युवा र दुई प्रहरीलाई पक्राउ गरी सार्वजनिक गरेका थिए। सञ्जय सहनीलाई भने फरार अभियुक्त भएको बताइएको थियो। 

त्यसपछि उनै सहनीले एसपीसँगको फोन रेकर्ड सार्वजनिक गरेका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिए।

प्रहरीकै अघि मोटरसाइकल देखाएर लागूऔषध राखियो
पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज यादवले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले लागूऔषध राख्ने व्यक्ति माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको बताएका छन्। 

उनीहरूकै सुराकमा पत्रकारद्वयलाई लागूऔषधसहित पक्राउ गरिएको उनीहरूको भनाइ छ। फसाउने योजनासहित लागूऔषध राखिएको बारेमा आफूहरूलाई जानकारी नभएको उनीहरूले दाबी गर्दै आएका छन्। तर, अनुसन्धानका क्रममा असई र जवानकै अघि पत्रकारद्वय सवार हुने मोटरसाइकल देखाएर पछि लागूऔषध राखिएको पाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘उनीहरूले फसाउने योजनासहित लागूऔषध राखिएकोबारे आफूहरूलाई थाहा नभएको दाबी गरे पनि अनुसन्धानका क्रममा भने त्यस्तो देखिँदैन’, प्रहरी स्रोत भन्छ, ‘लागूऔषध राख्नुभन्दा पहिला पत्रकार सवार मोटरसाइकल असई र जवानलाई देखाएको पाइन्छ। यो मोटरसाइकलमा लागूऔषध छ भन्ने जानकारी दिएपछि उक्त मोटरसाइकलको उनीहरूले निगरानी गर्नुपर्थ्यो। तर, उनीहरूकै निगरानीमा रहेको मोटरसाइकलमा योजनावद्ध तरिकाले लागूऔषध राखिन्छ भने यसमा उनीहरूको भूमिका शंकास्पद देखिन्छ।’

शंकास्पद वस्तु वा मान्छे देखाइसकेपछि त्यसलाई निगरानी गर्नुपर्नेमा त्यो घटनाबारे नै अनभिज्ञ बन्न खोज्नुले असई र जवानको मिलेमतो रहेको आशंका देखिएको प्रहरी स्रोत बताउँछ।

एक महिनासम्म मुख्य अभियुक्त फरार
उक्त घटनाका मुख्य अभियुक्त हुन् सञ्जय सहनी। पत्रकार महासंघ रौतहट शाखाका सचिव समेत रहेका सहनीकै योजनामा ‘निर्दोष’ पत्रकारलाई फसाउने योजनासहित लागूऔषध राखिएको अनुसन्धानबाट खुलेको थियो। 

त्यसका लागि उनले रौतहटमा कार्यरत सादा पोशाकका प्रहरीलाई समेत प्रयोग गरेका थिए। पत्रकारद्वयलाई योजनाबद्ध तरिकाले लागूऔषधसहित पक्राउ गर्न सफल भएपछि सहनीले रौतहटका तत्कालीन एसपी शाहलाई समेत फोन गरेर उक्त घटनाबारे जानकारी गराएका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिएका थिए। 

यो घटनाका मुख्य योजनाकार उनै सहनी एक महिनादेखि फरार छन्। यसबारे रौतहटका एसपी विनोद घिमिरे भन्छन्, ‘उनी अहिलेसम्म फरार नै छन्। उनको खोजी जारी छ।’

पक्राउ परेका दुई प्रहरीसहित चारजनामाथि अनुसन्धान भने जारी छ। ‘लागूऔषधको मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने प्रावधान भएकाले सोही अनुसार मिहिन रुपमा हामीले अनुसन्धान गरिरहेका छौं’, एसपी घिमिरे भन्छन्, ‘घटनामा मुख्य अभियुक्त पक्राउ नपर्दा यथार्थ सिन आउन सकेको छैन।’

सम्बन्धित समाचार :

निर्दोषलाई लागुऔषध राखेर फसाइएको घटना : बयानका लागि एसपी शाह प्रहरी हेडक्वाटरमा

रौतहटका एसपी शाहमाथि छानबिन गर्न समिति गठन

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको घटनामा एसपीकै भूमिका शंकास्पद

‘निर्दोष’ पत्रकारलाई फसाउन प्रहरीले लागूऔषध राखेको खुलासा, दुई प्रहरी निलम्बित, २ जना पक्राउ

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्